Khabar Dabali Logo
  March 30, Mon

यि हुन् बामदेवका ६ जवर्जस्ति ! सबै फेल !

आजको नयाँ पत्रिका दैनिकमा खबर छ–

१. डोल्पाबाट उम्मेदवार बन्ने पहिलो कोसिस
मंसिर ०७४ मा बर्दियाबाट हारेपछि गौतमले साउन ०७५ मा डोल्पाका सांसद धनबहादुर बुढालाई राजीनामा गर्न फकाएका थिए । बुढा गौतमकै सिफारिसमा पर्यटन राज्यमन्त्री भएका थिए । मतदातालाई फकाएर आउँछु भनेर डोल्पा गएका बुढा फर्कँदा भने राजीनामा गर्न जनताले नमानेको सन्देश लिएर आएका थिए । बुढाले सिट खाली गर्न नमानेपछि गौतमलाई पहिलो झट्का लाग्यो ।

२. विकल्पमा दैलेख, बाँके र प्युठानमा मिहिनेत
दैलेखका रवीन्द्रराज शर्मा, बाँकेका नन्दलाल रोकाय र प्युठानकी दुर्गा पौडेललाई राजीनामा गराउन पनि गौतमका सहयोगीले मिहिनेत गरे । तर, यो बाटो पनि अघि बढ्न सकेन ।

३. काठमाडौं ७ का रामवीरको राजीनामा
वामदेव गौतमलाई उम्मेदवार बनाउन रामवीर मानन्धरले पार्टी अध्यक्ष ओलीलाई राजीनामा दिए । तर, जनमानसले चर्को विरोध गरेपछि गौतम आफै ब्याक भए । गौतमलाई अधुरो गुण लगाएबापत मानन्धर अहिले सहरी विकास राज्यमन्त्री छन् ।

४. विकास प्राधिकरणको नेतृत्वमा दाबी
प्रतिनिधिसभामा उम्मेदवार हुने बाटो बन्द भएपछि गौतमले राष्ट्रिय विकास प्राधिकरणको अवधारणा ल्याएका थिए । राष्ट्रिय गौरवका आयोजनाको कमान्ड गर्ने गरी आफूलाई प्राधिकरणको नेतृत्व दिन उनले प्रधानमन्त्री ओलीसँग प्रस्ताव गरेका थिए । तर, अस्वीकार गरेपछि उनी ओलीसँग चिढिएका थिए ।

५. पोखराबाट उम्मेदवार बन्न ओलीको प्रस्ताव
रिसाएका वामदेवलाई नजिक्याउन प्रधानमन्त्री ओलीले कास्की २ मा उम्मेदवार बनाउन खोजेका थिए । रवीन्द्र अधिकारीको निधनपछि खाली भएको क्षेत्रमा छिटो निर्वाचन गराउन ओलीले तत्कालीन प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसँग छलफल गरेका थिए । तर, शुभचिन्तकहरूले चुनाव हारिन्छ भनेपछि गौतम पछि हटे ।

६. राष्ट्रिय सभा जाने प्रयास पनि अलमलमा
गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्न पार्टी पहिलेदेखि तयार थियो । तर, गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउने संवैधानिक व्यवस्था गर्न अडान राखेका थिए । शीर्ष नेताहरू संविधान संशोधन गर्न तयार भए पनि प्रतिपक्षी दल र जनमानस मात्र होइन, नेकपाकै नेताहरू पनि विरोधमा उत्रिएपछि वामदेवको धोको फेरि भुमरीमा परेको छ ।

फागुन १४ गते, २०७६ - ०९:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राहत बोकेर  विपन्न परिवारको घरघरमा राष्ट्रिय युवा संघ

राहत बोकेर विपन्न परिवारको घरघरमा राष्ट्रिय युवा संघ

विराटनगर । मोरङ पनिश्चरे नगरको वडा नं. १ का ३१७ विपन्न परिवारलाई राष्ट्रिय युवा संघको नगर कमिटिले खाद्यय...   

इटली र स्पेनलीको अवस्था नाजुक : एकैदिन १५ सय ७७ को मृत्यु

काठमाडौं । इटली र स्पेनमा आइतबार मात्रै १५ सय ७७ जनाको कोरोना भाइरसका कारण मृत्यु मृत्यु भएको छ । पछिल्लो...   

कोरोना अपडेट : संसारभर कहाँ के भयो ? सुचि हेर्नुहोस्

काठमाडौं । कोरोनाका कारण मृत्यु हुनेको संख्या ३४ हजार नजिक पुगेको छ । हालसम्म कोरोनाका कारण ३३ हजार...   
एकहप्ता लकडाउन थप्ने मन्त्रीपरिषदको निर्णय : बैशाख ३ सम्म हवाइसेवा बन्द

एकहप्ता लकडाउन थप्ने मन्त्रीपरिषदको निर्णय : बैशाख ३ सम्म हवाइसेवा बन्द

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको...   

‘लकडाउन’को समय थप्ने उच्चस्तरीय समितिको सिफारिश मन्त्रिपरिषदमा

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले...   
कोरोना अपडेटः संक्रमित र मृतकको संख्या बढ्दै, कहाँ कति ? (सूचिसहित)

कोरोना अपडेटः संक्रमित र मृतकको संख्या बढ्दै, कहाँ कति ? (सूचिसहित)

काठमाडौं । विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण संक्रमित र मृतकको संख्या...   
यी सामाग्री नेपाल आइपुग्यो : अब स्वास्थ्य सामाग्री अभाव नहुने

यी सामाग्री नेपाल आइपुग्यो : अब स्वास्थ्य सामाग्री अभाव नहुने

काठमाडौं । नेपाल सरकारले एक अर्बभन्दा बढीको अतिआवश्यक स्वास्थ्य सामाग्री तथा उपकरण खरीद गरेपछि अब...   

चीनबाट स्वास्थ्य सामाग्री बोकेर काठमाडौं आइपुग्यो नेपाली जहाज

काठमाडौं । हिजो शनिबार अतिआवश्यकीय सामाग्री लिन चीनको ग्वान्जाओ गएको नेपाली बोइङ् काठमाडौं आईपुगेको...   
बिना हल्लाखल्ला चिनियाँ सहयोग आज काठमाडौं आइपुग्दै

बिना हल्लाखल्ला चिनियाँ सहयोग आज काठमाडौं आइपुग्दै

काठमाडौं । चीन सरकारले नेपालका लागी अतिआवश्यक स्वास्थ्य समाग्री चीनको ग्वान्जाओबाट नेपालका लागी...   

अमेरिकापछि इटालीले पनि उछिन्यो चीनलाई

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा इटालीले चीनलाई उछिनेको छ । वर्ल्डमिटर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top