Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

विश्वकै कान्छी प्रधानमन्त्रीको गुनासो, ‘मलाई प्रधानमन्त्री होइन् ‘महिला प्रधानमन्त्री’ भनेर सम्बोधन गर्छन्’

काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सना मरीन मात्र ३४ वर्षकी छिन् । यति कम उमेरमा प्रधानमन्त्री बन्ने उनी विश्वकै एक मात्रै महिला नेतृ हुन् । १९ सदस्यभएको उनको क्याबिनेटमा १२ महत्वपूर्णं मन्त्रालयको जिम्मेवारी महिलाहरुले लिएका छन् । मरीन १० डिसेम्बर २०१९ देखि फिनल्याण्डको नेतृत्वमा छिन् ।

विश्वलाई नै फरक उदाहरण दिने फिनल्याण्डमा जब ‘महिला प्रधानमन्त्री’को कुरा आउँछ त्यस समय मरिन केहि असजिलो भएको महसुस गर्छिन् । मरिनलाई लाग्छ लैंगिक र धार्मिक भेदभाव नै मानवताको सबैभन्दा ठूलो अवरोध हो । महिलाको निमित्त फरक उदाहरण पेश गरेकी मरिनले एक अन्तराष्ट्रिय सञ्चारमाध्यमलाई दिएको विचार यहाँ प्रस्तुत गरिएको छ :

मलाई लाग्छ नेतृत्वमा महिला वा पुरुष हुनुसँग कुनै सरोकार हुँदैन् । तर आश्चर्यको कुरा फिनल्याण्ड एक महिला नेतृको हातमा देखेर मानिसहरु हैरानीमा छन् । शायद लैंगिक विभेदको मानसिकताले उठाएको प्रश्न यहि होला । मेरो उमेर र महिला हुनु कुनै ठुलो मुद्दा होइन् । म अहिले नेतृत्वमा छु यसको पछाडि मतदाताहरुको ठूलो विश्वास र भरोसा छ ।

जब तपाईं समाजले बनाएको मापदण्ड तोड्नुहुन्छ अनि केहि फरक गर्ने सोंच राख्नुहुन्छ तब स्वभाविक रुपमा धेरैको ध्यान तपाईंप्रति आर्कषित हुन्छ । मप्रति उठेको प्रश्न पनि त्यहि हो ।

महिलाहरु स्वभाविक रुपमा सामाजिक मुद्दामा अधिक संवेदनशिल छन् । यसकारण हामी राम्रोभन्दा राम्रो काम गर्न हरेक ढंगबाट प्रयास गरिरहेका छौं । यहि कारण मेरो क्याबिनेटमा महिला मन्त्रीको संख्या बढि छ । मेरो क्याबिनेटको लागि लैंगिक समानता र अधिकारको विषय काफी अहम छ । मलाई लाग्छ, सामाजिक सोंच र नीतिहरुमा परिवर्तन गरेर क्रमिक रुपमा समानता ल्याउन सकिन्छ ।

आज पनि मलाई प्रधानमन्त्री होइन ‘महिला प्रधानमन्त्री’को रुपमा मानिसहरुले चिन्दछन् । यसबाटै समाजको सोंच स्पष्ट हुन्छ । हामी किन स्वीकार गर्न सकिरहेका छैनौं कि महिला पनि उस्तै क्षमताका छन् र उनिहरु पनि मुद्दालाई सहि ढंगबाट हल गर्न सक्षम छन् । यस मुद्दामा फिनल्याण्ड मात्र होइन् संसारभर नै अवस्था यस्तै छ ।

परिवारबाटै अघि बढ्न प्रेरणा चाहिन्छ

मलाई मेरो आमा–बाबुबाट असल संस्कार र प्रेरणा मिल्यो । मलाई परिवारले सधैं आफ्नो असल सोंचअनुसार काम गर्न प्रेरित गरिरह्यो । मलाई कहिल्यै पनि याद भएन, म केटि भएकै कारण मलाई परिवारले भेदभाव गर्यो ।

जब म बेकरीमा हप्तामा २० यूरोको लागि काम गर्दथे त्यस समयमा पनि आमाले मलाई प्रोत्साहित गर्नुहुन्थ्यो ।

म हरसमय आफ्नो अपरम्पारगत पहिचान र आफुँ महिला हुनुप्रति गर्व गर्ने गर्दछु । म यहि सोंचबाट नै खडा भएकी हुँ । मलाई विश्वास छ, हामी आलोचनाको सामना गर्दै सकारात्मक परिवर्तन पनि ल्याउन सक्छौं ।

तपाईं जे सोंच्नुहुन्छ त्यहि नै सहि हुन्छ र त्यसकै निमित्त तपाईं खडा पनि हुनुपर्छ । म कहिल्यै पनि डराईन र अनि लक्ष्यबाट पर हटिन । म निकै जिद्दी पनि छु । किशोरावस्थामा ‘हुँदैन’ भन्ने शब्द कहिल्यै सुनिन । मलाई लाग्छ कि राम्रो परिवर्तन यसरी नै आउँछ ।

बुढा तथा पुरुष नेताहरुको सोंचले युवालाई अवसर

अहिले विश्वव्यापी रुपमै बुढा तथा पुरुष नेताहरुले नेतृत्व गरेको अवस्था छ । बुढा नेताहरु नयाँ पुस्ताको समस्याप्रति उदासीन र मौन छन् । यही नै युवा पुस्ताको लागि महत्वपूर्ण अवसर र चुनौति हो । यसको जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्ने देखिन्छ । यही विचारले नै मलाई राजनीतिमा आउन र नेतृत्व लिन प्रेरित गरेको हो ।

हाम्रो शिक्षामा नै विभेद छ

यदि मलाई हाम्रा विद्यालयहरुको पाठ्यक्रम बनाउन मौका मिल्यो भने म समान अधिकार र त्यसको विस्तृत पहिचान स्पष्ट पार्ने थिएँ । विश्वव्यापी रुपमा विकास भईरहेको आर्थिक तथा सामाजिक मुद्दासँगै मानव जीवनको पक्षलाई सिकाउने र बुझ्ने पाठ्यक्रमको विकास गर्ने थिएँ । अहिलेको पाठ्यक्रम हाम्रो परम्परालाई मात्रै टिकाउने खालको छ । जबसम्म हामी हाम्रो शिक्षामा परिवर्तन गर्दैनौं तबसम्म हामी नयाँ समाजको निर्माण गर्न सक्दैनौं । म चाहन्छु हाम्रा पाठ्यक्रमबाट विभेद हटाउनु पर्छ ।

म मेरी छोरीबाटै धेरै सिकें

म मेरी छोरी एम्माबाट धेरै कुरा सिकेकी छु । म एक व्यस्त आमा हुँ र एम्माले बाल्यअवस्थादेखि नै यसको सामना गरिरहेकी छ । अहिले लाग्दैछ मेरो बच्चीले मेरो कामकाजी जीवनअनुसार नै उसले आफुँलाई ढालेकी छ । यो नै मेरो जीवनको विशेष क्षण हो ।

म एक साधारण तर अपरम्पारगत वातावरणमा हुर्कें । म बाल्यअवस्थादेखि नै गम्भिर विषयबाट प्रभावित भएँ । म आमाको रुपमा पनि यी अवस्थाहरुलाई स्वीकारेर अगाडि बढिरहेकी छु । मैंले मेरो इन्स्टाग्राममा मेरी एम्मालाई दुध खुवाईरहेको तस्बिरहरु शेयर गरेकी छु । कतिपयले यी विषयलाई अलि फरक ढंगबाट चित्रित गर्ने गरेपनि यी सबै कुराहरु मातृत्वको सबैभन्दा महत्वपूर्ण र प्राकृतिक पक्षहरु हुन् । म एक आमा बन्न पाउँदा खुसी छु र म ती चीजहरु पनि अँगाल्दै छु जसका बारे मानिसहरु छलफल गर्न हिचकिचाउने गर्दछन् । यस तरिकाले मेरी छोरीले मलाईं सचेत र परिपक्क बनाईरहेकी छिन् ।

यो नयाँ सोंच हो कि मेरी छोरीलाई हुर्काउन म र मेरो श्रीमान् मार्कसले समान भूमिका खेलिरहेका छन् । मार्कस निकै समझदार छन् । उनले एम्माको जन्मको समयमा पिताको पुरै भूमिका निभाएका छन् । आमा बुबा दुवैजनाको बच्चाप्रति समान दायित्व हुन्छ ।

(एजेन्सीबाट)

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies