Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

वामदेव गाैतमलाई प्रधानमन्त्री बनाउने खेल : नेकपाभित्र आयाे संविधान संशोधनको प्रस्ताव

काठमाडौं । नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न कार्यदल बनाएसँगै नेकपाभित्रको नयाँ खेल बाहिर देखिएको छ । नेकपाले राष्ट्रिय सभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न पाउने गरि संविधान संशोधन गर्ने तयारी थालेपछि नेकपाभित्रको नयाँ खेल बाहिर आएको हो । नेकपाभित्रको नयाँ खेलअनुसार पार्टी उपाध्यक्षसमेत रहेका वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउँदै प्रधानमन्त्रीसम्म बनाउने तयारी सुरु भएको छ ।

शनिबार बसेको नेकपा सचिवालय बैठकले संविधान संशोधन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको थियो । नेकपाले पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालको संयोजकत्वमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा रहने गरि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

नेपालको संविधानले राष्ट्रिय सभाबाट कार्यकारी प्रधानमन्त्री चुनिने कल्पना गरेको छैन् । संविधान नै संशोधन नगरी त्यो व्यवस्था हुन नसक्ने भएकोले नेकपाभित्रबाट संविधान संशोधनको तयारी गर्न कार्यदल गठन गरिएकाे हाे । गठित कार्यदलले निर्णय गरेसँगै नेकपाले संविधान संशोधनको प्रस्ताव अगाडि बढाउनेछ । र, बामदेव गाैतमलाई राष्ट्रिय सभा सदस्य बनाउँदै प्रधानमन्त्रीसम्मकाे यात्रामा अगाडि बढाउनेछ ।

भैंसेपाटी भेलासँगै वामदेवलाई अगाडि ल्याउने डिजाइन

गत पुस २३ मा वामेदव गौतम निवास भैंसेपाटीमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सचिवालय सदस्यहरुको तर्फबाट भेला बसेको थियो । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीको अनुपस्थितिमा भएको भेलाले सभामुख चयनदेखि पार्टीभित्रका विविध विषयमा केहि महत्वपूर्ण कदम चाल्ने निर्णय लिएको थियो ।

पार्टीभित्र केपि शर्मा ओलीले गरेको एकलौटी निर्णयलाई तोड्दै अगाडि बढ्ने निर्णय भैंसेपाटी भेलाले गरेको थियो । जसको नतिजा लगत्तै भएको सभामुख चयन प्रक्रियामा देखिएको थियो । बामदेव गौतमलाई पार्टीभित्र वैधानिक उपाध्यक्ष बनाउँदै शक्तिशाली भूमिकासहित प्रधानमन्त्रीसम्म बनाउने डिजाइन पनि त्यस समय नै भएको नेकपा स्रोतले जनाएको छ ।

संविधान संशोधनको एजेण्डा पारित नहुँदा राष्ट्रिय सभामा उठेनन् बामेदव

राष्ट्रिय सभा सदस्यको लागि भएको निर्वाचनमा वामदेव गौतम उठ्ने पक्का–पक्की भएपनि संविधान संशोधनको एजेण्डा अन्यौलमा पर्दा गौतम पछाडि हटेका थिए । उक्त समय उनले सार्वजनिक रुपमै आफुँलाई प्रधानमन्त्री बनाउने प्रस्तावमाथि सहमति भए आफुँ उठ्ने स्पष्ट पारेका थिए ।

तर पार्टीभित्र त्यस्तो प्रस्तावमा सहमति हुन नसकेपछि उनि पछाडि हटे र राष्ट्रिय सभा सदस्यको लागि उनले आफ्नो उम्मेदवारी दिएनन् । पार्टीभित्र बहुमत सचिवालय सदस्य उनलाई राष्ट्रिय सभा सदस्य बनाउने पक्षमा भएको भएपनि तत्कालिन अवस्थामा देखिएको अन्तरविरोध हल गर्न उनको उम्मेदवारी परेको थिएन ।

वामेदवलाई अगाडि ल्याउने डिजाइनप्रति ओली समुहको तिव्र असन्तुष्टी

वामेदव गौतमलाई प्रधानमन्त्री बनाउने गरि संविधान संशोधन गर्न कार्यदल गठन गरिएको प्रति प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपि शर्मा ओली तिव्र असन्तुष्ट छन् । स्रोतले जनाएअनुसार शनिबार बसेको सचिवालय बैठकमा प्रचण्डको प्रस्तावप्रति उनि पूर्णं मौन देखिएका थिए ।

प्रचण्डले ओलीका विश्वास पात्रसमेत रहेका अर्थमन्त्री युवराज खतिवडालाई विदाई गर्दै खतिवडाको ठाउँमा वामेदवलाई ल्याउनुपर्ने प्रस्ताव राखेका थिए । प्रचण्डले गौतमलाई न्यूनतम मन्त्री र अधिकतम प्रधानमन्त्रीसम्म बनाउने रणनीतिसहित बैठकमा उक्त प्रस्ताव लगेको बुझेपछि ओली असन्तुष्ट बनेका हुन् ।

पछिल्लो समय पार्टीभित्र एक्लो महसुस गर्दै गएका ओलीले प्रधानमन्त्रीबाट समेत हटाउने प्रचण्डसहितका अन्य नेताहरुको योजना बुझेका छन् । जसअनुसार संविधान संशोधन गर्न तयार गरिएको कार्यदललाई नै तुहाउन उनले रणनीति बनाइरहेको बुझिएको छ ।

अन्तरिम विधान संशोधनसँगै शक्तिशाली बन्दै आए बामदेव

मंसिर १९मा बसेको नेकपा सचिवालय बैठकले अन्तरिम विधान संशोधनसँगै पार्टी उपाध्यक्षको पद सिर्जना गर्ने प्रस्ताव गरेको थियो । सचिवालय बैठकले गरेको निर्णयअनुसार नै स्थायी कमिटी बैठक र केन्द्रिय कमिटी बैठकले विधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेसँगै वामेदव गौतम नेकपाको उपाध्यक्ष बनेका हुन् ।

पार्टी एकतासँगै भूमिका बिहिन जस्तो अवस्थामा पुगेका बामदेव गौतमलाई पार्टीको कार्यकारी भूमिका दिन विधान संशोधन गरिएको हो । उनि नेकपाभित्र शक्तिशाली गुटका नेता मानिन्छन् । गत साउन ३१ मा बसेको नेकपा सचिवालय बैठकले उनलाई संगठन विभागको प्रमुखको रुपमा पनि जिम्मेवारी दिएको थियो ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies