Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

१३ वर्षमा विवाह : १५ वर्षमा पहिलो सन्तान, गर्भमा आठ महिनाको बच्चा

इनरुवा । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो । विवाह भएको एक वर्षपछि उनलाई पहिलो सन्तानका रुपमा छोरी प्राप्त भयो । अहिले सोनुको उमेर १७ वर्षको भएका बेला अर्को सन्तानका रुपमा गर्भमा आठ महिनाको बच्चा छ ।

सोही ठाउँकी आनन्दीदेवी ऋषिदेवको १३ वर्षकै उमेरमा विवाह भयो । विवाहको एक वर्षपछि उनको पहिलो सन्तानका रुपमा छोराको जन्म भयो । अहिले १६ वर्ष पुगेकी उाको दुई वर्षीय छोरा छ । त्यसैगरी लौकही मुसहर बस्तीकै १८ वर्षीया कैली सदा डेढ वर्षीया छोरी र एकमहिने छोराको आमा भइसकेकी छिन् । उनको १३ वर्षकै उमेरमा विवाह भएको हो । उनीहरु तीनैजना त्यस क्षेत्रका प्रतिनिधि पात्र हुन्।

अहिले पनि सुनसरीको ग्रामीण क्षेत्रमा कम उमेरमा विवाह हुने र १८ वर्षको हुँदासम्म आमाबुबा हुने क्रम जारी छ । सुनसरीको दलित बस्तीमा जनचेतनाको अभाव, कम उमेरमा विवाह गर्दा आमा र बच्चालाई हुने असर लगायतको विषयमा प्रभावकारी रुपले जानकारी नहुँदा दलित बस्तीमा कम उमेरमै विवाह हुने गरेको पाइएको छ ।

विवाहवारि २० वर्ष पारि लगायतका नारा सञ्चारमाध्यम मात्र हैन यससम्बन्धी विषयका गोष्ठी, सभा र सभामा घन्किन थालेको धेरै भैसक्यो । विवाह पनि २० वर्ष पूरा भएपछि मात्र गर्नुपर्ने कानूनी प्रावधान छ । तर पनि दलित बस्तीका बालबालिकालाई त्यसले खासै असर पारेको देखिदैन । दशदेखि १७ वर्षसम्मको उमेर भनेको पढ्ने, खेल्ने र भविष्यको बारेमा दत्तचित्त हुँदै अघि बढ्ने बेला हो । तर यहाँको दलित बस्तीको त्यो समूहका कतिपय बालबालिका सन्तानको स्याहारसुसार गर्न व्यस्त रहेको पाईन्छ ।

विभिन्न नगरपालिका, गाउँपालिका र वडाले बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम वार्षिक रुपमा सञ्चालन गर्छन् । त्यो कार्यक्रम कागज र कोठामा मात्र सीमित छ । कानूनमा कम उमेरमा विवाह गरे केटा र केटी पक्षलाई दण्ड जरिवाना गर्ने व्यवस्था छ । त्यसले पनि उक्त समुदायमा पूर्णतया छुन सकेको देखिदैन ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies