Khabar Dabali Logo
  April 6, Mon

प्रधानमन्त्रीलाई नेता नेपालको चेतावनीयुक्त सुझाब

काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गरेपछि मात्रै अर्थमन्त्री युवराज खतिवडाको विषयमा टुंगोमा पुग्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई सुझाएका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – पार्टी निर्णयअनुसार गौतमलाई मनोनीत नगरिए दुर्घटना निम्तिने नेता नेपालको चेतावनीयुक्त सुझाब छ ।

बुधबार बसेको सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यमा नेता गौतमलाई लैजाने सर्वसम्मत निर्णय गरेको थियो ।

तर, त्यसको केहीबेरमै प्रधानमन्त्री ओलीले पार्टी निर्णयलाई चुनौती दिँदै गौतमलाई सिफारिस नगरेर खतिवडालाई नै निरन्तरता दिने सन्देश नेताहरूलाई दिएका थिए । त्यसलगत्तै उनले नेता नेपालसँग करिब दुई घन्टा छुट्टै छलफल गरेका थिए ।

गौतमलाई मनोनीत नगरे पार्टीभित्र अराजकता संस्थागत हुने र त्यसले दुर्घटना निम्त्याउने भन्दै नेता नेपालले तत्कालका लागि निर्णय कार्यान्वयनमा लैजान ओलीलाई सुझाब दिएका थिए ।

‘तपाईंका असहमति थिए भने विधिका हिसाबले बैठकभित्रै राख्नुपथ्र्यो, बैठक सकिएपछि मान्दिनँ भन्ने कुराले राम्रो सन्देश गएन, त्यसैले पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्नुबाहेक तपाईंसामु अब अर्को कुनै विकल्प छैन,’ नेपालले ओलीलाई दिएको सुझाब उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिलेलाई वामदेव कमरेडलाई सिफारिस गरेर पार्टी निर्णय कार्यान्वयन गर्नुस्, युवराज खतिवडाका सन्दर्भमा पछि सोच्ने गरी निष्कर्षमा पुग्न सकिन्छ ।’

२१ फागुनपछि खतिवडाको सांसद पद रिक्त भए पनि संविधानअनुसार ६ महिनासम्म मन्त्रीमा निरन्तरता दिन सकिने भएकाले उनको विषयमा आवश्यकताअनुसार पार्टीले पछि निर्णय गर्न सक्ने नेपालको भनाइ थियो ।

‘उहाँलाई पुनर्नियुक्ति गर्न पनि सकिन्छ वा ६ महिनाको बीचमा सांसद बनाउने कि नबनाउने विषयमा विकल्प सोच्न सकिन्छ, तर अहिले अध्यक्षले नै पार्टी निर्णय उल्लंघन गर्नुभयो भने त्यसले पार्टीमा दुर्घटना निम्त्याउन सक्छ,’ नेता नेपालको सुझाब थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले भने लामो पृष्ठभूमि बाँध्दै सरकारविरुद्ध संगठित रूपमै षड्यन्त्र भइरहेको र गौतमलाई नियोजित रूपमा अघि सारेर खतिवडालाई अर्थमन्त्रीबाट हटाउन खोजिएको भन्दै पार्टी निर्णय कार्यान्वयन गर्न नसक्ने बताएका थिए ।

आफ्नो निर्णयबाट ‘ब्याक’ नहट्ने बताउँदै उनले केही नेताहरूले नियोजित रूपमै संकट निम्त्याउन खोजेकाले साथ दिन नेता नेपाललाई आग्रहसमेत गरे ।

गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने पार्टीको सैद्धान्तिक निर्णय भए पनि कहिले गर्ने स्पष्ट नभएकाले तत्काल कार्यान्वयन जरुरी नभएको ओलीको जिकिर छ । मन्त्रिपरिषद्ले सिफारिस गर्ने भएकाले पार्टी निर्णय कार्यान्वयन गर्न आफू बाध्य नहुने उनले बताएका थिए ।

प्रधानमन्त्रीले पार्टी निर्णयलाई चुनौती दिएपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि असन्तुष्ट छन् । बिहीबार आयोजित पार्टीको बागमती प्रदेशको भेलामा उनले भ्रष्टाचार, दम्भ, अहंकार र आत्मकेन्द्रित चिन्तनका कारण विश्वका कतिपय मुलुकमा कम्युनिस्ट आन्दोलन धराशयी भएको बताए ।

फागुन १६ गते, २०७६ - ०८:०० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्वारेन्टाइनमा बसेको १४ दिन बित्दा पनि परीक्षण भएन

धनगढी । कोभिड–१९ को उच्च जोखिममा रहेको सुदूरपश्चिममा दुई हजारभन्दा बढी मानिस क्वारेन्टाइनमा बसेका...   

कोरोनासँग जुध्न चुक्दै सरकार

काठमाडौं । विश्वमै महामारीकोरुप लिइरहेको कोरोना भाइरसको संक्रमणबाट देशवासीलाई जोगाउन सरकार चुक्दै...   

एकै दिनमा अमेरिकाका चार नेपालीको मृत्यु

अमेरिका । अमेरिकाको न्यूयोर्कमा शनिबार मात्रै चार गैरआवासीय नेपालीको मृत्यु भएको छ। मृत्यु हुने...   
कोरोना सल्किन्छ भन्दै घरबेटीले डायलाइसिस गराइरहेका बिरामीलाई  निकालेपछि…

कोरोना सल्किन्छ भन्दै घरबेटीले डायलाइसिस गराइरहेका बिरामीलाई निकालेपछि…

काठमाडौं । कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई...   
कोरोनोबाट मृत्यु भनिएका शेर्पाको उपचार जारी, परिवारले नै दियो गलत सूचना

कोरोनोबाट मृत्यु भनिएका शेर्पाको उपचार जारी, परिवारले नै दियो गलत सूचना

अमेरिका । कोभिड–१९ भाइरसको संक्रमणबाट अमेरिका न्यूयोर्क निवासी निमा टेम्बा शेर्पाको अस्पतालमा मृत्यु...   

कोरोना संक्रमणको १० दिनपछि बेलायती प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

एजेन्सी । बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण...   

कोरोना राहत बुझ्ने घरधनीसँग भेटियो २५ लाख !

झापा । झापाको कनकाई नगरपालिका–४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपैयाँ नगद फेला परेको...   

रोकिएन लुकीछिपी नेपाल आउनेको संख्या

कैलाली । सुदूरपश्चिम क्षेत्रमा भारतसँग जोडिएको खुला सीमाको फाइदा लिँदै अझै लुकीछिपी नेपाल आउनेक्रम...   
नेपाल सुरक्षित ठानेर सीमामा पाहुना लाग्नेको लर्को

नेपाल सुरक्षित ठानेर सीमामा पाहुना लाग्नेको लर्को

मोरङ । खुला सीमानाकाको फाइदा उठाउँदै माइती–ससुराली आउनेको लर्को लाग्ने गरेपछि मोरङको दक्षिणवर्ती...   

काेराेनाकाे डरले अस्पताल जान छाडे बिरामी

काठमाडाैं । चितवनमा पछिल्लो समय अस्पताल जानेको संख्या निकै कम छ । सर्बसाधारणमा डाक्टरले बिरामी छुदैंनन्,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top