Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

युरोपेली देशहरूमा नयाँ कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै

थुप्रै युरोपेली देशले आफूकहाँ पहिलोपल्ट नयाँ कोरोनाभाइरसको सङ्क्रमण देखापरेको घोषणा गरेका छन्।

कोरोनाभाइरसको प्रकोप देखिएको इटलीसँग ती सबै घटना जोडिएका छन्।

अस्ट्रिया, क्रोएशिया र स्विट्जरल्यान्डका अनुसार इटली पुगेर आएका व्यक्तिहरूमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो।

कोरोनाभाइरसको सङ्क्रमण देखिने पहिलो ल्याटिन अमेरिकी देश ब्राजिल बनेको छ। सङ्क्रमित व्यक्ति इटलीबाट फर्किएका ब्राजिलका नागरिक भएको बताइएको छ।

प्रभावित
युरोपमा हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देश इटली बनेको छ। त्यहाँ तीन सय जनाभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने ११ जनाको मृत्यु भइसकेको छ।

तर उसका छिमेकी देशहरूले इटलीसँगको नाका बन्द गर्ने कदम असमानुपातिक हुने बताएका छन्।
युरोपभरि र मध्य एवम्‌ दक्षिणी इटलीमा सङ्क्रमणका नयाँ बिरामी देखिइरहँदा मङ्गलवार सम्पन्न एउटा बैठकमा फ्रान्स, जर्मनी र इटलीका स्वास्थ्यमन्त्री तथा युरोपेली आयोगले नाकाहरू खुला राख्ने प्रतिबद्धता जनाएका हुन्।

सिमानाले अर्थ नराख्ने एउटा नयाँ भाइरसका बारेमा हामीले कुरा गरिरहेका छौँ, इटलीका स्वास्थ्यमन्त्री रोबेर्टो स्पेरान्जाले भने।
कोभिड(१९ अर्थात्‌ नयाँ कोरोनाभाइरसको प्रकोप अझै फैलन सक्ने भन्दै विश्व स्वास्थ्य सङ्गठनका एक वरिष्ठ अधिकारीले तत्काल तयारी गर्न देशहरूलाई सुझाव दिएका छन्।

ब्रुस एलवार्डले थुप्रै राष्ट्रहरू नयाँ कोरोनाभाइरसको प्रकोपसँग जुझ्न तयार नरहेको बताए।

उनले भने, पहिलो कुरा मानसिकतामा परिवर्तन हुनुपर्छ। यो भाइरस विश्वभरि चाँडै फैलन सक्छ।

चिन्ताजनक
नयाँ कोरोनाभाइरसका ८० हजार सङ्क्रमणका घटनाका बीच खासगरि इरानमा देखिएको प्रकोपको स्तर चिन्ताजनक रहेको बताइन्छ।

इरानी अधिकारीहरुका अनुसार कोरोनाभाइरसका कारण त्यहाँ अहिलेसम्म १५ जनाले ज्यान गुमाइसकेका छन्।

इरानका स्वास्थ्य उपमन्त्रीमा समेत कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ।

यसैबीच, नयाँ कोरोनाभाइरसको प्रकोपका कारण संयुक्त राज्य अमेरिका र युरोपका शेअर बजारमा लगातार दोस्रो दिन नकारात्मक प्रभाव परेको छ।

अमेरिकी शेअर बजारको एक सूचक मानिने डाउ जोन्समा सोमवारयता छ प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

तर ट्रम्प प्रशासनका आर्थिक सल्लाहकार ल्यारी कडलोले कोरोनाभाइरसले आर्थिक त्रासदी फैलाउने कुरामा आफ्नो विश्वास नरहेको र मूल्य घटेकाले शेअर खरिद गर्ने यो राम्रो समय भएको बताएका छन्।

यसअघि प्यारिस, लन्डन र फ्र्याङ्कफर्टस्थित शेअर बजारमा करिब दुई प्रतिशतको गिरावट देखिएको थियो।बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies