तनहुँ । तनहुँको देवघाट गाउँपालिकाले ‘मदिरारहित समाज निर्माण’को अभियानमा जुटेको छ । यसका लागि गाउँपालिकाले विभिन्न सचेतनामूलक कार्यक्रममा लागेको हो ।
गाउँपालिकाले विभिन्न वडामा स्थानीयवासीलाई भेला गराई मदिरा व्यवस्थापन तथा लागुऔषध नियन्त्रणका विषयमा सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । लागुऔषधको प्रयोग तथा बिक्री वितरणले मानिसको स्वास्थ्य बिग्रनुका साथै धन सम्पत्तिको समेत क्षति हुने भएकाले यसको नियन्त्रणका लागि पहल कदमी थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताए ।
मदिरा व्यवस्थापनका लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गरी सभ्य पालिकाका रुपमा यो गाउँपालिकालाई विकास गर्ने उद्देश्यले अभियान शुरु गरिएको उनले बताए । घरमा आउने अतिथि पाहुनाहरुलाई मदिराको अलावा दूध, दही, फलफूल र चियाले स्वागत गर्ने बानी बसाल्न आग्रह गरिएको उनले जानकारी दिए ।
गाउँपालिकाका सबै वडामा मदिरा व्यवस्थापनसम्बन्धी सचेतना जगाउने कार्यक्रम सञ्चालन गरी विभिन्न टोल विकास संस्थाहरुलाई सक्रिय बनाई सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । उक्त कार्यक्रममा देवघाट इलाका प्रहरी कार्यालयका प्रमुख उज्वलराज सिलवालले मदिरा व्यवस्थापन र लागुऔषधको कारोबार तथा प्रयोग गरेमा हुने सजायका बारेमा सचेत गराएको बताए । देवघाट घण्टाचुली पर्यटन क्षेत्रका अध्यक्ष खड्काले नमूना गाउँपालिका बनाउनका लागि सबै तह र तप्काबाट लागिपरेको हुँदा यो अभियान सफल हुने विश्वास व्यक्त गरे ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...
प्रतिकृया लेख्नुहोस्: