Ntc summer Offer
Khabar Dabali ६ चैत्र २०८० मंगलवार | 19th March, 2024 Tue
NIMB

भारतीयसँगै नेपालीको उद्धार

काठमाडौं। केही दिनदेखि जापानको सामुद्रिक तटमा ‘क्वारेन्टाइन’मा राखिएको एउटा पानी जहाजबाट एक नेपालीको पनि उद्धार गरिएको छ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ - ‘डायमन्ड प्रिन्सेस’ क्रुजसिपभित्र थुनिएका भारतीयलाई उद्धार गर्न गएको एयर इन्डियाको जहाजमा १ सय १९ जना भारतीय नागरिकका साथ ती नेपालीको पनि उद्धार गरी सोही टोलीमा नयाँ दिल्ली ल्याइएको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारतीय नागरिकका साथ दुई श्रीलंका, एक पेरु र एक साउथ अफ्रिकाका गरी पाँच गैरभारतीयलाई पनि उद्धार गरिएको भारतीय विदेश मन्त्री डा। एस जयशंकरले ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

डायमन्ड प्रिन्सेसबाट ल्याइएका व्यक्तिलाई हरियाणास्थित क्वारेन्टाइनमा राखिने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

उद्धार गरिएका नेपालीको भने परिचय खुलाइएको छैन, भारतमै क्वारेन्टाइनमा राख्ने या नेपाल फर्कान्छ भन्नेबारे बताइएको छैन। यता स्वास्थ्य मन्त्रालयले पनि यस विषयमा बोल्न चाहेन।

डायमन्ड प्रिन्सेसभित्र रहेका ७ सय ४ जनालाई कोभिड–१९को संक्रमण देखिएको थियो। तीमध्ये ४ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय जापान र दक्षिण कोरियामा कोरोना भाइरस कोभिड–१९ बढेको छ।

दक्षिण कोरियामा पनि ठूलो संख्यामा नेपाली कामदार रहेका र उनीहरूलाई सीधा काममा जान र कोठामा फर्कन अनुमति भएको तर बजारसम्म जान अनुमति नदिइएको नेपाली कामदारहरूले बताएका छन्।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies