Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

राष्ट्रपति ट्रम्प बसेको हाेटल नजिकै हिंसात्मक प्रर्दशन, प्रहरी अधिकारीसहित ७ को मृत्यु, ११० जना घाईते

काठमाडौं । नागरिकता संशोधन कानून (सीएए)को विरोधमा उत्तर–पूर्वी दिल्लीमा सुरु भएको हिंसात्मक प्रर्दशन झनै आक्रामक बन्दै गएको छ । आन्दोलनकारीले मंगलबार बिहानैदेखि मौजपुर र ब्रह्मापुरी इलाकामा आगजनीसहित आक्रामक प्रदर्शनमा गरिरहेका छन् ।

भारतीय सञ्चार माध्यमले जनाएअनुसार उक्त क्षेत्रमा प्रहरी र प्रर्दशनकारीबीच मुढभेड हुँदा अहिलेसम्म ७ जनाको मृत्यु भईसकेको छ । मुढभेडमा ११० जनाभन्दा बढि घाइते भएका छन् । हिंसामा प्रहरी जवान रतन लालको मृत्यु भएको जनाइएको छ ।

हिंसाका बीच प्रहरीका डीसीपी अमित शर्मा, एसीपी अनुज कुमार र दमकल कर्मचारीसमेत ४० जवान घाईते भएका छन् । प्रहरी अधिकारीले स्थिति नियन्त्रणमा रहेको दाबी गरेपनि दिल्लीका अधिकांश क्षेत्र अहिलेपनि तनावग्रस्त अवस्थामा रहेको जनाइएको छ ।

अमेरिकी राष्ट्रपतिको भारत भ्रमण भएसँगै सुरु भएको हिंसाप्रति भारतीय प्रहरीले सुनियोजित योजना भएको बताएको छ । प्रहरी अधिकारीले सञ्चारमाध्यमलाई दिएको प्रतिक्रिया अनुसार, भारतीय प्रधानमन्त्री मोदीको छवि खराब गराउन हिंसात्मक आन्दोलन चर्काएको हो ।

ट्रम्प सोमबार राती दिल्लीको चाणक्यपुरीस्थित एक होटलमा बसेका थिए । हिंसात्मक प्रदर्शन ट्रम्प बसेको क्षेत्रबाट २० किमी नजिकै भईरहेको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies