Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

बङ्गुरपालनमा क्रियाशील वडाध्यक्ष लालबहादुर

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले व्यावसायिकरुपमा बङ्गुरपालन व्यवसाय शुरु गरेका छन् । आधुनिक खोरको निर्माण गरी चाँडै हुर्कने उन्नत जातका बङ्गुरपालनमा उनी संलग्न भएका हुन् । बङ्गुरपालनका लागि रु सात लाख बढी रकम उनले खर्चिएका छन् ।

छ महिनाअघि खरिद गरेर ल्याइएका २५ वटा बङ्गुरका पाठा हुर्कंदै गएका छन् । खोरमा राखिएका पाठा वयस्क हुँदै गएकाले बच्चा जन्माउने अवस्थामा पुगेका छन् । खोरमा एम्पासायर, डयुरेक, ल्याण्डरस जातका बङ्गुर पालिएका छन् । पशु प्राविधिकको सल्लाहमा बङ्गुरपालन गरेका वडाध्यक्ष ऐरले खोर आधुनिक तरिकाले निर्माण गरेका छन् ।

खोर निर्माणमा मात्रै रु दुई लाख बढी रकम लगानी गरिएको वडाध्यक्ष ऐरले बताए । बङ्गुरको खोर सफा गर्नेदेखि चारोको व्यवस्थाका लागि उनी आफैँ खटिन्छन् । कार्यालय समयमा जनताको काममा व्यस्त हुने वडाध्यक्षले बिहानीको समय र साँझको समय बङ्गुरको हेरचाह गर्नमै खर्चिदै आएका छन् ।

“वडा कार्यालय नजिकै घर भएकाले सेवाग्राही नभएका बेला बङ्गुरको अवस्था बुझ्न र चारो खुवाउनका लागि खोरमा पुग्ने गरेको छु”, उनले भने, “दैनिक बङ्गुरले ३५ किलो बढी चारो खाने गरेका छन् । चारो खुवाउनेदेखि खोरमा बङ्गुरले गर्ने फोहर सफा गर्न पनि आफैँ खटिने गरेको छु ।”

काम विशेषले बाह्य क्षेत्रमा जानुपर्ने भए वडाध्यक्षले कामदारलाई त्यस कार्यका लागि खटाउने गरेका छन् । बङ्गुरको खोरसँगै जोडेर माछापालनका लागि पोखरीसमेत निर्माण गरिएको छ । बङ्गुरले गरेको फोहर सिधै पोखरीमा खस्ने गरेको छ । पोखरीमा रहेका माछाले सो फोहर चारोका रुपमा खाने गर्दछन् । बङ्गुरसँगै पोखरीमा माछापालन गरिएकाले माछाबाट समेत आम्दानी हुने गरेको छ ।

पहिला माछापालनका लागि पाँच कठ्ठा जग्गामा पोखरी मात्रै निर्माण गरिएको थियो वडाध्यक्ष ऐरले भने, “माछापालनबाट वार्षिकरुपमा छ क्विन्टल बढी माछा उत्पादन हुँदै आएको थियो । पशु विज्ञको सल्लाहमा पोखरीसँगै बङ्गुरपालन गरिएपछि माछाका लागि छुट्टै चारोको व्यवस्था नगर्नुपर्ने सुझाव पाइएपछि बङ्गुरपालनलाई सँगसँगै लगिएको उनले बताए ।

विगतमा माछाको उत्पादन मात्रै वार्षिकरुपमा झण्डै रु दुई लाख जति हुने गरेको थियो । बङ्गुरपालन संगै पोखरीमा माछाको भुरा मात्रै यस बर्ष दुई हजार बढी छाडिएका छन् । माछाको उत्पादन विगतको तुलनामा दोब्बर हुने उनको भनाइ छ । कमन, रोहु, विगेट, नैनी, ग्रासकार्पलगायतका माछा पोखरीमा पालिएका छन् ।

“बङ्गुरपालनबाट छोटो अवधिमै राम्रै आम्दानी गर्न सकिन्छ” वडाध्यक्ष ऐरले भने, “यसले पोखरीमा पालिएका माछाको उत्पादन पनि बढ्ने भएको छ ।” वडाध्यक्ष ऐरको आफ्नै स्वामित्वको खाद्य उद्योगसमेत भएकाले माछा र बङ्गुरका लागि चारोको व्यवस्था गर्न अन्यत्र जानुपर्ने अवस्थासमेत छैन । रु दुई करोडको लागतमा सञ्चालन गरिएको उनको खाद्य उद्योगमा वार्षिकरुपमा १० हजार बोरा धानबाट चामल उत्पादन हुने गरेको छ । चामल मात्रै रु ६५ लाख बढीको निर्यात हुँदै आएको उनले बताए ।

उत्पादित चामल सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा निर्यात हुँदै आएको छ । चामल उत्पादन गर्दा निष्कने, खुदी, ब्रान, भुसलगायत बङ्गुर र माछाको चारोका रुपमा प्रयोग हुने गरेको छ । खाद्य उद्योगमा मात्रै उनले १२ जनालाई रोजगारी दिएका छन् । खाद्य उद्योग वडाध्यक्ष हुनुभन्दा अगाडिदेखि नै उनले सञ्चालन गर्दै आएका हुन् । आर्थिकरुपमा सवल बन्नका लागि आयआर्जनका कार्यमा संलग्न हुँदै आएको उनले बताए। खाद्य उद्योगको कमाइको केही रकम माछापालन र बङ्गुरपालनका लागि लगानी गरिएको उनको भनाइ छ ।

“राजनीति समाज सेवाको पेशा भएकाले जनताको सेवामा खटिनुपर्छ,” उनले भने, “त्यसका लागि आर्थिक अवस्था मजबुत नभए हुँदैन । त्यसलाई पूर्ति गर्नका लागि बङ्गुर, माछापालन र खाद्य उद्योगमा संलग्न भएको हुँ ।”राजनीति विशुद्ध समाज सेवाको पेशा भए पनि केही व्यक्तिले कमाइखाने साधनका रुपमा प्रयोग गर्दा बदनामसमेत भएका छन् ।

आर्थिक अवस्था सबल नहुँदा नै राजनीतिमा आएकाले नै बदमासी गर्दा विकासमा अवरोध हुने गरेको छ । ती कार्य न्यूनीकरण गर्नका लागि राजनीतिमा संलग्न भएका र हुन चाहनेले आर्थिक अवस्थालाई मजबुत बनाउन आयआर्जनका कार्यमा संलग्न हुनु जरुरी छ उनले भने, “आयआर्जनका कार्यमा संलग्न भए पैसाका लागि अरुसँग हात थाप्नु पर्दैन । बदमासी गरेर धन कमाउनु पनि पर्दैन । जसले गर्दा समाजलाई सदाचारको पदमा डोर्याउन सकिन्छ । बेरोजगारले रोजगार पनि पाउँछन् । समाज आफैँ समृद्धितर्फ लम्किन्छ ।”

समृद्ध समाज निर्माण गर्नका लागि मनमा दृढ सङ्कल्प लिएर आजैदेखि आयआर्जनका कार्यमा लाग्न सबै राजनीतिकर्मीलाई उनको सुझाव छ । उनले भने, “भ्रष्टाचार न्यूनीकरणमा यस कार्यले टेवा पुर्याउँछ ।” यसैगरी वडाध्यक्ष ऐरले हाँससमेत पालेका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies