Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यसकारण गर्भपतन सेवा अस्थायी साधन बन्दै

डोटी । निःशुल्क सञ्चालनमा रहेको सुरक्षित गर्भपतन सेवा पछिल्लो समय अस्थायी साधनका रूपमा प्रयोग हुन थालेको छ । यहाँका १८ स्वास्थ्य सस्थाले आइपास नेपाल र सामुदायिक विकास मञ्च ९सिडीएफ० संयुक्त सहयोगमा सो सेवा प्रदान गर्दै आएका छन् । गर्भपतन सेवा निःशुल्क भएपछि सेवा लिनेको सङ्ख्या वृद्धि भएकोे केआइसिंह गाउँपालिका–४ दुर्गामाडौँ स्वास्थ्य चौकीका डा राजु गुरुङले जानकारी दिए । उनले भने, “ निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु भएपछि महिनैपिच्छे गर्भपतन गराउन आउन थाले, यो समस्याको विषय हो ।”

उनका अनुसार अस्थायी साधन प्रयोग गर्नुको विकल्पमा गर्भपतनका लागि स्वास्थ्य संस्था धाउन थालेका छन् । अस्थायी साधनको प्रयोग नगरी शारीरिक सम्पर्क गर्ने र गर्भपतन गराउन आउनेको सङ्ख्या बढ्ने गरेको दुर्गामाडौँ स्वास्थ्य चौकीका अनमी गीता भट्टले बताइन्। उनले भनिन्, “अस्थायी साधन प्रयोग गर्ने महिलाको सङ्ख्या कम छ, गर्भ रहे निःशुल्क हो भन्दै गर्भपतन गराउन आउँछन्, पछि गएर यो जटिल समस्याको विषय बन्न सक्छ ।”

यहाँका स्वास्थ्य चौकीको तत्थ्याङ्कअनुसार एकै महिलाले वर्षमा तीनदेखि चारपटकसम्म गर्भपतन गराउन आउने गरेका छन् । विसं २०७३ माघबाट सो चौकीमा शुरु गरिएको सो सेवा हालसम्म २५३ ले लिएका छन् । ती मध्ये नौ किशोरी रहेको अनमी भट्टले जानकारी दिए । उनले भने, “हामीकहाँ मात्रै गर्भपतन गराउनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ, गर्भपतन सेवा अस्थायी साधनजस्तै बनेको छ ।”

जिल्ला अस्पतालले यो वर्ष ३५० ले सुरक्षित गर्भपतन सेवा लिएको जनाएको छ । ती मध्ये १२ भन्दा वढीले दुईदेखि तीनपटकसम्म सेवा लिएकोे तथ्याङ्कमा उल्लेख छ ।अस्पतालका डा ज्योति पाण्डेले भनिन् “गर्भपतन सेवालाई अस्थायी साधनका रुपमा लिनु हुँदैन । सेवाका बारेमा जनचेतना जगाउन आवश्यक छ ।”

सिडीएफका कार्यक्रम अधिकृत दीपा सिंहले जिल्लामा निःशुल्क तथा सुरक्षित गर्भपतन सेवाका लागि आफ्नो संस्थाले पहल चालिरहेको बताइन्। उनले भनिन्, “असुरक्षित गर्भपतनले महिलाको अकालमै ज्यान जान थालेकाले हामीले सुरक्षित गर्भपतनका लागि आफूले सक्ने भूमिका खेलिरहेका छौँ, गर्भपतनलाई अस्थायी साधनका रूपमा लिनु हुँदैन ।” जिल्ला अस्पतालसहित यहाँका गड्सेरा, दुर्गामाडौँ, चवराचौतारा, छतिवन, कपल्लेकी, मुड्भारा, सरस्वतीनगर, सानागाउँ, पोखरी, मौवानगरदह, दौड, लानाकेदारेश्वर, तिखा, लडागाडा, तिखातर, भूमिराजमाडौँ तथा बन्लेग स्वास्थ्य चौकीमा निःशुल्क सुरक्षित गर्भपतन सेवा शुरु गरेको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies