Khabar Dabali Logo
  April 8, Wed

प्रधानमन्त्रीले देशकै अपमान गरेकोले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ : राजेन्द्र श्रेष्ठ

चितवन । समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले प्रधानमन्त्रीको कुर्सीमा बसेर देशको नक्साको केक काट्नु राज्यद्रोह भएको भन्दै ओलीले तत्काल राजिनामा दिनु पर्ने बताए ।

समाजवादी पार्टीको चितवन जिल्ला समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले भने, ‘देशको संविधान तथा मुलुकी संहिताले देशको भौगोलिक अखण्डता, राष्ट्रिय झण्डा, निशान छाप आदिको अपमान हुने गरी काम गर्न नपाउने व्यवस्था गरेको छ ।

तर, संविधान र मुलुकी संहिताको भावनाविपरित आफ्नो जन्मदिनमा नेपालको नक्सालाई बर्थडे केक बनाएर खाए । यो देशको अपमान हो । यो नेपालको संस्कृति पनि होइन । उनलाई अव नैतिकताको दृष्टिले सत्तामा बस्ने अधिकार छैन ।’

उनले कांग्रेस र कम्युनिष्टले अगाडी सारेको समाजवादले देशको बहुपहिचानलाई सम्मान गर्नुको सट्टा समाजवादका नाममा व्यक्तिवादलाई नै प्रोत्साहित गरेको आरोप लगाए ।

देशका उत्पीडित राष्ट्रियताहरूको मुक्ति र समतामुलक समृद्धिका लागि संघीय समाजवादी गणतन्त्रको आवश्यकता रहेको बताउँदै उनले भने, ‘नेपाल जस्तो बहुपहिचान मुलुकमा सङ्घीयता बिनाको समाजवादले जातीय समस्या हल गर्न सक्दैन, समाजवाद बिनाको सङ्घीयताले वर्गीय समस्या हल गर्न सक्दैन ।

त्यसैले जातीय र वर्गीय दुबै समस्यालाई एकसाथ हल गर्न एकाइसौँ शताव्दीको विश्व ज्ञान र चेतनामा आधारित समुन्नत संघीय समाजवाद नै आजको एक मात्र वैचारिक विकल्प हो ।’

यस्तै, नेकपाले समृद्धि र सुशासनको कुरा धेरै गरे तर व्यवहार उल्टो गरे भन्दै उनले भने, ‘विरालोले दुध खाँदैन भन्दै दुधको साक्षी विरालो बनाउनु र नेकपाले भ्रष्टाचार गर्दैन भन्नु उस्तै हो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद काण्डमा गोकुल बास्कोटाको टेप प्रकरणबाट नेकपाले प्राप्त जनादेशलाई भ्रष्टाचारको लाइसेन्स बनाएको आरोप लगाए ।

फागुन १५ गते, २०७६ - १५:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काेरोना प्रभाव : अर्को सूचना नभएसम्म शुक्रबारको नमाज स्थगित

काठमाडौं । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको आतंकका कारण मुस्लिम समुदायले मस्जिद जान छोडि...   

कोरोना उच्चजोखिम न्युनिकरण गर्न चीन र नेपालबीच भिडियो सम्मेलन हुँदै

काठमाडौँ । कोरोना (कोभिड–१९)को उच्च जोखिमबाट भर्खरै त्राण पाएको चीनले कोरोना भाइरसको जोखिम न्युनिकरणमा...   

राष्ट्रियसभाको बैठक अनिश्चिकालको लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बुधबार सरकारले गरेको निर्णय अबज्ञा...   

निश्चित क्षेत्रलाई ‘लकडाउन’ गर्ने तयारीमा सरकार

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई मध्यनजर गदै सरकारले ‘लकडाउन’ गर्ने तयारीसाथ...   

कोरोनाकाे त्रास : सत्तारुढ दलका उच्च नेताहरु पूर्वनिधारित कार्यक्रम रद्द गरी घरमा बस्न थाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले भेटघाट बन्द गरेका छन् । ...   
कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

कोरोनाको प्रभाव : उद्योग वाणिज्य महासंघकाे निर्वाचन स्थगित

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित उच्च संक्रमण रोकथाम गर्न बुधबार २५ जना भन्दा बढी भेला...   

मालपोत, विद्युत, यातायातलगायतमा जरिवाना लाग्ने भए सरकारले मिनाह गर्ने

काठमाडौं । सरकारले सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै मालपोत, विद्युत, र यातायातमा...   

चितवनको भरतपुरमा बन्यो ७२ घण्टामा ७० शैयाको कोरोना विशेष अस्पताल

भरतपुर । सम्भावित कोरोना संक्रमणलाई लक्षित गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै ७० शैयाको कोरोना विशेष...   
परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

परीक्षा स्थगित गर्ने लोक सेवा आयोगको निर्णय

काठमाडौं । सम्भावित कोरोना भाइरसको उच्च जोखिमलाई मुल्याङकन गर्दै लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै...   

कैदी बन्दी संख्या घटाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । कारागारमा कोभिड–१९ को संक्रमण उच्च रहन सक्ने भन्दै प्रतिनिधिसभाको कानून न्याय तथा मानव...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top