Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

प्रचण्डलाई कमजोर बनाउन ओलीले चलाएको ‘बामदेव प्रकरण’

काठमाडौं । बुधबार बसेको नेकपा सचिवालय बैठकले राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई सिफारिस गर्ने त निर्णय गर्यो तर चर्चित बनेको संविधान संशोधन कार्यदल भने भंग गर्न पुग्यो ।

सचिवालयका निर्णयहरु सुनाउँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान संशोधनका लागि गठित कार्यदलको औचित्य पुष्टी हुन नसकेकोले भंग गरिएको जानकारी दिए । उनका अनुसार पार्टीभित्र र बाहिर संविधान संशोधनको चर्को आलोचना भएपछि कार्यदललाई भंग गर्ने निर्णय गरिएको हो ।

किन भंग भयाे कार्यदल ?

गत शनिबार नेकपा सचिवालय बैठकका केहि निर्णयलाई अतिरञ्जित रुपमा बाहिर ल्याइएपछि नेकपाका शीर्ष नेताहरु विवादमा तानिएका थिए । शनिबार बसेको नेकपा सचिवालय बैठकमा गोप्य राखिएको भनिएको निर्णय (बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने गरि संविधान संशोधन गर्न कार्यदल गठन गर्ने) एकाएक बाहिर ल्याइएपछि विवादमा तानिएको थियो ।

अतिरञ्जित रुपमा सार्वजनिक भएको निर्णयको असर नेकपा नेतृत्व र सबैभन्दा बढि प्रस्ताव राख्ने पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमाथि परेको थियो । साथै त्यो सार्वजनिक निर्णयले राष्ट्रिय सभा सदस्यको लागि भनि प्रस्ताव गरिएका वामदेव गौतमलाई पनि निकै प्रभाव पर्न पुग्यो । निर्णयबारे नेकपाका सचिवालयका दुई नेता ईश्वर पोखरेल र विष्णु पौडेलले सञ्चारमाध्यमसँग दिएका प्रतिक्रियाले पनि झनै अन्यौलता थपेको थियो ।

जसको असर बुधबार बसेको सचिवालय बैठकले कार्यदल गठनको निर्णयलाई फिर्ता गर्दै भंग गर्ने निर्णय गर्यो ।

कसरी भएको थियोे कार्यदल गठन गर्ने निर्णय ?

गत शनिबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष प्रचण्डले बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने र राष्ट्रिय सभा सदस्यलाई समेत प्रधानमन्त्री बन्न सक्ने गरि संविधान संशोधन गर्न कार्यदल गठन गर्ने प्रस्ताव राखेका थिए । नेकपा स्रोतले जनाएअनुसार प्रधानमन्त्री एंव पार्टी अध्यक्ष ओलीको सहमतिमै प्रचण्डले उक्त प्रस्ताव राखेका थिए ।

बैठकमा ओलीले राष्ट्रिय सभामा मनोनित हुनेको संख्या ३ बाट ९ पुर्याउने गरि बढाउन प्रस्ताव गरेका थिए । तर ओलीले राखेको प्रस्ताव धेरै सचिवालय सदस्यको असहतीका कारण अस्वीकृत बन्न पुग्यो ।

बैठकमा प्रचण्डले राखेको प्रस्तावलाई सचिवालयले सर्वसम्मत रुपमा निर्णय गरेपनि निर्णय भने सार्वजनिक नगर्ने सहमती गरेको थियो । तर सहमतीलाई लत्याउँदै मिडियामा केहि सचिवालय सदस्यबाट अतिरञ्जित रुपमा बाहिर ल्याइएपछि सचिवालयको निर्णय नै संकट पर्न पुग्यो ।

बामदेवलाई बदनाम बनाउँदै कमजोर बनाउने ओली दाउ

आफैंले निर्णय गरेको भएपनि ओलीले संविधान संशोधन गर्न गठित कार्यदललाई मिडियामार्फत बदनाम गरिदिए । उनले कार्यदललाई बदनाम मात्रै गरेनन् दोस्रो बैठकबाट भंगसमेत गरिदिए । नेकपाभित्र ओलीले अपनाएको राजनीतिक फण्डाले सिधा–सिधा अर्का अध्यक्ष प्रचण्ड र बामदेव गौतमलाई असर गरेको छ ।

मिडियामार्फत अतिरञ्जित रुपमा ल्याइएको यो फण्डाले बामदेव गौतमलाई कमजोर बनाउँदै लगेको छ । ओलीले प्रहार गरेको नयाँ राजनीतिक प्रहारले पार्टीभित्र दरिलो अनि मध्यमार्गी धारको नेतृत्व गर्दै आएका वामदेवलाई केहि अलमल पारेको छ । उनले प्रधानमन्त्रीसम्म बन्ने देखेको सपनालाई तत्काल तुहाईदिएको छ ।

ओलीले भैंसेपाटी गठबन्धन तोड्न खेल खेले

नेकपाभित्र भैंसेपाटी भेलापश्चात बनेको गठबन्धनले ओली एक्लो र संकटमा पर्दै गएका छन् । गत पुस २३ मा बामदेव गौतम निवासमा भएको भेलाले बनेको गठबन्धनबाट एक्लिएका ओलीले गठबन्धन फुस्काउन निकै प्रयत्न गरिरहेका छन् ।

भैंसेपाटी गठबन्धनलाई तोड्न ओलीले गरेको छुट्टै भेलामा आफ्नै विश्वास पात्रसमेत रहेका विष्णु पौडेल नै नगएपछि उनि संकटमा परेका थिए । उनले पार्टीभित्र नेताहरुलाई एक्ला–एक्लै भेट्ने र फकाउने शैली पनि अपनाएका छन् ।

उनले गठबन्धनभित्रै अविश्वास पैदा गराउने र एकपछि अर्को संकट निम्त्याइदिने जुक्ति अपनाइएका हुन् । संविधान संशोधन कार्यदल गठनमा ओलीले अपनाएको जुक्ति त्यसैको प्रतिफल भएको धेरै नेताको बुझाई छ ।

पार्टीभित्र पुनः शक्तिशाली बन्ने दाउ

ओली पछिल्लो समय पार्टीभित्रै निकै कमजोर बन्दै गएका छन् । पार्टीभित्र झिनो संख्याको मतलाई नेतृत्व गर्ने ओलीले एकलौटी रुपमा चलाएको सरकार छोटो अवधिमै निकै बदनामित भएको छ । यति प्रकरण र बाँस्कोटा प्रकरण ओली नेतृत्वका सरकार सामान्य उदाहरण हुन् ।

सरकार सञ्चालनमा गरेको एकलौटी निर्णयले बदनामित ओली पार्टीभित्र पनि एक्लो पर्दै गएका छन् । पार्टीभित्र एकलौटी निर्णय गर्दै आएका उनि पछिल्लो समय घेराबन्दीमा परेका छन् । उनि पार्टीको सचिवालय समिति, स्थायी समिति र केन्द्रीय समितिमा पनि संख्यात्मक रुपमै कमजोर छन् । केहि समय अघि सम्पन्न स्थायी समिति र केन्द्रीय समिति बैठकमा पनि उनको निकै आलोचना भएको थियो । उनको काम गर्ने शैलीप्रति बहुमत सदस्यले प्रश्न उठाएका थिए ।

पार्टी संगठनभित्र कमजोर देखिएका उनि आफ्नो गुमेको शक्ति सन्तु्लनमा ल्याउन चाहन्छन् । ओलीले बामदेव प्रकरणाई उचाल्नुको पछाडि पनि त्यहि उद्देश्यको गन्ध आउँछ । ओलीले आफुँविरुद्धमै केन्द्रित बनेको ‘बाँस्कोटा अडियो प्रकरण’लाई सेलाउन पनि वामदेव प्रकरणलाई योजनागत रुपमा बाहिर ल्याएको धेरै नेताको बुझाई छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies