Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

नेकपाको एक साता, उथल पुथलको डरलाग्दो श्रृखंला, के–के भए ७ दिनमा ?

काठमाडौं । गत शनिबार सम्पन्न नेकपा सचिवालय बैठकले केहि महत्वपूर्णं निर्णय लिएसँगै नेकपाभित्र ठुलो उथल पुथल देखिएको छ । सचिवालय बैठकका केहि निर्णयलाई अतिरञ्जित रुपमा बाहिर ल्याइएसँगै नेकपाभित्र डरलाग्दो उथल पुथलको घटना देखिएको हो ।

शनिबार बसेको नेकपा सचिवालय बैठकमा गोप्य राखिएको भनिएको निर्णय (बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरि संविधान संशोधन गर्न कार्यदल गठन गर्ने) एकाएक बाहिर ल्याइएसँगै विकसित घटनाक्रमले नेकपालाई गम्भिर मोडतिर पुर्याएको हो । सँगै बुधबार सम्पन्न सचिवालय बैठकले लिएको सर्वसम्मत निर्णय प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपि शर्मा ओलीले नमान्ने घोषणा गरेसँगै अवस्था बिग्रिएको हो । घटनाक्रमले पार्टी विभाजन या दुर्घटना तिर त होइन् भन्ने आंशका पनि पैदा गरेको छ ।

हेरौं शनिबारदेखि आजसम्म के–के भए घटनाक्रम ?

शनिबार : पार्टी सचिवालय बैठक, संविधान संशोधन गर्न कार्यदल गठन

शनिबार अप्रान्ह बसेको सचिवालय बैठकले एमसीसी सम्झौता अध्ययन कार्यदलको प्रतिवेदनमाथि छलफल गर्दै केहि अन्य महत्वपूर्ण निर्णय गरेको थियो । सार्वजनिक गरिएको निर्णयमा एमसीसीको विषयमा थप छलफल गर्ने र पार्टी एकताका बाँकी कामलाई छिटो सम्पन्न गर्ने भन्ने थियो । त्यस्तै सचिवालयले बाँस्कोटा कमिसन प्रकरणबारे पनि निर्णय लिएको थियो । नेकपा सचिवालय बैठकले बाँस्कोटा अडियो प्रकरणमा अख्तियारले छानबिन थालेको भन्दै पार्टीले स्वतन्त्र छानबिन गर्न नपर्ने निर्णय गरेको थियो ।

शनिवारको सचिवालय बैठकमा दुई अन्य महत्वपूर्ण निर्णय पनि भएका थिए । तर ति निर्णयलाई सार्वजनिक नगरिने पनि निर्णय भएको थियो । शनिबारको सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस गर्ने र संविधान संशोधन गर्न माधव नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको थियो । नेकपाले संविधान संशोधन गरि राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न पाउने गरि व्यवस्था गर्नको लागि कार्यदल गठन गरेको थियो ।

आइतबार : सचिवालयको गोप्य निर्णय सार्वजनिक, पार्टीभित्र हल्ला–खल्ला

शनिबार गरिएको गोप्य निर्णय आइतबार बिहानै केहि सञ्चार माध्यममा सार्वजनिक भएसँगै नेकपाभित्र नयाँ विवाद सिर्जना हुन पुग्यो । प्रधानमन्त्री ओली निकटका केहि नेताहरुले सार्वजनिक गरेको सचिवालयको गोप्य निर्णयबारे सञ्चारमाध्यम र सामाजिक सञ्जालमा निकै बहस सुरु भयो । संविधान संशोधन गर्नको लागि गठन गरिएको कार्यदलका सदस्यहरुले नै सार्वजनिक मिडियामार्फत त्यसको खण्डन गर्ने स्थिति बन्यो ।

प्रधानमन्त्री ओली र उनि निकटका केहि नेताहरु जन्मदिनको कार्यक्रमको लागि तेह्रथुममा जमघट भईरहँदा काठमाडौंमा भने नेकपाका अन्य नेताहरुको छुट्टै जमघट चलेको थियो । पार्टी निर्णय बाहिरिएसँगै नेकपाका केहि नेताहरु काठमाडौंमा छलफलमा जुटेका थिए । कार्यदलका संयोजकसमेत रहेका माधव नेपाल र ईश्वर पोखरेलबीच आइतबार गम्भिर छलफल पनि भएको थियो ।

सोमबार : प्रचण्डलगायतका नेताहरुबीच भेटघाट, गम्भिर छलफल

गोप्य निर्णय बाहिरिएसँगै बन्दै गएको अन्यौंल अवस्थाबारे सोमबार दिउँसो पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल र पार्टी महासचिव विष्णु पौडेलबीच पार्टी केन्द्रिय कार्यालय, धुम्बाराहीमा गम्भिर छलफल भएको थियो । गठित कार्यदलका संयोजकसमेत रहेका माधव नेपालले सदस्यहरु सुवास नेम्बाङ र खिमलाल देवकोटासँग आफ्नै निवासमा भेटघाटसमेत गरेका थिए । सदस्यहरुले कार्यदलको औचित्यमाथि प्रश्न उठाउँदै केहि सञ्चारमाध्यममै दिएको अभिव्यक्तिप्रति भेटमा कुराकानी भएको थियो ।

मंगलबार : पार्टी अध्यक्षद्वयबीच भेटघाट, खुमलटारमा छुट्टै भेला

पार्टी निर्णय बाहिरिएसँगै बन्दै गएको अन्यौंल परिस्थितिबारे नेकपा अध्यक्षद्वय केपि शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच गम्भिर छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रचण्डले पार्टी निर्णय सार्वजनिक गराउनुको कारण माग गरेका थिए । अध्यक्षद्वय बीचको छलफलमा सचिवालय बैठक डाक्ने र बाँकी विषयमा कुराकानी गर्ने निर्णय भएको थियो । अध्यक्षद्व ओली–प्रचण्डबीचको भेट लगत्तै ओलीले कार्यदल संयोजकसमेत रहेका माधव नेपालसँग छुट्टै भेट गरेका थिए ।

सोही दिन साँझ झलनाथ खनाल, माधव नेपाल र बामदेव गौतमसहितका नेताहरु प्रचण्ड निवास खुमलटारमा जम्मा भएका थिए । सचिवालयको निर्णयको प्रचारबाजी र आगामी कदमबारे नेताहरु बीच गम्भिर छलफल भएको थियो ।

बुधबार : सचिवालय बैठक, गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय, लगत्तै ओलीद्वारा अस्विकार

शनिबार बसेको सचिवालय बैठकले गरेको गोप्य निर्णय बाहिरिएसँगै नेकपाभित्र देखिएको अन्यौंलताबारे छलफल गर्न बुधबार पुनः सचिवालय बैठक बस्यो । बुधबार बसेको सचिवालय बैठकले संविधान संशोधन कार्यदल भंग गर्ने निर्णय गर्दै वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गर्यो ।

बैठकको निर्णय सार्वजनिक भएको केहि समय लगत्तै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले वरिष्ठ अध्यक्ष माधव नेपाललाई फोन गर्दै पार्टी निर्णय नमान्ने घोषणा गरे । सचिवालय निर्णयबारे ओलीले माधव नेपाललाई आफ्नै निवासमा बोलाएर बुधबार साँझसमेत छलफल गरेका थिए । उनले आफुँमाथि गम्भिर षडयन्त्र हुन थालेको भन्दै सहयोग गर्न आग्रह गरेका थिए ।

बिहिबार : ओली र कांग्रेस नेता शेखर कोइरालाबीच भेटवार्ता, नेकपाको राजनैतिक प्रशिक्षण

ओलीले बुधबारको सचिवालय निर्णय नमान्ने घोषणा गरेसँगै अन्य सचिवालयका सदस्यहरु उनिविरुद्वमा देखिए । झलनाथ खनाल, माधव नेपाल र विष्णु पौडेललगायतका नेताहरुले सञ्चारमाध्यममार्फत नै ओली घोषणाको विरुद्वमा आफ्ना अभिव्यक्ति सार्वजनिक गरे । झलनाथ खनालले निर्णय मान्न नसके पार्टी छोड्न ओलीलाई चुनौति नै दिए ।

पार्टीभित्रबाट निकै संकटको महसुस गरेका ओलीले बिहिबार बिहानै कांग्रेस महामन्त्री शंशाक कोइरालालाई बोलाएर सहयोगको आग्रह गरेका थिए । उनले सरकार नै ढल्न लागेको बताउँदै सहयोग गर्न आग्रह गरे । जुन विषय नेपाली सञ्चार माध्यममा निकै चर्चित बन्यो ।

पार्टी विवादका बीच बिहिबार दिउँसोदेखि सुरु नेकपाको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण कार्यक्रममा ओली र प्रचण्डसहितका पार्टीका शीर्ष नेताहरु सहभागि भएका थिए । राजधानीस्थित एक पार्टी प्यालेसमा भएको कार्यक्रममा ढिलो गरि पुगेका ओलीले पार्टी विवादबारे ठोस केहि नबोले पनि आफुँविरुद्व देखिएको विरोधलाई मथ्थर पार्न निकै प्रर्यत्न गरे । कार्यक्रममा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले विवाद सामान्य भएको भन्दै पार्टीलाई कुनै क्षति नपुग्ने बताएका थिए । कार्यक्रमबीच शीर्ष नेताहरुबीच छोटो कुराकानी पनि भएको थियो ।

शुक्रबार : प्रचण्ड निवासमा ओली इतरका नेताको भेला, ओलीले सचिवालयको निर्णय मान्नुपर्ने

गत बुधबार बसेको नेकपा सचिवालय बैठकको निर्णय कार्यान्वयन नगर्ने अडान लिएका प्रधानमन्त्री ओलीविरुद्ध कसरी केन्द्रित हुने भन्ने विषयमा शुक्रबार बिहानैदेखि प्रचण्ड निवास खुमलटारमा ओली इतरका शीर्ष नेताहरुको छलफल भएको थियो । बिहान आठबजेदेखि भएको छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतम सहभागि थिए । छलफलको विषयमा सहमत भएपनि अन्य दुई सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ र रामबहादुर बादल भने उपस्थित हुन सकेनन् ।

शीर्ष नेताहरुको छलफलमा सचिवालयको निर्णयलाई अस्विकार गरे ओलीलाई प्रधानमन्त्रीबाट नै हटाउनेसम्मको कुराकानी भएको बुझिएको छ । छलफलमा सहभागि नेताहरुले सचिवालयको निर्णयलाई ओलीले जुनै हालतमा स्वीकार गर्नुपर्ने धारणा राखेका थिए ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies