Khabar Dabali Logo
  April 9, Thu

नेपाल इन्भेष्टमेन्ट बैंकले मनायो ३४ औं वार्षिकोत्सव, ग्राहकको सम्मान गर्दै दुई योजना सार्वजनिक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आज आफ्नो ३४ औं वार्षिकोत्सव मनाएको छ र सो अवसरमा बैंकले संस्थाको मूल्य मान्यतालाई सम्झना योग्य बनाउँदै नेपाल रेडक्रस सोसाइटिसगँको सहकार्यम ाजीवन उपहार प्रदान गर्ने रक्तदान कार्यक्रमको आयोजना गरेका थियो ।

बैंकले यस शुभअवसरमा ग्राहकहरूसँगै मनाउन तथा अत्याधिक सेवा प्रदानगर्ने उद्देश्य सहित आफ्ना अमूल्य ग्राहकहरूको सम्मानमा दुई योजनाहरू पनि शुरू गरेका छ । जुन यसका संस्थागत मूल्य मान्यताको एक हिस्सा हो ।

पहिलो योजना अन्तर्गत वार्षिकोत्सवका दिन (२०७६ फागुन १४ गते), भिसा डोमेस्टिक क्रेडिट÷डेबिट कार्ड तथा मास्टर कार्ड डोमेस्टिक डेबिट कार्डको कारोबारमा ३४ प्रतिशत क्यास ब्याक पाइनेछ, जुन अधिकतम रु ३,४०० रुपैयाँ सम्मको हुनेछ ।

दोस्रो योजनाआन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका साथै देशकै प्रमुख तीर्थस्थल गोसाइकुन्ड हेलिकप्टरमार्फत भ्रमण गर्न बैंकका प्रत्येक ग्राहक र कर्मचारीहरूको पहुँच अभिवृद्धिका लागि सिम्रिक एयरसँगको सहकार्यमा ६ महिनासम्म एन आई बी एल भिसा क्रेडिट कार्डमार्फत् मासिक रु ३,४०० को किस्ता बन्दीमा गोसाइकुन्ड भ्रमणको प्याकेज उपलब्ध हुनेछ । मासिक किस्ताबन्दी (ईएमआई प्याकेज) वार्षिकोत्सव देखि मार्च २०२० सम्म उपलब्ध हुनेछ ।

साथै बैंकले बालबालिकाहरूकालागि चित्र कथा (कमिक) किताब, ‘चिडियाखाना घुम्न जाँदा’पनि सार्वजनिक गरेको छ, जसमार्फत बैंकले बाल्यावस्थाबाटै सांस्कृतिक तथा नागरिक नैतिक विकासका साथै वित्तीय र प्राविधिक जनचेतना अभिवृद्धिको आवश्यकतामा जोड दिएको छ ।

बैंकले यस किसिमको पहलबाट सानै उमेरमा बालबालिकाहरूमा वित्तीय, प्राविधिक ज्ञानका साथै सुसंस्कृति नैतिकताको विकास भएको जनसंख्याबाट अन्ततः देशको समग्र आर्थिक विकासमा योगदान पुर्याउने विश्वास लिएको छ । यसबाहेक बैंकले गतवर्ष वार्षिकोत्सवकै दिन“बैंकसँगको नाता मेरो आफ्नै बचत खाता”अभियानसहितको कमिक बुक पनिल्याएको थियो ।

कला, संस्कृति र सम्पदाको संरक्षण यस संस्थाको मुख्यमूल्य–मान्यताहो जुन एन आई बी एलले वर्षौंदेखि दृढतापूर्वक अनुसरण गरिरहेको छ र आउँदा वर्षहरूमा पनि यसलाई कायमै राख्नेछ ।

फागुन १५ गते, २०७६ - १२:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाकिस्तानमा सङ्क्रमितको सङ्ख्या चार हजार नाघ्यो, ६४ को मृत्यु

इस्लामावाद । कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या पाकिस्तानमा चार हजारभन्दा बढी पुगेको छ । सरकारी...   

कोरोना कहरः भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा

न्यूयोर्क । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा...   

कोरोना नियन्त्रण कोषमा जम्मा भएको रकम सबै प्रदेशलाई १३ लाखका दरले सहयोग गरिने

काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले कोभिड–१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सबै...   

पछिल्लो एक महिनामा विदेशबाट आएका १३४ को विवरण सङ्कलन

काठमाडौं । पछिल्लो एक महिनामा विदेशबाट आएका नागरिकको तथ्याङ्क लिने क्रममा काठमाडौँ महानगरपालिकाले...   

उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको छैन : गृह मन्त्रालय

काठमाडौं । काठमाडौँ उपत्यकामा विभिन्न कारणले रोकिएका नागरिकलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनै...   

अपाङ्गताको गुनासो : राहतमा मुखले ठीक्क, कामले दिक्क

काठमाडौं । कोभिड—१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहँदा अपाङ्गता भएका व्यक्तिले जीवन...   

कास्कीका क्वारेन्टाइन रिक्तः छैन कोरोना

कास्की । कास्कीमा क्वारेन्टाइनमा बसेका ३६ जना समयावधि पूरा गरेर घर फर्किएका छन् । कोरोना भाइरसको सङ्क्रमण...   

जुम्लामा आवतजावत रोक्न झोलुङ्गे पुलमा काँढेतार

जुम्ला । जुम्ला, चन्दननाथ नगरपालिका वडा नं १० बाट जुम्ला सदरमुकाम खलङ्गा बजार जोड्ने तिला नदीको झोलुङ्गे...   

कुखुरा व्यवसायमा कोरोनाको कहर : दैनिक २२ करोड नोक्सान, गोदाममा अण्डाको हेरिनसक्नुको थुप्रो

चितवन । हरेक साता ४२ लाख जिउँदो चल्ला खाल्डोमा पुरेर माउलाई दाना जोहो गरिरहेका छन् ‘ह्याचरी’ व्यवसायी...   

भारतमा पछिल्लो २४ घन्टामै कोरोना सङ्क्रमितको संख्या ह्वात्तै बढ्यो, कुन राज्यमा कति ?

नयाँ दिल्ली । भारतमा पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमितहरुको संख्या बढ्दै गएको छ । भारतमा सबैभन्दा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top