Khabar Dabali Logo
  April 2, Thu

राजघाटमा पुगेर ट्रम्पले भने : महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका उभिन्छ

नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन्।

भारत भ्रमणमा रहेका ट्रम्पले मङ्गलबार गान्धीको समाथीस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टीकोणप्रति अठोट व्यक्त गरेको हो ।

समाथीस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उनले लेखेका छन्, “स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नु भएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टीकोणप्रति अमेरिकी जनता सशक्त रुपमा उभिन्छन्, यही नै तपाईप्रति श्रद्धा सुमन छ ।”

महात्मा गान्धीलाई श्रद्धान्जली दिन अमेरिकी प्रथम महिला तथा ट्रम्पपत्नी मेलानीया ट्रम्प पनि राजघाट गएका थिए ।

त्यहाँ रहँदा उनीहरुले एक मिनेट मौन धारण गरेका थिए । सो अवसरमा उनीहरुलाई केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले महात्मा गान्धीको अर्धकदको प्रतिमा उपहार स्वरुप प्रदान गरेका थिए ।

राजघाटमा राष्ट्रपति ट्रम्प दम्पत्तिले बृक्षरोपण पनि गरेका थिए । दुई दिने भ्रमणका लागि सोमबार भारत आउनु भएका ट्रम्पको टोली भ्रमणको पहिलो दिन गुजरातमा बनाइएको संसारकै सबैभन्दा ठूलो मानिने मोटेरा क्रिकेट रंगशाला र प्रेमको प्रतीक मानिने ताज महल गएका थिए ।

रंगशालामा नमस्ते ट्रम्प नाम दिइएको भव्य कार्यक्रमको आयोजना गरिएको थियो र त्यहाँ दुवै नेताले सम्बोधन गरेका थिए ।

आफ्नो कार्यकालको अन्तिम बर्ष भारत भ्रमणमा आउनु भएका ट्रम्प मङ्लबार राती स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुले विश्वास व्यक्त गरेका छन् । एएनआई

फागुन १३ गते, २०७६ - १३:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लकडाउन’को अवज्ञा गर्ने एक हजार सवारी साधन कारवाहीमा

दाङ । दाङमा प्रहरीले ‘लकडाउन’को अवज्ञा गरेको भन्दै एक हजार ५१ वटा सवारीका साधन नियन्त्रणमा लिएको छ...   

प्रदेश १ बाट शङ्कास्पद ५४ जनाको नमूना सङ्कलन

विराटनगर । प्रदेश नं. १ बाट कोरोना भाइरस (कोभिड—१९) का शङ्कास्पद ५४ जनाको नमूनामा सङ्कलन गरिएकोमा ४२...   

कोरोना भाइरसको जोखिमका कारण १७ जना बन्दी रिहा

वीरगञ्ज । कोरोना भाइरस (कोभिड— १९)को सम्भावित जोखिमका कारण वीरगञ्ज कारागारले दुई महिलासहित १७ जना...   

उत्तर कोरिया कोरोना भाइरस फ्रि भएको घोषणा

सोल । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना...   

अस्ट्रेलियामा कोरोनाभाइरसको खोपको पशु स्वास्थ्य प्रयोगशालामा परीक्षण शुरु

क्यान्बेरा । अस्ट्रेलियाको राष्ट्रिय वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संगठन (सिसिरो) ले कोरोनाभाइरस...   

इजरायलका स्वास्थ्यमन्त्री र उनकी श्रीमतिलाई कोरोना संक्रमण

तेल अभिभ । इजरायलका स्वास्थ्य मन्त्री र उनकी श्रीमतीलाई कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य...   

अमेरिकामा कोरोना भाइरसबाट छ हप्ताको शिशुको मृत्यु

कनेक्टीकट । संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको मृत्यु भएको राज्यका...   

भारतमा बढ्दै कोरोना भाइरसका सङ्क्रमित ह्वात्तै बढ्यो, २४ घन्टामा ४३७ नयाँ थपिए

नयाँ दिल्ली । भारतमा कोरोना भइरसको प्रकोप बढ्दै जाने देखिएको छ । यहाँ अहिलेसम्म १ हजार ८३४ जनामा यसको...   

मेडिकल सामग्री लिन वाइड बडी जहाज चीनको ग्वाङजाओतर्फ, आजै राति काठमाडौँ फर्कने

काठमाडौं । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...   

जतिसुकै नेपाली भए पनि भारत सरकारले उतै प्रबन्ध गर्नुपर्छ – उपप्रम पोखरेल (विशेष अन्तर्वार्ता)

काठमाडाै‌ । नेपाल सरकारले कोरोना संक्रमणसँग जुध्नका लागि यही चैत २५ गतेसम्म सबैजना घरभित्रै सीमित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top