Khabar Dabali Logo
  April 9, Thu

ज्ञानेन्द्र शाहीको कारण ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट अलग्गिए पूर्वडीआईजी खरेल

काठमाडौं । नेपाल प्रहरीका पुर्व डिआइजी रमेशप्रसाद खरेल हाम्रो नेपाल हामी नेपाली अभियानबाट अलग्गीएका छन् ।बिहिबार अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिने भएको हो ।

भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर घोषणा गरिने भनिएको अभियानमा ज्ञानेन्द्र शाहीलाई राखिएपछि तीनै जना तत्‍कालका लागि अलग्गिएका हुन्।

अभिव्यक्ति र कार्यशैलीका कारण विवादित ज्ञानेन्द्र शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन्।

बिहीबार अपरान्ह काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानको घोषणा गर्ने तयारी थियो। तर आन्तरिक विवाद चुलिएपछि खरेल, सिटौला र यादवको समूह अलग्गिएको हो।

पूर्व निर्धारित कार्यक्रमबाट अलग्गिएको प्रति पूर्व डिआईजी खरेलले फेसबुकमा लेखेका छन्, ‘विशेष कारणबस यस अभियानमा म’लगाएत देवेन्द्र सिटौंला, राजकुमार यादव उपस्थित हुन असमर्थ रह्यौं । असमर्थताको लागि क्षमाप्रार्थी छु ।’

फागुन १५ गते, २०७६ - १४:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो, ६४ को मृत्यु

इस्लामावाद । कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ । सरकारी...   

कोरोना कहरः भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा

न्यूयोर्क । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा...   

कोरोना नियन्त्रण कोषमा जम्मा भएको रकम सबै प्रदेशलाई १३ लाखका दरले सहयोग गरिने

काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सबै...   

पछिल्लो एक महिनामा विदेशबाट आएका १३४ को विवरण सङ्कलन

काठमाडौं । पछिल्लो एक महिनामा विदेशबाट आएका नागरिकको तथ्याङ्क लिने क्रममा काठमाडौँ महानगरपालिकाले...   

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय

काठमाडौं । काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै...   

अपाङ्गताको गुनासो : राहतमा मुखले ठीक्क, कामले दिक्क

काठमाडौं । कोभिड—१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहँदा अपाङ्गता भएका व्यक्तिले जीवन...   

कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

कास्की । कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण...   

जुम्लामा आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

जुम्ला । जुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे...   

कुखुरा व्यवसायमा कोरोनाको कहर : दैनिक २२ करोड नोक्सान, गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो

चितवन । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी...   

भारतमा पछिल्लो २४ घन्टामै कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढ्यो, कुन राज्यमा कति ?

नयाँ दिल्ली । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top