Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

गर्भबाट बाबुलाई चिठ्ठी !

जाजरको । “बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनु होला ? आमाले सो खाएमा म र आमाको स्वास्थ्य राम्रो हुन्छ । म जन्मिसकेपछि नियमित तौल लिनु, खोपहरुसमेत लगाउनुहोला, म स्वास्थ भएँ भने देशका लागि योगदान गर्न सक्छु । म हुर्कँदै गर्दा आमालाई कुनै खालको तनाव र अभाव हुन नदिनुहोला, धन्यवाद ।” यी बाक्य लेखिएका सन्देश बारेकोट गाउँपालिकाको प्रत्येक गर्भवतीको घरमा पुगेको छ ।

गाउँपालिकाले गर्भजाँच गर्न स्वास्थ्य संस्थामा आएका प्रत्येक गर्भवतीलाई सन्देश कार्ड र बाबालाई चिठ्ठी लेखिएको पत्र घरका आफन्तलाई पठाएर विशेष सन्देश प्रवाह गरिरहेको छ । चिठ्ठीमा गर्भावस्थादेखि चेतनाको वृद्धि हुञ्जेलसम्मका कुराहरु लेखेर पटक पटक बालबालिकाको भविष्यका लागि अभिभावकलाई सम्झाउने काम गरिएको छ ।

घरमा अभिभावकहरु सो पत्र पढेर आफ्ना सन्तानका लागि गरिने कामको विषयमा जानकारी लिने गरेको बारेकोट गाउँपालिका–५ का वुद्धिजीवी जनकबहादुर शाहीले जानकारी दिए। गाउँपालिकाले सुरक्षित र संस्थागत सुत्केरी दर बढाउनका लागि ‘सुत्केरी आमासँग उपाध्यक्ष कार्यक्रम’ समेत शुरु गरेको छ । सो कार्यक्रममार्फत गाउँपालिकाभित्रका गर्भवती तथा सुत्केरी महिलालाई एउटा झोलाभित्र नङ्कट, मञ्जन, नुहाउने साबुन, कपडा सफा गर्ने साबुन, रुमाल, ऐना र काँइयो उपलब्ध गराउँदै आएको छ ।

तीन वर्षको अन्तरालमा संस्थागत सुत्केरी हुने दर बढेको स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख वीरराज सिंहले जानकारी दिए । सङ्घीय सरकारको कार्यक्रमअनुसार नियमित चार पटकसम्म गर्भ जाँच गर्ने महिलालाई रु दुई हजार र कर्णाली प्रदेश सरकारले थप रु दुई हजार, बहुक्षेत्रीय कार्यक्रममार्फत रु एक हजारको सामग्री उपलब्ध हुँदै आएको छ ।

अघिल्लो वर्ष बारेकोट गाउँपालिकाले सुत्केरीलाई थप रु एक हजार दिँदै आएको थियो । अहिले रु एक हजारको ठाउँमा आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य संस्था आउन जान मात्र दिनभर लाग्ने यहाँका ग्रामीण गाउँका महिलाहरु अहिले स्वास्थ्य सेवा जसरी पनि लिनुपर्छ भन्ने चेतनाका कारण सङ्ख्या वृद्धि भएको गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

तीन वर्षको तथ्याङ्क हेर्दा ५० प्रतिशतबाट अहिले ८१ प्रतिशत सुरक्षित ढङ्गबाट सुत्केरी गराउनेको सङ्ख्या पुगेको अध्यक्ष शाहले जानकारी गराए । उनले भने, “नियमानुसार गर्भवती जाँच गरी परामर्श लिनेको सङ्ख्या बढेको छ भने अपायक पर्ने ठाउँमा थप सहज बनाउनका लागि छ वटाभन्दा बढी सङ्घीय सरकारको कार्यक्रमअनुसार स्वास्थ्य संस्था निर्माण कार्य जारी रहेको छ ।”

आर्थिक वर्ष २०७३÷७४ मा ३५ प्रतिशत, २०७४÷७५ मा ५० प्रतिशत र २०७५÷७६ मा ६५ प्रतिशतले नियमानुसार गर्भजाँच गराएको बारेकोट गाउँपालिकाको तथ्याङ्कमा उल्लेख छ । अहिलेको अर्धवार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाले बनाएको लक्ष्य पूरा भइसकेको स्वास्थ्य शाखाका प्रमुख सिंहले जानकारी दिए ।

त्यस्तै आव २०७३÷७४ मा ५० प्रतिशत, आव २०७४÷७५ मा ७२ प्रतिशत आव २०७५÷७६ मा ८१ प्रतिशत गर्भवती महिलाहरु संस्थागत र सुरक्षित सुत्केरी भएको पाइएको छ । यस आवको लक्ष्य ९० प्रतिशत गर्भवतीलाई सुरक्षित र संस्थागत सुत्केरी गराउने रहेको भए पनि अहिले सो लक्ष्यको नजिक पुगिसकेको उनको भनाइ छ । बारेकोट गाउँपालिकामा सुरक्षित र संस्थागत सुत्केरी हुनेको सङ्ख्या अन्य स्थानीय तहको भन्दा बढिरहेको उनको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies