Khabar Dabali Logo
  April 8, Wed

मुख्यमन्त्री शाहीद्वारा अनावश्यक भेटघाट बन्द

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अति जरुरीबाहेकका भेटघाट आजबाट बन्द गरेका छन् ।कोरोना भाइरसको सङ्क्रमण जोखिम कम गर्न मुख्यमन्त्री शाहीले अत्यावश्यकबाहेकका भेटघाट बन्द गरेको उनका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिए । मुख्यमन्त्री शाहीले कोरोना भाइरसले निम्त्याएको सङ्कटको समाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गरेकाे सल्लाहकार शर्माले बताए ।

मुख्यमन्त्री शाहीले स्वास्थ्य निर्देशिकाको अनिवार्यरूपमा दायित्व सम्झेर पालना गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । सङ्क्रमणबाट जोगिन प्रत्येक नागरिक आफैँले उच्च सावधानी अपनाउन, अनावश्यक हिँड्डुल, भेटघाट तथा सम्पर्क नगर्न, भीडभाड तथा बजारमा नजान र स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्बन गर्नसमेत उनले बताए ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरताका साथ लागिरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गरेका छन् । “यो विषम परिस्थितिको सामना गर्न मुख्यमन्त्री र प्रदेश सरकार नागरिकको साथमा छ”, सल्लाहकार शर्माले भने । कोरोनाको सङ्कट समाधान गर्न सरकारले थालेको प्रतिकार्य योजनालाई साथ दिन मुख्यमन्त्री शाहीले सरकारका आधिकारिक निकाय, स्वास्थ्य संस्था, सुरक्षा निकायको निर्देशनलाई पालना गरी सहयोग गर्न सबै नागरिकलाई अनुरोध गरेका छन् ।

चैत १० गते, २०७६ - १६:३५ मा प्रकाशित

अरेबियाको उडानबाट आएका ३ युवकमा कोरोना नभएको पुष्टि

कास्की । नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको...   

लकडाउनको समयमा दूध बिक्रीमा रोक लगाएपछि किसान आक्रोशित

साँखु । शङ्खरापुर नगरपालिकाले लकडाउनको बेला दूध बिक्रीवितरणमा रोक लगाएपछि साँखुवासी आक्रोशित भएका...   

मापदण्डअनुसार राहत दिन र तस्बीर नलिन नेकपाको निर्देशन

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पाँचथरले सङ्घीय सरकारले तय गरेको मापदण्डअनुसार लकडाउन प्रभावितलाई...   

चोरी तस्करी बढेसँगै वन क्षेत्र प्रवेशमा रोक

झापा । वन क्षेत्रमा चोरी तस्करी र आगलागी बढेसँगै झापामा वन क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको छ । कोभिड–१९...   

प्रदेश नं. १ : सीमा क्षेत्रमा गौडैपिच्छे सशस्त्रको अस्थायी पोस्ट

झापा। कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दीमा भारतबाट हुनसक्ने लुकीछिपी...   

विभिन्न सहकारीद्धारा विपन्न परिवारको लागि १ करोड ५० लाख सहयोग

झापा । झापामा सञ्चालित विभिन्न सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न परिवारका लागि राहत...   

परीक्षण र उपचारमा प्राथमिकता दिन आग्रह

काठमाडौँ । सुशील कोइराला मेमोरियल फाउण्डेशनले प्राथमिकताका साथ कोरोना भाइरस सङ्क्रमणको परीक्षण...   

कोरोना मुक्त भारत बनाउन प्रधानमन्त्री मोदीको आह्वान

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई कोरोना फ्रि घोषणा गर्ने वातावरण बनाउन...   

अत्यधिक रक्तश्राव हुँदा गर्भवतीको मृत्यु

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं ९ पाथ्रावाङ्गकी गर्भवती देवी विकको अत्याधिक रक्तश्राव हुँदा...   

चेपाङ गाउँमा सकियो खानेकुराः माग्न बाध्य

धादिङ । फाटेको पुरानो अनि मयल परेको लुगा । धमिलो अनुहार अनि काखमा एकसरो लुगामा काखे शिशु बोकेर गाउँ...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top