Khabar Dabali Logo
  April 9, Thu

बन्धक बनाएर लागुऔषधको नशा दिइयो र बलात्कार गरियो : गायिका डफी एजेन्सी

ग्रामी अवार्ड बिजेता गायिका डफीले आफूलाई एक आक्रमणकारीले बन्धक बनाएर लागुऔषधको नशा दिएको र बलात्कार गरेको खुलासा गरेकी छिन् ।

वेल्सकी ३५ वर्षे स्टारले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफूलाई निको हुन धेरै समय लागेको बताएकी छिन् ।

उनले आफ्ना ३३ हजार फलोअर्सलाई लेखेकी छिन्, ‘म अहिले ठिक र सुरक्षित अवस्थामा छु । वास्तविकता यही हो ।

डफीको एल्बम ‘रकफेरी’ ६ देशमा उत्कृष्ट साबित भयो । उनले तीनपटक ब्रीट अवार्ड पनि जितिन्, यसका साथै ग्रामी अवार्ड पनि हात पारिन् ।

निकै अघिदेखि यसबारे लेख्ने सोचेकी थिएँ । मैले कतिपटक सोचेँ होला, तपाईंहरुले अनुमान मात्रै गर्न सक्नुहुन्छ,’ उनले इन्स्टाग्राममा लेखिन् ।

‘तर यो कुरा भन्न मैले यो समयलाई नै किन सही ठानेँ, त्यसको जवाफ मसँग छैन । यसबारे कुरा गर्दा आफूले आफैंलाई एक प्रकारको तनावबाट मुक्त हुने मैले सोचेकी छु ।’

‘म यसबारे विस्तृत रुपमा बताउन सक्दिनँ । कतिलाई लाग्दो हो, खासमा मलाई भएको चाहिँ के हो, म कता हराएँ र किन । मलाई एक पत्रकारले सम्पर्क गरे, उनले मलाई भेट्ने बाटो पत्ता लगाए र मैले उनलाई आफ्नो बारे सबै कुरा जानकारी दिएँ । उनी निकै दयालु थिए तसर्थ यसबारे कुरा गर्न जुन आँट मैले बटुलेँ त्यो निकै अभूतपूर्व छ ।’

‘वास्तविकता यो हो कि म अहिले ठिक छु र सुरक्षित पनि । मलाई केही दिनका लागि बन्धक बनाइयो । मलाई लागुऔषध दिइयो र बलात्कार गरियो । पक्कै पनि म बाँच्न त बाँचे । निको हुन धेरै नै समय लाग्यो । मैले पछिल्लो एक दशकदेखि हज्जारौं दिनसम्म मनमा प्रकाश ल्याउन चाहिरहेको थिएँ, अब भने सूर्य उदाएको छ ।’

आँखाको पीडाः

वास्तविक नाम एइमी एने डफी भएकी डफीको मर्सी नामको गीत १२ देशमा सर्वोत्कृष्ट साबित भयो । यो गीत सन् २००८ को युकेको ‘थर्ड बेस्ट सेलिङ सिंगल’ हो । यसको पाँच लाख प्रति बिकेको थियो ।

‘तपाईंले सोचिरहनुभएको होला कि मैले आफ्नो पीडा व्यक्त गर्न आफ्नो आवाज किन प्रयोग गरिनँ रु मैले संसारलाई आफ्नो आँखाको पीडा देखाउन चाहिनँ,’ उनले थपिन् ।

‘त्यसपछि मैले के सोचेँ भने यदि मेरो मन नै भाँच्चिएको छ भने म कसरी मनबाट गाउन सक्छु रु’

‘यदि तपाईंका केही प्रश्न छन् भने म अन्तरवार्तामार्फत् जवाफ दिन चाहन्छु । मलाई यत्तिका वर्षसम्म तपाईंले जुन माया र सद्भाव देखाउनुभयो त्यसप्रति म कृतज्ञ छु । म यसका लागि तपाईंहरु सबैलाई धन्यवाद दिन चाहन्छु ।’

फागुन १४ गते, २०७६ - ११:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बोको हरामविरूद्धको कारबाहीमा ५२ सैनिक र एक हजार जिहादी लडाकूको मृत्यु : सैनिक

अजमेना । बोको हरामविरूद्धको एक महिने सुरक्षा कारबाहीमा ५२ सैनिक र एक हजार जिहादी लडाकूको मृत्युभएको...   

कोरोना सङ्क्रमण भेटिएदेखि इटलीमा एक सय चिकित्सकको मृत्यु, करिब १० प्रतिशत सङ्क्रमित

इटली । इटलीमा कोरोना भाइरस सङ्क्रमण भेटिएको दिनदेखि अहिलेसम्म १०० चिकित्सकको कर्तव्य पालनाका शिलशिलामा...   

घरको पानी ट्याङ्कीभित्र लुकाएका चोरीका गहनासहित बाबुछोरा पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका– १ स्थित विनोदकुमार वर्माले सञ्चालन गरेको प्रिया सुनचाँदी पसलबाट चोरी...   

काठमाडौ बाहिर पठाउने भनि गरिएको निर्णय रद्द

काठमाडौ । लकडाउनको समयमा काठमाडौमा रोकिएकाहरुलाई भोली र पर्सि उपत्यका बाहिर पठाउने भन्ने निर्णय...   

कोरोना कहर : भेन्टिलेटरले मात्र मान्छे बचाउन सक्दैन, चिकित्सकहरु विकल्पको खोजीमा

न्यूयोर्क । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा विश्वभरका स्वास्थ्य अधिकारीहरु अहिले बढीभन्दा...   

आज उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने दुई हजार ६०० जना कारवाहीमा

काठमाडौ । उपत्यकामा लकडाउन उल्लङ्घन गर्ने ६५९ महिलासहित दुई हजार ६८५ जनालाई आज कारवाही गरिएको छ ।...   

कोरोना सम्बन्धित राहतमा ट्वीटरका संस्थापक डोर्सेले एक अर्ब डलर सहयोगको घोषणा

वासिङ्टन । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सेले कोरोनाभाइरस महामारीसँग...   

जुम्लाको नाकाबाट पक्राउ परेका १३ युवा क्वारेन्टाइनमा

सुर्खेत । जिल्ला प्रहरी कार्यालय जुम्लाले प्यूठानबाट फर्केका १३ युवालाई पक्राउ गरी क्वारेन्टाइनमा...   

साउदीमा चार नेपालीलाई कोरोना सङ्क्रमण, तीन जना निको भई काममा फर्किए

काठमाडौ । कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित...   

उहानको लकडाउन समाप्त, सडकमा मानिसको भीड

उहान । कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top