Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सर्वोच्चमा मुद्दाको कार्यबोझ

काठमाडौं। सर्वोच्चमा मुद्दाको चाप बढेपछि फरक–फरक समयमा दुइटा पेसी सूची तोकेर सुनुवाइ सुरु भएको छ । देशभरका जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्चमा आउने मुद्दाको चाप बढेसँगै न्यायधीशको पूर्ण बैठकले गरेको निर्णयअनुसार मुद्दा फैसलाको फछ्र्योट दर बढाउन अतिरिक्त समयमा पेसी तोक्न थालिएको हो ।

आजको राजधानी दैनिकमा खबर छ - सर्वोच्च अदालतमा हाल २५ हजार बढी मुद्दा विचाराधीन छन् । मुद्दाको चाप घटाउन सर्वोच्चले अतिरिक्त समयमा थप अतिरिक्त इजलास गठन गरेको हो । दैनिक बढ्दै गएको मुद्दाको कार्यबोझ घटाउन सर्वोच्चले १९ माघबाट दुई समयमा पेसी कार्यतालिका राखेको हो । तर, पछिल्ला १९ दिनको तथ्यांक हेर्दा मुद्दा फैसलाको फछ्र्योट दरमा तुलनात्मक रूपमा केही बढेको देखिन्छ ।

१९ माघबाट सर्वोच्चले बिहान ९ः३० बजे एउटा पेसीको कार्यतालिकामा तोकिएको मुद्दाको सुनुवाइ हुनेछ भने दोस्रो पेसीको कार्यतालिका ११ः३० बजे नियमित पेसीमा न्यायाधीशले सुनुवाइ गर्ने गरेका छन् । १२ फागुनमा मात्रै ३ सय ५३ वटा पेसी तोकिएकामा ५० वटा मुद्दामा फैसला भएको तथा एउटा मुद्दामा निसु ९निर्णय सुनाउने० र २९ वटा मुद्दामा आदेश भएका छन् । पछिल्लो १९ दिनको तथ्यांकमा सर्वोच्च अदालतले ७ हजार ४ सय ६९ वटा मुद्दाको पेसी तोकिएकामा १ हजार ५ सय ८० अर्थात् २१।१५ प्रतिशत मुद्दा फैसला गरेको छ ।

बिहान ९ बजेदेखि नै कार्यालय समय सुरु हुने र १० देखि साढे ११ बजेसम्म एउटा पेसी सूचीमा न्यायाधीशले काम गर्नेछन् । सर्वोच्च अदालतमा यो समयमा पूरक मुद्दा वा निवेदन हेर्ने गरिएको सर्वोच्चका सहायक प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । अतिरिक्त समयमा पेसी तोक्दा मुद्दाको फैसला फछ्र्योट बढेको उनको भनाइ छ । कुनै बेला मुद्दा फैसलामा ढिलाइ हुनुमा कतिपय समयमा अन्तरकालीन आदेश भएका मुद्दाको सुनुवाइमा धेरै समय लाग्ने गरेको उनको भनाइ छ ।

बिहानको समयमा चढ्ने पेसी सूचीमा अन्तरकालीन आदेशका लागि छलफल झिकाई पाऊँ भन्ने निवेदन, मुद्दा दोहो¥याई पाऊँ भन्दै परेको निवेदन पर्ने गरेको सहायक प्रवक्ता ढकालले बताए । बिहान ९ः३० मा पेसी तोकिएको मुद्दाको सुनुवाइ १० बजे हुनेछ भने ११ बजेपछि अर्को पेसीको सूची तोकेर सुनुवाइ हुनेछ । एउटै मुद्दामा दिनभर सुनुवाइ हुँदा अन्य मुद्दा लामो समयसम्म पेसीमा चढ्न ढिलाइ हुने र पुरानो मुद्दाको चाप वर्षौंदेखि फछ्र्योट हुन नसकेपछि अतिरिक्त समयमा पेसी तोक्ने निर्णय भएको सहायक प्रवक्ता ढकालले जानकारी दिए ।

दुइटा पेसी तोक्न थालेपछि न्यायाधीशहरू बिहान ९ बजे नै अदालत आइपुग्नुपर्ने नियम पनि सर्वोच्च अदालतमा लागू भएको छ । मुद्दाको पेसी तोक्न काम छिट्टै हुने भएपछि कर्मचारी भने बिहान ८ः३० मा अदालत आइपुग्ने गरेको सहायक प्रवक्ता ढकालले जानकारी दिए ।

अतिरिक्त समयमा काम गरेबापत सर्वोच्चका न्यायाधीशले ५० प्रतिशत भत्ता पाउने गरेका छन् । अतिरिक्त समयमा इजलास बसेबापत सर्वोच्चका २१ जना न्यायाधीशले ५० प्रतिशत अतिरिक्त भत्ता पाउने गरेका हुन् । कर्मचारीको हकमा भने ३० प्रतिशत थप अतिरिक्त भत्ताको व्यवस्था गरिएको छ । ७ पुसमा मन्त्रिपरिषद् बैठकले अतिरिक्त समय काम गरेबापत सर्वोच्च अदालतका न्यायाधीश र कर्मचारीलाई अतिरिक्त भत्ता दिने व्यवस्था गरेको थियो । अतिरिक्त भत्ताको व्यवस्थासँगै हाल सर्वोच्चमा बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म कर्मचारीले काम गर्ने गरेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies