Khabar Dabali Logo
  April 9, Thu

नेप्सेको उछाल कायमै : आज पनि रेकर्ड ब्रेक, साढे चार अर्बको कारोवार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा उच्च वृद्धि हुनेक्रम आज पनि जारी रह्यो । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से परिसूचक ३६.०५ अङ्कले बढेर एक हजार ६३२.१७ मा पुुगेर रोकियो । यस्तै सेन्सेटिभ परिसूचक ११.६३ अङ्कले बढेर ३४७.६८ मा पुुगेको छ । जुन प्रतिशतका आधारमा ३.४६ हो ।

नेप्सेमा भारी वृद्धि हुँदा कारोवार रकम झण्डै साढे चार अर्ब पुुगेको छ । आज कूल १८० कम्पनीका एक करोड आठ लाख ५९ हजार ६५६ कित्ता शेयर रु चार अर्ब ४६ करोड पाँच लाख ३६ हजार २५१ मा खरिद बिक्री भयो ।

नेप्सेमा भारी वृद्धि हुँदा कारोवार भएका कूल १२ मध्ये तीन उपसमूहको शेयर मात्र उकालो लागेको छ । बैंकिङ ८३.२९ अङ्कले बढ्दा विकास बैंक ३८.६५ र उत्पादन उपसमूहको शेयर १६.४५ अंकले बढेको छ । व्यापार ४८.४३, होटल २७.६२, जलविद्युत् २१.५, वित्त ८.५२, निर्जीवन बीमा २१३.३९, अन्य २२.५३, लघुवित्त ५६.३५, जीवन बीमा १६४.६३ र सामूहिक लगानी कोषको ०.१६ अङ्कले घट्यो ।

कारोवार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु २८ करोड ९२ लाख ३७ हजार २८३ मा खरिद बिक्री भयो । यस्तै एनआइसी एशिया बैंकको रु २० करोड ५९ लाख ४६ हजार ५०५, एनएमबी बैंकको रु १५ करोड ७० लाख ६१ हजार २३८, नवील बैंकको रु १५ करोड ३० लाख ६७ हजार ५७८, शिवम् सिमेन्टको रु १४ करोड ८९ लाख ६७ हजार ८७ र प्रभु बैंकको शेयर रु ११ करोड ८३ लाख १७ हजार ८९० मा खरिद बिक्री भयो ।

आज सबैभन्दा बढी एभरेष्ट बैंकका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै नेपाल एसविआइ बैंकका ९.९४, हिमालन बैंकको ९.९२, नवील बैंकको ९.७७, वमि माइक्रोफाइनान्स वित्तीय संस्था ९.३१, स्टाण्र्डड चार्टड बैंकको ८.७० र एनआइसी एशिया बैंकका लगानीकर्ताले ८.२० प्रतिशतले कमाए ।

परिसूचक बढे पनि आज सबैभन्दा बढी नाग्दी ग्रुप पावरका शेयरधनीले ६.७१ प्रतिशतले गुमाए । सिनर्जी पावर ६.५०, समृद्धि फाइनान्स ६।१९, साल्ट ट्रेडिङ कर्पोरेशन ४.९९, युनाइटेड इन्स्योरेन्स ४.८५ र नेपाल सेवा लघुवत्त वित्तीय संस्थाका शेयरधनीले ४.८१ प्रतिशतले गुमाए ।

फागुन १५ गते, २०७६ - १६:४८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो, ६४ को मृत्यु

इस्लामावाद । कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ । सरकारी...   

कोरोना कहरः भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा

न्यूयोर्क । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा...   

कोरोना नियन्त्रण कोषमा जम्मा भएको रकम सबै प्रदेशलाई १३ लाखका दरले सहयोग गरिने

काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सबै...   

पछिल्लो एक महिनामा विदेशबाट आएका १३४ को विवरण सङ्कलन

काठमाडौं । पछिल्लो एक महिनामा विदेशबाट आएका नागरिकको तथ्याङ्क लिने क्रममा काठमाडौँ महानगरपालिकाले...   

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय

काठमाडौं । काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै...   

अपाङ्गताको गुनासो : राहतमा मुखले ठीक्क, कामले दिक्क

काठमाडौं । कोभिड—१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहँदा अपाङ्गता भएका व्यक्तिले जीवन...   

कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

कास्की । कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण...   

जुम्लामा आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

जुम्ला । जुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे...   

कुखुरा व्यवसायमा कोरोनाको कहर : दैनिक २२ करोड नोक्सान, गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो

चितवन । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी...   

भारतमा पछिल्लो २४ घन्टामै कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढ्यो, कुन राज्यमा कति ?

नयाँ दिल्ली । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top