Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

संघीय संसदको बैठक बस्दै, बाँस्कोटा काण्डलाई जोडदार उठाउने प्रतिपक्षीको तयारी

काठमाडौं । संघीय संसदको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । सेक्यूरिटी प्रेस खरिदमा गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएसँगै प्रमुख प्रतिपक्षीको अवरोधका कारण स्थगित बैठक आज बस्न लागेको हो ।

आजको बैठकमा बैठकमा प्रधानमन्त्री केपि शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन–२०७६ पेश गर्ने कार्यसूची रहेको छ । त्यसैगरि अर्थमन्त्री युवराज खतिवडा, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल र कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले विभिन्न विधेयक छलफल र पारितका लागि पेश गर्ने कार्यसूची रहेको छ ।

बैठकमा विभिन्न संसदीय समितिका सभापतिहरुले सम्बन्धित समितिका प्रतिवेदन बुझाउने कार्यसूची रहेको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जानकारी दिए ।

बाँस्कोटा काण्डलाई जोडदार उठाउने प्रतिपक्षीको तयारी

आज बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँस्कोटा अडियो प्रकरणलाई जोडदार रुपमा उठाउने तयारी गरेको छ । कांग्रेसले अन्य दलहरुको सहयोग लिँदै बाँस्कोटा काण्डबारे जवाफ माग्न खोजेको हो । कांग्रेसले बाँस्कोटा काण्डलाई चर्काउनको लागि समाजवादी दल र राष्ट्रिय जनता पार्टी (राजपा नेपाल)सँग सोमबार सहकार्यबारे प्रस्ताव गरेको थियो ।

आज बस्ने बैठकमा कांग्रेससँगै समाजवादी र राजपा पार्टीका सांसदहरुले बाँस्कोटा अडियो प्रकरणबारे एउटै मागमा बोल्ने कार्यक्रम छ । जनाइएअनुसार आजको बैठकमा प्रतिपक्षी दललाई बोल्न नदिए सदनको अवरोध कायमै रहने प्रमुख प्रतिपक्षी कांग्रेसले जनाएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies