Khabar Dabali Logo
  April 2, Thu

सरकार, पुरस्कार कहिले दिने ?

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) सम्पन्न भएको साढे दुई महिना बित्यो। साग सकिनेबित्तिकै मंसिर २५ गते प्रधानमन्त्री केपी ओलीले खेलाडीलाई सरकारी निवास बालुवाटारमा बोलाएर एक महिनाभित्र नगद पुरस्कार दिने घोषणा गरेका थिए। तर, खेलाडीले अझै पुरस्कार पाएका छैनन्।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – सागका पदक विजेताले यसअघि पाउँदै आएको नगद पुरस्कारभन्दा प्रधानमन्त्री ओलीले बढी घोषणा गरेपछि खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि नै संशोधन गर्नुपर्ने बाध्यता थियो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि संशोधन प्रस्ताव पारित गरेको छ।

नयाँ कार्यविधिमा पुरस्कारका लागि सिफारिस समिति गठन गर्नुपर्ने र समिति गठन भएको तीन महिनाभित्र सिफारिस गर्नुपर्ने व्यवस्था रहेकाले खेलाडीले पुरस्कार पाउन केही समय कुर्नुपर्ने भएको छ।

सिफारिस समिति गठन भएको छैन। समिति युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठन हुने प्रावधान छ।

गत मंसिर १४ देखि २४ गतेसम्म घरेलु भूमिमा सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जित्दै पदक तालिकामा दोस्रो स्थान हासिल गरेको थियो। प्रधानमन्त्री ओलीले दुईभन्दा बढी स्वर्ण विजेतालाई ११ लाख, एउटा स्वर्ण विजेतालाई नौ लाख, रजत पदक विजेतालाई ६ लाख र कांस्य विजेता खेलाडीलाई तीन लाख दिने घोषणा गरेका थिए।

व्यक्तिगत स्पर्धाका स्वर्ण विजेतालाई पुरस्कार घोषणा गरे पनि टिम इभेन्टका विजेता खेलाडीको पुरस्कार घोषणा भने हुन सकेको थिएन। टिम इभेन्टका खेलाडी कति पुरस्कार पाइन्छ भन्ने अन्योलमा थिए।

१३औं सागमा दोहोरो स्वर्ण विजेता कराँते खेलाडी मन्डेकाजी श्रेष्ठले सरकार आफैंले घोषणा गरेको पुरस्कार नदिँदा नरमाइलो लागेको बताए।

‘हामीले देशको प्रतिष्ठाका लागि दिनरात नभनी मेहनत गर्‍यौं’, उनले भने, ‘सरकारले खेलाडीलाई आश्वासन मात्र दिएको छ।’ उनले हरेक दिनजसो अरू खेलाडीले पुरस्कारबारे सोध्ने गरेको पनि बताए।

‘सिनियर खेलाडी भएकाले होला, धेरै साथीहरू पुरस्कार कहिले पाइन्छ भनेर सोध्नुहुन्छ’, मन्डेकाजी भन्छन्, ‘चाँडै पाइन्छ भनेर आश्वासन दिइरहेका छौं।’

राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारी पुरस्कार कहिले पाइन्छ भन्दा पनि टिम गेमका खेलाडीले कति पुरस्कार पाउँछन् भन्ने चासो रहेको बताउँछिन्।

‘हामीले कति पुरस्कार पाउने भन्ने अन्योल छ’, रेश्मा भन्छिन्, ‘आफ्नै देशमा राम्रो नतिजा ल्याउँदा थप हौसला बढाउनुपर्नेमा हतोत्साहित गर्ने काम भएको छ।’

रेश्मा सरकार आफैंले घोषणा गरेको पुरस्कार पाउन पनि लामो समय कुर्नुपर्दा दुःख लागेको बताउँछिन्। ‘सरकारले दिने पुरस्कारबाट साथीहरूले के–के गर्छु भन्ने सपना देखेका होलान्’, महिला भलिबलमा रजत पदक विजेता टोलीकी सदस्य रेश्मा भन्छिन्, ‘सरकारले उनीहरूको सपनामा पनि तुषारापात गरिदिएको छ।’ रेश्माले सरकारले पहिले सम्मान गरोस् भनेर अरू थुप्रै निकाय र संघसंस्था कुरिरहेको बताइन्।

फागुन १६ गते, २०७६ - ०७:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नगर विपद् कोष खडा, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत प्रोत्साहन

भक्तपुर । कोभिड–१९ को सङ्क्रमण रोक्न मध्यपुरथिमि नगरपालिकाले ३ करोड रुपैयाँको नगर विपद् कोष स्थापना...   

चीनबाट थप स्वास्थ्य सामाग्री ल्याउन आज नेपाल एयर ग्वान्जाओ जाने

काठमाडाैं । चीनबाट थप स्वास्थ्य सामाग्री ल्याइँदै छ । स्वास्थ्य सामाग्री ल्याउन नेपाल एयरले बिहीबारका...   

प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताल सुर्खेतमा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरेको...   
‘सरकार हामीलाई घर पस्न देऊ, ढोका बन्द नगर’

‘सरकार हामीलाई घर पस्न देऊ, ढोका बन्द नगर’

नेपालगन्ज । कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न ठाउँबाट अनेक हण्डर खाएर पनि नेपाली नागरिकहरु...   
निगमको अस्ट्रेलिया चार्टर्डमा एजेन्ट घुसाएर साढे ४५ लाख कमिसन

निगमको अस्ट्रेलिया चार्टर्डमा एजेन्ट घुसाएर साढे ४५ लाख कमिसन

काठमाडौं । नेपालमा रहेका आफ्ना नागरिक स्वदेश लैजान अस्ट्रेलियन दूतावासले गरेको चार्टर्डमा साढे ४५...   

कोरोना संकटका कारण बेलायतमा हुने जलवायु सम्मेलन स्थगित

एजेन्सी । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण बेलायतको ग्लास्गोमा हुने तय भएको जलवायु सम्मेलन...   

भारतमा पछिल्लो १ दिनमै कोरोना भाइरसले २३ जनाको मृत्यु, ६१५ नयाँ संक्रमित

काठमाडौैं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण छिमेकी मुलुक भारतमा निरन्तर बढ्दै गएको छ...   
नाकामा पहरा दिन्छन् लिमीवासी, आफन्तको फोनमा ‘लकडाउन’को जानकारी

नाकामा पहरा दिन्छन् लिमीवासी, आफन्तको फोनमा ‘लकडाउन’को जानकारी

हुम्ला । हिमाल पारीको गाउँ लिमीका बासिन्दाले कोरोना भाइरस ९कोभिड–१९० को सन्त्रासबाट पूरै गाउँलाई...   
कोरोना संक्रमणबाट हलिउड अभिनेता ज्याकको निधन

कोरोना संक्रमणबाट हलिउड अभिनेता ज्याकको निधन

एजेन्सी । प्रसिद्ध हलिउड अभिनेता एन्ड्रयु ज्याकको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएको...   

भारतमा ९३ वर्षीय दम्पत्ती कोरोना संक्रमणबाट मुक्त

काठमाडौं । भारतमा सबैभन्दा बढी उमेरका कोभिड–१९ का संक्रमित दम्पत्ती संक्रमण मुक्त भएका छन् । कोरोना...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top