Khabar Dabali Logo
  April 10, Fri

वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सर्वसम्मत हो, हेरफेर हुँदैन् : महासचिव पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन गरिएको सिफारिस सर्वसम्मत रहेको बताएका छन् । खबर डबली अनलाईनसँग कुराकानी गर्दै उनले सर्वसम्मत निर्णय हेरफेर नहुने बताए ।

केहि सञ्चार माध्यममा पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपि शर्मा ओलीले सचिवालयको निर्णय उल्ट्याउँदै युवराज खतिवडालाई नै सिफारिस गरेको विषय आएको सन्दर्भमा कुराकानी गर्दा पौडेलले निर्णय हेरफेर नहुने बताएका हुन् ।

खबर डबलीसँग कुरा गर्दै पौडेलले भने, ‘वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय सर्वसम्मतबाट भएको हो । प्रधानमन्त्री ज्यू पनि पूर्णं सहमत हुनुहुन्छ । अघिल्लो सचिवालय बैठकमा पनि उहाँले नै बामदेव कमरेडको विषयमा कुराकानी गर्नुभएको थियो । उहाँले त्यस्तो गर्ने भन्ने नै हुँदैन् ।’

पौडेलले निर्णय हेरफेरसँग सम्बन्धित समाचार गलत भएको बताए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको थियाे । सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको हो ।

आगामी फागुन २० पछि राष्ट्रपतिबाट मनोनित सदस्य युवराज खतिवडाको कार्यकाल सकिँदैछ । सोही स्थानमा उपाध्यक्ष गौतमलाई मनोनित गर्न नेकपाले सरकारलाई सिफारिस गर्न सुझाव दिएको हो ।

फागुन १४ गते, २०७६ - १५:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपत्यकामा अलपत्र परेकालाई घर पठाउने निर्णयप्रति मुख्यमन्त्री पोखरेलले जनाए विराेध

उपत्यकामा अलपत्र परेकालाई घर पठाउने निर्णयप्रति मुख्यमन्त्री पोखरेलले जनाए विराेध

काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर पठाउन गरेको...   

लकडाउन थपिएसँगै टेलिकमले थप्यो यस्ता अफर

काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा...   
सिजी इलेक्ट्रोनिक्सका घरायसी सामानहरुको वारेन्टी म्याद थप

सिजी इलेक्ट्रोनिक्सका घरायसी सामानहरुको वारेन्टी म्याद थप

काठमाडौं । सिजी इलेक्ट्रोनिक्सले कोरोनाभाइरसले सृजना गरेको परिस्थितीको कारण आफ्नो ब्राण्डहरु एलजी,...   
पाँच दिनदेखि भेटिएनन् कोरोनाका नयाँ संक्रमित, २८ सय ९५ को परीक्षण

पाँच दिनदेखि भेटिएनन् कोरोनाका नयाँ संक्रमित, २८ सय ९५ को परीक्षण

काठमाडौं । गत शनिबारपछि नेपालमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ संक्रमित फेला नपरेको स्वास्थ्य मन्त्रालयले...   
सांसद यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनको निर्देशन

सांसद यादवलाई क्वारेन्टाइनमा राख्न स्थानीय प्रशासनको निर्देशन

काठमाडौं । लकडाउनको समयमा सरकारको निर्देशनविपरीत भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेट्न गएका...   

सीमामा अलपत्र परेका नेपालीहरुकाे तत्काल उद्दार गर: मोहनविक्रम सिंह

काठमाडौं । नेकपा (मसाल)ले नेपाल–भारत सीममा अलपत्र परेर बसेका नेपालीको तत्काल उद्दार गर्न सरकारको ध्यानकर्षण...   

बेलायतमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या चार पुग्यो

काठमाडौं । बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या चार पुगेको छ । लण्डनमा...   
कोरोना कहर : देशभरका ४०९ कैदी जेलमुक्त गर्ने निर्णय (निर्णयसहित)

कोरोना कहर : देशभरका ४०९ कैदी जेलमुक्त गर्ने निर्णय (निर्णयसहित)

काठमाडौं । सरकारले कोरोना भाइरसको बढ्दो संक्रमणका ध्यानमा राख्दै ४ सय ९ जना कैदीलाई जेलमुक्त गर्ने...   
कोरोना रोकथाममा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाईने

कोरोना रोकथाममा अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाईने

काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा अवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई...   
लकडाउनमा घरमै बसेका कर्मचारीलाई सामान्य प्रशासनले दियो कामको जिम्मेवारी (सूचीसहित)

लकडाउनमा घरमै बसेका कर्मचारीलाई सामान्य प्रशासनले दियो कामको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । सरकारले बिदामा घरमा बसेका कर्मचारीलाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि कामको जिम्मेवारी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top