Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

विश्वसम्पदा क्षेत्रमा ६ सय संरचना मापदण्डविपरीत

काठमाडौं । काठमाडौं उपत्यकाभित्र रहेका सात विश्वसम्पदा स्थलमा ५ सय ९९ संरचना मापदण्ड विपरीत बनेको पाइएको छ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - तीमध्ये अधिकांश निजी घर रहेका छन्। पुरातत्व विभाग विश्वसम्पदा संरक्षण शाखा प्रमुख डा.सुरेशसुरश श्रेष्ठका अनुसार तीमध्ये सबैभन्दा बढी भक्तपुर दरबारक्षेत्रमा रहेका छन्।

भक्तपुर दरबार क्षेत्रभित्र १ सय ५४ सम्पदा मापदण्ड विपरीत देखिएका छन्। विभागको तथ्याङ्कअनुसार पाटन दरबार क्षेत्रभित्र १ सय ३०, हनुमानढोका दरबार क्षेत्रभित्र ९५, स्वयम्भू क्षेत्रभित्र ७०, पशुपतिक्षेत्र विकास कोषअन्तर्गतका क्षेत्रभित्र ६६, बौद्धनाथ क्षेत्रभित्र ६० र चाँगुनारायण क्षेत्रभित्र २४ संरचना मापदण्ड विपरीत बनेका छन्।

युनेस्कोले सम्पदा क्षेत्रभित्र मापदण्डविपरीत निर्माण गरिएका संरचना हटाउन सरकारलाई आग्रह गर्दै आएको छ।

विशेष गरी हनुमानढोका दरबार क्षेत्रलाई पटकपटक खतराको सूचीमा राख्ने चेतावनी दिँदा पनि मापदण्ड विपरीत निर्माण गरिएका संरचना नै मुख्य कारण देखाइएको थियो। विभागका अनुसार २०४६ सालदेखि २०७१ सालसम्म मापदण्डविपरीत संरचना निर्माण भएका हुन्।

विभागका शाखा प्रमुख डा.श्रेष्ठले २०७२ सालको शक्तिशाली भूकम्पपछि ती क्षेत्रमा पुनर्निर्माण भएका संरचना मापदण्डअनुसार नै भएको दाबी गर्दै भने, ‘अहिले त्यो क्रम रोकिएको छ। सम्पदा क्षेत्रको संरचनाको नक्सा पास गर्ने र कार्यान्वयन गर्ने निकाय स्थानीय निकायको हो। तर स्थानीय निकायले एक किसिमको नक्सा पास गर्ने अनि घरधनीले मापदण्ड विपरीत निर्माण गर्ने प्रवृत्ति बढेको कारण समस्या देखिएको छ।’

काठमाडौं महानगरपालिका सम्पदा महाशाखाका निर्देशक रामबहादुर थापाले अब नयाँ रणनीति ल्याएर नियमविपरीत बनेका घरलाई कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको जानकारी दिए ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies