Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लकडाउनको उल्लंघनकाे परिणामः कैयन देशमा महामारी, हजारौंको मृत्यु, स्पेनमा हेलिकप्टर परिचालन

काठमाडौं । सरकारले लकडाउन घोषणा गरेको छ । नेपालका सबैजसो बजार सुनसान रहेका छन् । बाटोमा समेत मानिसहरु निस्केका छैनन् ।

कतिपय स्थानमा स्वतःस्फूर्तरुपमा युवाहरुले लकडाउनलाई समर्थन गर्न अपील र प्रयास समेत गरेका छन् ।

तर सबै स्थानमा सोचेजस्तो भने देखिन्न । कतिपय स्थानमा मलाई केही हुँदैन या यो क्षेत्रमा भाइरस पस्दैन भन्ने मानसिकताका कारण मानिसहरु समूहमा भेला हुने गरेको भने देखिएको छ ।

तर लक डाउनको घोषणालाई सामान्यरुपमा लिँदा विश्वका कतिपय देशले भने ठूलो मूल्य चुकाउनु परेको छ ।

तथ्यांक हेर्दा सरकारले घोषणा गरेको लकडाउनको उल्लंघन गर्ने देशहरुको अवस्था सबैभन्दा बढी बिग्रिन पुगेको छ । यसबाट हजारौंले ज्यान गुमाउनु परेको देखिन्छ ।
विश्वमा लकडाउनको घोषणालाई उपेक्षा गर्दा कहाँ के के भयो त ?

भारतः

भारतमा सरकारले चालेका प्रयासमा नागरिकले साथ नदिंदा संक्रमणले भयावह रुप लिने देखिन्छ । विदेशबाट फर्केका नागरिकलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएपनि कतिपयले त्यसको उल्लंघन गर्दै घुमघाम गर्ने र घरबाटै काम गर्ने निर्देशन नमान्दै साथीभाईसँग जमघट गर्ने घटनाका कारण कतिपय व्यक्ति संक्रमित बनेका छन् ।

\"\"

पछिल्लो समयमा सरकारले देशका ७५ भन्दा बढी शहर लकडाउन गरेपनि भारतीय नागरिकले सरकारको घोषणालाई मजाकका रुपमा लिएका छन् ।

\"\"

सरकारको निर्देशन नमानेपछि प्रधानमन्त्री मोदीले दुई पटक घरमा नै बस्न अपील गरेका छन् भने सुरक्षाकर्मीले कडाई गरेका छन् ।

जर्मनीः
जर्मनीमा संक्रमण फैलिएपछि पनि सरकारको निर्देशनको अवज्ञा गर्दै युवाहरुले कैयौं स्थानमा कोरोना पार्टी गरिरहेका थिए ।  यसको नतिजा अहिले जर्मनीमा २८ हजार बढी संक्रमित भएका छन् भने १७ सय बढीको मृत्यु भएको छ ।

\"\"

जर्मनीको दक्षिण प्रान्त बाबेरियाका सभापति मार्कसका अनुसार, अहिले पनि जर्मनीमा कोरोना पार्टीको आयोजना भइरहेको छ । युवाका समूहहरु कोरोना कोरोना भन्दै हल्ला गर्ने र बृद्धहरुलाई उपहास गरिरहेका छन् । यसपछि चान्सलर एन्जेला मर्केलले दुई भन्दा बढी व्यक्ति सँगै हिंडडुल गर्न नपाईने आदेश दिनुपरेको छ । उनी स्वयम् पनि आइसोलेसनमा छिन् ।

फ्रान्स

लकडाउनको नियम तोडनेहरुमाथि प्रहरीले जरिवाना लगाएको छ । समुन्द्र बीचमा कफूइू लगाइएको छ । लापरवाहीका कारण फ्रान्समा अहिलेसम्म १६ हजार बढी संक्रमित भएका छन् भने ६७४ जनाको मृत्यु भएको छ ।

\"\"

सरकारले लकडाउन घोषणा गरेपनि परिसमा समेत मानिसहरुको भीड पसलहरुमा देखिन्छ । अहिले प्रहरी परिचालनपछि अवस्था नियन्त्रणमा आएपनि यसअघि भने नियम तोडदा हिरो सोच्ने युवाहरुको प्रवत्तिका कारण कैयन पार्टीहरु आयोजना गरिए । यसबाट संक्रमण फैलिने वातावरण बन्यो । अहिले भने पेरिसको सीन नदीको किनारमा हिंडडुल गर्न प्रतिबन्ध लगाएको छ । लकडाउनको अवधिक थप १५ दिनका लागि बढाइएको छ ।

अमेरिका
अमेरिकामा सरकारको घोषणालाई गम्भीरतापूर्वक नलिँदा ३३ हजार बढी संक्रमित बनेका छन् भने ४३० जना भन्दा बढीको मृत्यु भएको छ ।

\"\"

नर्थ क्यारोलिन, फ्लोरिडालगायतका कैयन राज्यमा समुन्द्री किनारमा प्रतिबन्ध तोड्दै युवाहरुले पार्टी गरेका थिए । अहिले यी सबै बीचहरु बन्द गरिएका छन् । न्यूयोर्कका गर्भनर एन्ड्रयू क्युमोका अनुसार, उनको राज्यमा आधा भन्दा बढी कोरोना संक्रमण १९ देखि ४५ वर्षको उमेर समूहमा देखिएको छ ।

\"\"

आइतबारदेखि भने न्यूयोर्कमा राती भेटघाट र जम्मा हुन रोक लगाइएको छ ।

इटालीः
इटालिको अवस्था पनि आम नागरिकले सतर्कता अपनाउन नसक्दा नै बिग्रेको हो । लकडाउनपछि मानिसहरुले पसलमा किनमेल गर्ने र रेष्टुरेन्टमा खाना खाने क्रम जारी नै राखेका थिए । यही लापरवाहीका कारण इटाली अहिले चीनपछि ठूो संक्रमण भएको देश र मृत्यु हुनेमा सबैभन्दा अगाडि रहेको छ । इटालीमा ५९ हजार बढी संक्रमित भएका छन् भने साढे पाँच हजारको मृत्यु भएको छ ।

\"\"


इटलीको मिलानमा लकडाउनपछि पनि मानिसहरुले सतर्कता नअपनाएपछि सेना परिचालन गरिएको छ । सरकारले १० मार्चका दिन लकडाउनको घोषणा गरेको थियो ।

स्पेन
स्पेन इटालीपछि संक्रमित हुने युरोपको देश हो । यहँ पनि सरकारको घोषणा नागरिकले मानेका छैनन ।

\"\"

अवस्था नियन्त्रण बाहिर गएपछि प्रहरीले हेलिकप्टर परिचालन गरी मानिसहरुलाई पक्रेर जरिवाना लिने काम गरेको छ । लकडाउन घोषणा नमान्दा इटालीमा २८ हजार बढी संक्रमित भएका छन् । १७ सय बढीको मृत्यु भएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies