Khabar Dabali Logo
  May 29, Fri

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ‘नेताहरुले अत्यावश्यक बाहेकका नियमित भेटघाट तथा पूर्वनिर्धारित कार्यक्रमलाई स्थगित गरी घरमै बस्न थालेका छन् ।

विश्वभर कोरोना भाइरस प्रकोप उच्चदरमा बढ्न थाले पनि नेताहरुले सबै भेटघाटका कार्यक्रम रद्द गरेका हुन् । सरकारले बुधबार अत्यावश्यक बाहेक हिडडुल गर्न तथा सामुहिक भेला गर्न रोक लगाइ सकेको छ ।

सरकारको निर्देशन कार्यन्वयन गर्न विभिन्न संघ संस्था, विद्यालय, विश्व विद्य तथा सरकारी कार्यलयले पूर्वनिर्धारित आफ्ना सम्पूर्ण कार्यतालिका भट्टाभट स्थगित गर्न थालेका छन् । सरकारले भेटघाट र हिडडुल गर्न आवश्यक सर्तकता अपनाउन आग्रह गरेसँगै सत्तारुढ दलका उच्चस्तरीय नेताहरु घरमै आराम गर्न थालेका छन् ।

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल लगायतका नेताहरुले अत्यावश्यक बाहेका सबै कार्यक्रम रद्द गरिएको नेताको निजी सचिवालयले जनाएको छ ।

प्रचण्डकी छोरी गंगा दाहालले अत्यावश्यक बाहेका सबै भेटघाटका कार्यक्रम प्रचण्डले रद्द गरिएको बताएकी छिन् ।

वरिष्ठ नेता झलनाथ खनालले भेटघाटका सबै कार्यक्रम स्थगित गरिएको उनका निजी सचिवालयले जनाएको छ । उनले कोरोना संक्रमण त्रासका कारण आफ्नो जन्मदिनको शुभकामना समेत टेलिफोनमार्फत मात्र ग्रहण गरेको बताइएको छ ।

काठमाडौं बाहिरका सबै कार्यक्रम रद्द गरिसकेको खनालका निजी सचिवालले जनाएको छ ।
यस्तै, उपाध्यक्ष वामदेव गौतम पनि भेटघाटको सबै कार्यक्रम रद्द गरी घरमै बस्न थालेका छन् । गौतमका निजी सचिवालयका अनुसार गौतमले पूर्वनिर्धारित कार्यक्रम सबै रद्द गरी सतर्कता अपनाउँदै आएका छन् ।

त्यस्तै नेकपाका महासचिव विष्णु पौडेल पनि बुधबारबाटै सार्वजनिक भेटघाट कार्यक्रम जान छोडेका छन् ।

चैत ६ गते, २०७६ - १७:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top