Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विश्वका १९५ देशमा देखियो कोरोनाको संक्रमण, १६ हजार बढिको मृत्यु, कुन देशमा कति देखिए कोराना संक्रमित ? (सूचीसहित)

काठमाडौं । विश्वका १९५ देश नै कोरोना भाइरसको चपेटामा परेका छन् । कोरोनाकै कारण विश्वभर हालसम्म १६,५५८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो तथ्यांकअनुसार विश्वभर ३ लाख ८१ हजारभन्दा बढि मानिस कोरोनाबाट संक्रमित भएका छन् ।

डिसेम्बर अन्तिम साता चीनको बुहानमा देखिएको कोरोनाले चीनपछि यूरोपेली देश र अमेरिकालाई संकटतर्फ पुर्याएको छ । कोरोनाको कारण युरोपेली देश इटली सबैभन्दा बढि प्रभावित बनेको छ ।

इटलीमा कोरोनाकै कारण ६ हजारभन्दा बढि ज्यान गुमाए

इटलीमा कोरोनाको संक्रमण दर निकै डरलाग्दो खालको छ । गत १५ फ्रेबुअरीमा इटलीमा ३ जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो । कोरोना संक्रमित भेटिएको १५ दिनमा इटलीमा झण्डै हजारभन्दा बढि व्यक्ति संक्रमित भएका थिए । तर १ हजार संक्रमित भेटिएको झण्डै २२ दिनमा इटलीमा ६३ हजार भन्दा भढि व्यक्ति कोरोनाबाट संक्रमित भएका छन् ।

इटलीमा कोरोनाकै कारण हालसम्म ६ हजार बढिले ज्यान गुमाएका छन् । सार्वजनिक तथ्यांकअनुसार पछिल्लो साता इटलीमा दैनिक औषत ४५०० बढि मानिस संक्रमित भेटिएका छन् भने औषत ५ सयभन्दा बढिले ज्यान गुमाएका छन् ।

इटलीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेलीले सञ्चारमाध्यमलाई बताएअनुसार इटलीको लोम्बार्डी प्रान्त कोरोनाबाट निकै संकटतर्फ पुगेको छ । जहाँ दैनिक ४ हजारभन्दा बढि संक्रमित भेटिएका छन् ।

इटली केहि सातादेखि लकडाउनको अवस्थामा छ । जहाँ ६ करोड मानिस घरभित्रै कैद जस्तो जीवन गुजारीरहेका छन् ।

बुहानमा फेरि भेटिए कोरोना संक्रमित

चीनको सबैभन्दा बढि प्रभावित बुहान शहरमा छ दिनमा एक नयाँ संक्रमित देखिएको कुरा सार्वजनिक भएको छ । गएको पाँच दिनमा यहाँ कुनै पनि नयाँ संक्रमित भेटिएका थिएनन् । बुहानमा कोरोना संक्रमित बिरामीको भने मृत्यु भईरहेको कुरा सार्वजनिक भएको छ । सोमबार मात्रै बुहानमा ७ जना कोरोना संक्रमितले ज्यान गुमाएका थिए ।

विश्व स्वास्थ्य संगठनका प्रमुखद्धारा चिन्ता व्यक्त

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्। टेड्रोस एड्हानोम गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।

बिबिसिसँग कुराकानी गर्दै उनले भनेका छन्, ‘पहिलो केस भेटिएको ६७ दिनपछि एक लाखमा सङ्क्रमण पाइयो। दुई लाख पुग्न अर्को ११ दिन लाग्यो। तर त्यसको चार दिनमै तीन लाख पुग्यो।’

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई विश्वव्यापी महामारीको सङ्ज्ञा यसअघि नै दिइसकेको छ । विश्व स्वास्थ्य संगठनले पछिल्लो तथ्यांक सार्वजनिक गर्दै कोरोनाको महामारी आक्रामक देखिएको भन्दै प्रक्षेपण बदल्न सक्ने चिन्ता व्यक्त गरेको छ ।

कुन देशमा कति देखिए कोरोना संक्रमित

\"\"

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies