Ntc summer Offer
Khabar Dabali ५ बैशाख २०८१ बुधबार | 17th April, 2024 Wed
NIMB

होलीमा किन खेलिन्छ रंग ? जान्नुहोस् होली र रंगबारे रोचक तथ्य

काठमाडौं । हिन्दु समुदायमा होली कहिलेदेखि मनाउन थालियो र रंग कहिलेदेखि खेल्न थालियो त्यसको एकिन छैन् । तथापि होली र रंगबारे भने निकै कथाहरु भेटिन्छन् । साथै परम्परा नै बनेको होली र रंगखेल्ने बारे पनि फरक–फरक तथ्य भेटिन्छ ।

यस्ता तथ्यबारे धेरै मानिसहरु अनविज्ञ हुनसक्छन् । आज हामी तपाईंलाई होली र रंग खेल्नु पछाडिको तथ्य बताउँदै छौं । जानौं होली र रंगबारे केहि रोचक तथ्य :

१. प्रह्लाद र होलिकाको कथा

होलीको बारेमा सबैभन्दा प्रचलित कहानी प्रह्लाद र होलिकाको हो । हिरण्यकश्यपको बहिनी होलिकालाई ब्रह्माजीबाट बरदान स्वरुप एक विशेष बस्त्र प्राप्त भएको थियो । जसलाई ओढ्दा उनलाई आगोले केहि असर गर्दैनथ्यो ।

यहि बरदानको फाईदा उठाउँदै हिरण्यकश्यपले भगवान विष्णुको भक्त र आफ्नै पुत्र प्रल्हादलाई मार्न चाह्यो । यसको लागि होलिकाले दाउराको खालमाथि प्रल्हादलाई लिएर बसि । दाउरामा जब आगो लगाईयो त्यस समय हावाको एक झोंका आएर आगोबाट रक्षा गर्ने उक्त वस्त्र उडाएर प्रल्हादलाई ओडाइदियो । जसको कारण प्रल्हाद जिवित रहे भने होलिका जलेर मरि ।

जब मानिसहरुले यो घटनाको बारेमा जानकारी पाए त्यस समय उनिहरुले गुलाब रंगको साथ निकै उत्सव मनाए । त्यस घटनाको सम्झनामा मानिसहरुले रंग खेल्न थालेका हुन् ।

२. भगवान शिव र कामदेवको कथा

होली मनाउने दोस्रो कारण भगवान शिव र देवी पार्वतीको पहिलो भेट पनि हो । कथाअनुसार तारकासुरको बध गर्नको लागि भगवान शिव र पार्वतीबीच विवाह हुनुपर्दथ्यो । तर भगवान शिव तपस्यामा लिन थिए । यस्तोमा भगवान शिवसँग देवी पार्वतीको मिलन गराउन देवताहरुले कामदेव र रतिका साहारा लिएका थिए ।

कामदेवले भगवान शिवको ध्यान भंग गरिदिए । जसबाट आक्रोशित भएका शिवले कामदेवलाई भष्म गरिदिए । तर यस घटनामा शिवले पहिलो पटक देवी पार्वतीलाई देखेका थिए ।

कामदेवको भष्म हुँदा रति विलापमा परिन् । देवताको अनुरोधमा भगवान शिवले कामदेवलाई बिना शरिर रतिको साथमा रहने आर्शीवाद दिए ।

कामदेवको पुनः शरीर प्राप्ती श्रीकृष्ण भगवानको पुत्र प्रधुम्नको रुपमा भयो । शिव पार्वतीको मिलन र कामदेवको पुनः जीवन मिलेको खुसीमा देवताले आजकै दिन रंगोत्सव गरेका थिए ।

३. पृतना नामक राक्षस्नीको बध गरेको सम्झनामा

पृतना नामक राक्षस्नीलाई कंशले भगवान श्रीकृष्णको बधको लागि पठाएका थिए । पृतनाले श्रीकृष्णका अपहरण गरि आफ्नो विषालु दुधको स्तनपान गराउन लागि । श्रीकृष्णले स्तनपान गर्ने समय पृतनाको प्राण नै लिए ।

मानिसहरुले जब राक्षस्नी पृतनाको शरीरमाथि श्रीकृष्णलाई जीवित भेटाए तब निकै खुसी भए । पृतनाको अन्तिम संस्कार गरियो र रंगोत्सव मनाईयो । यहि घटनाको सम्झनामै गोकुलबासीले रंग खेल्न थालेका हुन् ।

४. ढुंढी नामकी राक्षस्नी लाई धपाएको कथा

होलीको रंग उत्सवको पछाडि एक ढुंढी नामकी राक्षस्नीकाे कहानी पनि भेटिन्छ । यस राक्षसीले राजा पृथुको राज्यमा हाहाकार मच्चाएकी थिइ । भगवान शिवको बरदानको कारण यसको मृत्यु अस्त्र–शस्त्रबाट हुन सक्दैनथ्यो । बरदाको कारण उक्त राक्षसीले मानिसहरुलाई निकै सताउन थाली । उसले मानिसहरुका साना साना बच्चाहरुलाई खाई दिन्थी ।

ढुंढी राक्षसीको आतंक मेटाउन पुरोहितले एउटा घटना बनाए । उनिहरुले फाल्गुनको पूर्णिमाको दिन सबै बच्चाहरुलाई जम्मा गरेर खुब रमाईलो गरेर मोजमस्ती गर्न लगाए । ढूंढी राक्षसी जब त्यहाँ पुगी बच्चाहरुले दाउरा जलाउँदै खुबै स्वर निकालेर रमाईलो गरिरहेका थिए । जसलाई देखेर ढूंढी भागी ।

यस घटनापश्चात मानिसहरुले चैनको श्वास लिए । उनिहरुले रंगको प्रयोग गरेर खुसीयाली साटे । यसै दिनको सम्झानामा कतिपय मानिसहरुले रंग खेल्दै होली मनाउने गर्दछन् ।

साथै भगवान श्रीकृष्णको लीलामा राधासँग होली खेलेको कथा पनि पढ्न पाइन्छ । जहाँ भगवान श्रीकृष्ण राधाको गाउँ नन्दगाउँ गएको कथा पढ्न पाइन्छ ।

एजेन्सीको सहयोगमा

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies