Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

राष्ट्रको विकासमा टेवा पुर्याउन पर्यटकीय क्षेत्रको विकास जरुरी : राष्ट्रपति

दार्चुला । सुदूरपश्चिम प्रदेशको दार्चुलास्थित मालिकार्जुन मन्दिरमा पूजापाठका लागि आएकि राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको विकासका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको विकास जरुरी रहेको बताएकि छिन् । मालिकार्जुन गाउँपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रको सातौँ धाम मालिकार्जुनमा पूजापाठ गर्दै यो क्षेत्र धार्मिक पर्यटन उर्वरभूमि भएको बताइन्। जिल्लाको मात्र नभई राष्ट्रकै समृद्धिका लागि यस क्षेत्रको पर्यटकीय क्षेत्रको पहिचान र विकास गर्नुपर्नेमा उनको जोड थियो ।

“यस क्षेत्रमा रहेका अपि नाम्पा हिमाल, कैलाश मानसरोवर जाने मार्ग भएका कारण पनि यो क्षेत्र पर्यटकीय क्षेत्रको लागि उपयुक्त छ, पर्यटकीय हिसाबले यो क्षेत्रको विकासमा टेवा पु¥याउनुपर्छ”, उहाँले सम्बोधनमा भनिन्, “यहाँ रहेका विकास निर्माणमा टेवा पुग्ने खालका गतिविधिलाई अघि बढाउनुपर्छ, मानसरोवर जाने मार्ग यही छ, यस क्षेत्रसम्म पहुन्च पु¥याउन सबैले हातेमालो गरौं ।”

पहिलोपटक दार्चुला भ्रमण गर्न आएका राष्ट्रपति भण्डारीले भनिन्, “यो जिल्ला त्रिदेशीय क्षेत्रमा पर्ने भएकाले पनि पर्यटनको हिसाबले राम्रो छ ।” यस क्षेत्रको सीमा व्यवस्थापनका लागि सरकारले काम गरिरहेको भन्दै उनले छिट्टै निकास आउने बताइन् । विवादित सीमा क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अझै पनि नागरिक सङ्गठित हुनुपर्ने उनको भनाइ थियो ।

“यहाँका हिमाल, वनजङ्गल जोगाउन सक्यौँ भने पर्यापर्यटनमा टेवा पुग्छ”, उनले भनिन्, “हाम्रो चुनौती भनेकै जलवायु परिवर्तन हो ।” यसका लागि यहाँका पर्यावरण संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ । “जलवायुलाई संरक्षणका लागि हिमाल बचाउनु जरुरी छ, दार्चुलामा विसं २०६७ मै घोषणा भएको अपि नाम्पा संरक्षण क्षेत्रलाई थप व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो”, राष्ट्रपति भण्डारीले भनिन्, “यहाँका प्राकृतिक सम्पादा संरक्षणका लागि अपि नाम्पा संरक्षण क्षेत्रलाई अझै प्रभावकारी बनाइनुपर्छ ।”

उनले यो क्षेत्रको विकासका लागि आफ्नो पदीय हिसाबले गर्नुपर्ने कामका लागि सहयोग गर्ने आश्वासन दिइन् । हेलिकोप्टरमार्फत दार्चुलाको मालिकार्जुन अवतरण भएकि राष्ट्रपति भण्डारीले मालिकार्जुन मन्दिरमा गएर पूजापाठ गरिन्। झण्डै १५ मिनेट मन्दिरमा पूजापाठ गरेपछि उनी नागरिक अभिनन्दनमा सरिक भइन् । मालिकार्जुन मन्दिर जिल्लाकै एक प्रसिद्ध धार्मिक तीर्थस्थल हो । भगवान् शिवका १२ ज्योतिलिङ्गमध्ये दोस्रो ज्योर्तिलिङ्ग मालिकार्जुनलाई मानिन्छ । यो क्षेत्रमा दार्चुलाका साथै सुदूरपश्चिम र भारत उत्तराखण्डका नागरिकले आराध्यदेवका रुपमा मालिकार्जुनको पूजापाठ गर्ने गर्छन् ।

विशेष शक्तिपीठको रुपमा रहेका कारण पनि मालिकार्जुनलाई सरकारले धार्मिक पर्यटकीय गन्तव्यको एक सय सूचीमा राखेको छ । सोहीअनुरुप अहिले सरकारले हरेक वर्ष मालिकार्जुनको धार्मिक पर्यटन विकासका लागि बजेटसमेत विनियोजन गर्ने गरेको छ ।

नेपाल भ्रमण वर्ष २०२० का अवसरमा राष्ट्रपति भण्डारी दार्चुलाको धार्मिक तीर्थस्थल मालिकार्जुनमा गरेको भ्रमणले स्थानीयस्तरमा खुशीयाली छायो । हजारौँ सर्वसाधारणले भण्डारीलाई लामबद्ध भएर स्वागत गरे । राष्ट्रपति भण्डारीलाई मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामी र दार्चुलाबाट प्रतिनिधिसभाका सदस्य गणेशसिंह ठगुन्नाले स्वागत गर्दै नागरिक अभिनन्दनस्थलसम्म पु¥याए ।

नागरिक अभिनन्दनस्थलमा मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीले स्वागत मन्तव्य राखे । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रतिनिधिसभा सदस्य ठगुन्नाले मन्तव्य राखे । कार्यक्रममा गाउँपालिका अध्यक्ष धामीले गाउँपालिकाका तर्फबाट राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन हस्तान्तरण गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies