Khabar Dabali Logo
  April 2, Thu

राष्ट्रिय परिचयपत्र बनाउने क्रम बढ्दो

अछाम । अछाममा राष्ट्रिय परिचयपत्र बनाउनेको सङ्ख्या साढे चार हजार नाघेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म चार हजार ६१९ जनाले परिचयपत्र बनाएका छन् ।

राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्नेमा एक हजार ७२४ महिला र दुई हजार ८९५ जना पुरुष रहेको कार्यालयले जनाएको छ । रास्ट्रिय परिचयपत्रमा नाम दर्ता गराउनेमध्ये पुरुषको सङ्ख्या एक हजार १७१ ले बढी रहेको प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले जानकारी दिए । जिल्लामा गत असार २६ गतेदेखि राष्ट्रिय परिचयपत्रमा नाम दर्ता कार्य शुरु भएको थियो ।

यस जिल्लामा चालू आवको सात महिनाको अवधिमा जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ६७८ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रजिअ श्रेष्ठले जानकारी दिए । यसमा एक हजार ५९७ जना पुरुष र एक हजार ८१ जना महिलाले नागरिकताको प्रमाणपत्र लिएका हुन् ।

जिल्लाका विकट गाउँबाट सदरमुकाममा सेवा लिन आउन समस्या हुने भएकाले बेलाबेलामा जिल्ला प्रशासन कार्यालयले घुम्ती शिविरको आयोजनासमेत गर्ने गरेको छ । जिल्लाको तुर्माखाँद, ढकारी, रामारोशन, मेल्लेख गाउँपालिकाका विकट वडा, साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका विकट बस्तीबाट सदरमुकाम पुगेर सेवा लिन नागरिकलाई खर्चिलो र समस्या हुने गरेको छ ।

फागुन १३ गते, २०७६ - १२:०५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना उपचार कोषमा एक अर्ब बढी सहयोग

काठमाडौ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री...   

आयल निगमले कोरोना रोकथाम कोषमा ५० करोड सहयोग गर्ने

काठमाडौ । नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग...   

उत्तर कोरिया कोरोना भाइरस फ्रि भएको घोषणा

सोल । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एक जना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना...   
टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो

टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो

मुम्बई । भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष...   

कोरोना संक्रमित दुबै जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौ । कोरोना संक्रमित १९ वर्षिय युवती र यूएईबाट आएका धादिङका ३४ वर्षीय युवक दुबैलाई दोस्रो परिक्षण...   
मेडिकल सामग्री लिन वाइड बडी जहाज ग्वाङजाओतर्फ प्रस्थान

मेडिकल सामग्री लिन वाइड बडी जहाज ग्वाङजाओतर्फ प्रस्थान

काठमाडौ । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...   

लकडाउनमा खुल्ला रहेका तरकारी पसल आजदेखि बन्द गर्ने

दमौली । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनका अवधिमा खुल्ला...   

स्पेनमा कोरोना भाइरसका कारण एकै दिनमा आठ सय ६४ जनाकाे मृत्यु

म्याड्रिड । स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु भएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट...   
महाकाली नदीमा हामफालेर नेपाल आएका इन्द्रसिंहले भने, ‘भोकले छट्पटिएपछि अर्थोक सोचिनँ’

महाकाली नदीमा हामफालेर नेपाल आएका इन्द्रसिंहले भने, ‘भोकले छट्पटिएपछि अर्थोक सोचिनँ’

काठमाडौ । सरकारले कोरोनाभाइरसको सङ्क्रमण रोकथाम गर्न भन्दै नेपाल प्रवेशमा रोक लगाएसँगै रोजगारीका...   

आजदेखि सुर्खेतमै कोरोना परीक्षण शुरु हुँदै

सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top