Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

शुरु भो सिन्धुपाल्चोकको ऐतिहासिक दुगुनागढीको मर्मत कार्य

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ३ स्थित ऐतिहासिक दुगुनागढीको मर्मत कार्य शुरु भएको छ ।

सो गाउँपालिकाको रु २० लाख ५० हजारबाट उपभोक्ता समितिमार्फत मर्मत कार्य शुरु गरिएको हो । नेपाल र तिब्बतबीच युद्ध हुँदा विसं १९१२ मा निर्माण भएको १६४ वर्ष पुरानो उक्त गढी ०७२ सालको भूकम्पबाट क्षति भएको थियो । भ्रमण वर्षका अवसरमा पर्यटन भित्र्याउने उद्देश्यले ऐतिहासिक गढीको मर्मत गर्न लागेको गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

माथिल्लो गढीको भित्री भागको मर्मत सम्पन्न भई बाहिरी भागको काम बाँकी रहेको र तल्लो गढीको पनि भित्री भाग बनाउने काम भइरहेको अध्यक्ष पौडेलले बताए । उक्त गढीको हालै पुरातत्व विभागका पुरातत्वविद्ले निरीक्षण गरी बजेटको व्यवस्था गर्ने जानकारी दिएका थिए ।

त्यसैगरी वाग्मती प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने बताइएको छ । गढीको काम सम्पन्न गर्न रु दुई करोड आवश्यक पर्ने सो गाउँपालिकाले जनाएको छ । पालिकाको वडा नं ३ तातोपानीको दुगुना गाउँमा पर्ने उक्त गढी तातोपानी बजारबाट करिब १० किलोमिटरमाथि रहेको छ । राणा शासनकालमा जनरल धीर शमशेरको नेतृत्वमा विसं १९११ मा शुरु गरी एक वर्षपछि निर्माण सम्पन्न भएको उक्त गढी कडा ढुङ्गा कुदेर किल्लाको निर्माण गरिएको छ ।

समुद्री सतहबाट करिब २२०० मिटर उचाइमा पर्दछ । लगभग २०० रोपनी क्षेत्रमा फैलिएको गढीबाट भोटेकोशी नदी पारि रहेको करिब ३० किलोमिटर टाढा पर्ने तिब्बतको कुती बजारसम्म तोपको गोला प्रहार गरी शत्रु भगाउन सकिने इतिहासमा उल्लेख छ ।

त्यहाँबाट भोटेकोशी गाउँपालिकाका प्रायः सबै स्थान र तिब्बतको खासा तथा कुती लगायतको दृश्यावलोकन गर्न सकिन्छ । उक्त गढीको बाह्रबिसेको खोर्खानीबारीस्थित तत्कालीन केवलजंग गुल्मले २०५७ सालमा सामान्य मर्मत गरेको थियो । नेपाली सेनाबाट खासै पहल हुन नसकेको स्थानीयको भनाइ छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies