Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

अन्तर्राष्ट्रिय इन्नोभेटिभ एजुकेसन सम्मेलन भोलीदेखि

काठमाडौं । नेसनल कलेजले भारतको एसोसिएसन फर इन्नोभेटिभ एजुकेसन (एआईई)को साथमा नेपालमा अन्तर्राट्रिय इन्नोभेटिभ एजुकेसन सम्मेलन आयोजना गर्ने भएको छ । नवीन आवधारणा तथा शिक्षामा खोज कार्यलाई प्लेटफर्म दिने उद्देश्यले कलेजले आफ्नो एम्बास्डर मदनजीत सिंह स्मृति सभाकक्षमा सम्मेलन आयोजना गर्ने भएको हो ।

सम्मेलनले खोजकर्ता तथा प्राज्ञिक व्यक्तित्वहरुको नवीन सोंचलाई एउटै थलोमा प्रस्तुत गर्ने छ । जहाँ भारत, क्यानाडा, बंगलादेशका प्राज्ञिक व्यक्तित्वहरु सहभागी हुनेछन् भने नेपालका विभिन्न शैक्षिक तथा खोजमुलक संस्थाका प्रतिनिधिले प्रस्तुतीकरण दिनेछन् ।

कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले सम्मेलनका बारेमा बोल्दै यस्तो सम्मेलनको आवश्यकताबारे प्रकाश पारे । उनले इन्नोभेसन एजुकेसनकै लागि नेपाली प्रज्ञापन क्षेत्र लागिपर्नु पर्ने बताए । एआईईका सचिव डा. मञ्जु गुप्ताले सहभागी सबै देशको शैक्षिक पद्धतीका आधारमा शिक्षामा नवीकरण ल्याउन सघाउ पु¥याउने सफल हुने विश्वास व्यक्त गरे ।

सम्मेलनको उद्घाटन समारोह एआईईका अध्यक्ष डा. राजीव गुप्ताले अध्यक्षा गर्नेछन् भने काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रो. डा. रामकण्ठ मकाजुले प्रमुख आतिथ्यता गर्नेछन् । पहिलो दिन विश्वविद्यालयका संस्थापक उपकुलपति प्रो. डा. सुरेश राज शर्माले किनोट स्पिच दिनेछन् । दोस्रो दिन युनिभर्सिटी अफ टोरन्टोका प्राध्यापक योकी वेनले अध्यात्म र शिक्षाबारे प्रकाश पार्नेछन् ।

खोज सम्मेलनका मुख्य छलफलका विषय दीगो विकास लक्ष्य, सूचना तथा सञ्चार प्रविधि, समानता तथा समन्यायिकता, शिक्षण शास्त्र र समावेशी शिक्षा, वेल विइङ, विकास, वातावरणीय मुद्दा तथा विश्वव्यापी चुनौती रहेका छन् ।

सन् १९९६ मा स्थापित नेसनल कलेजले ज्ञान शीप, व्यवहारलाई अध्यापन, खोज र व्यवहारिक ज्ञानलाई शिक्षामा अंथिकेत गर्न दक्षिण एसियामा सेन्टर अफ एक्सिलेन्सका रुपमा परिचित छ ।
कलेजमा व्याचलर इन डेभलपमेन्ट स्टडिज, व्याचलर इन डेभलपमेन्ट फाइनान्स तथा व्याचलर इन सोसिल साइन्सेज अध्यापन हुँछ ।

सन् २०१२ मा स्थापित एआईई भारतको गैरनाफामुलक संस्था हो । संस्थाले शिक्षा र स्वास्थ्यका क्षेत्रका क्षेत्रमा सशक्तिकरण गर्न सघाउ पुर्याउँदै आएको छ । दुवै संस्थाले शैक्षिक प्रणाली र शिक्षण पद्धतीका उत्थान तथा खोजको माध्यमबाट शैक्षिक क्षेत्रमा योगदान गर्न सम्मेलन आयोजना गरेका हुन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies