Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आठ महिनादेखि अस्पतालमै बन्धक २० वर्षीय जीवन भुजेलको उद्धार

भोजपुर । मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । भुजेलको आठ महिनापछि विराट अस्पतालबाट सोमबार उद्धार गरिएको हो ।

गत असार ५ गते भोजपुरको षडानन्द नगरपालिका–१ को इखुवाखोला जलविद्युत् आयोजनामा काम गर्ने मजदुरबीच विवादले उग्ररुप लिई कुटाकुट हुँदा छुट्याउन गएका जीवनलाई एक समूहले टाउको र घाँटीमा रड प्रहार गर्दा उनी गम्भीर घाइते भए । गम्भीर घाइते जीवनलाई तत्कालै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगियो तर उनको धरानमा उपचार सम्भव नभएपछि मोरङको विराट अस्पताल सिफारिस गरिएको थियो ।

घाइते जीवनलाई उद्धार गर्न गृह मन्त्रालयबाट रु पाँच लाख र खाँदबारी नगरपालिकाबाट रु एक लाख सहयोग गरिएको सांसद राजेन्द्र गौतमले जानकारी दिए । जीवनलाई उद्धार गर्न पूर्वगृहसचिव प्रेमकुमार राई र सांसद गौतमको पहलमा गृह मन्त्रालयबाट रु पाँच लाख सहयोग भएको हो ।

टाउको र घाँटीमा गम्भीर चोट लागेका जीवन आठ महिनादेखि मोरङको विराट अस्पतालमा बन्धक थिए । उपचार गरेको रकम तिर्न नसक्दा अस्पतालले उनलाई बन्धक बनाएको थियो । घाइते जीवनको घाँटीको शल्यक्रिया, औषधि र खाना खर्च रु आठ लाख बढी पुगेको थियो । जीवनको उपचारवापतको खर्च भुक्तानी गरेपछि मात्र अस्पतालले सोमबार डिस्चार्ज दिएको हो ।

जीवनलाई उद्धार गरेर अहिले धरानमा राखिएको खाँदबारी नगरपालिकाका प्रमुख मुरारी खतिवडाले जानकारी दिए । जीवनको उद्धार गर्न सङ्खुवासभाका प्रदेशसभा सदस्य पूर्णप्रसाद राई, पदमकुमारी गुरुङ र नगरप्रमुख खतिवडा सोमबार विराट अस्पताल मोरङ पुगेका थिए । जीवनको उपचार खर्च, औषधि र खानाको रु सात लाख रकम भुक्तानी गरेर सोमबार उद्धार गरिएको नगरप्रमुख खतिवडाले बताए ।

उनको दोस्रो चरणको शल्यक्रिया गर्न उनलाई काठमाडौँको त्रिवि शिक्षण अस्पताल लैजाने तयारी भएको नगरप्रमुख खतिवडाले जानकारी दिए । घाँटीमा गहिरो चोट लागेकाले श्वास फेर्न प्वाल पारेर पाइप हालिएका कारण जीवन बोल्न नसक्ने अवस्थामा छन् । चिकित्सकका अनुसार दोस्रो चरणको उपचार शिक्षण अस्पतालमा मात्रै हुने र सो उपचारपछि मात्रै आवाज आउने छ ।

जीवनलाई सहयोग गर्न विभिन्न सङ्घसंस्था र व्यक्ति सक्रिय भएर लागेका थिए । आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका जीवन उपचार खर्च तिर्न नसक्दा लामो समयदेखि अस्पतालमै बन्धक भएर बसेका थिए । आक्रमण गर्नेहरु प्रहरीले चलाएको अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन भोजपुरले मागेको जनही रु पाँच हजार धरौटी बुझाएर असार ३० गते छुटिसकेका छन् ।

जीवन परिवारका माइला छोरा हुन् । आमा बितेपछि परिवारमा बुबा, एक दाजु, दिदी र दुई भाइ थिए । उपचार खर्च तिर्न नसकेर भाइ अस्पतालमै बन्धक भएको भन्दै ऋण खोज्नका लागि भौँतारिरहेका दाजु नवीनले पनि त्यही तनावका कारण गत कात्तिक अन्तिम साता आत्महत्या गरेका थिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies