Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

के छ नेकपाको आचारसंहितामा ? के प्रम ओलीले करोड खर्च गरेर जन्मदिन मनाउन पाउँछन् ?

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा पार्टी अध्यक्ष केपि शर्मा ओलीले मनाएको जन्मदिन अहिले निकैं विवादमा तानिएको छ । ओलीले आफ्नो जन्मघर तेह्रथुमको आठराईमा मनाइएको जन्मदिनको कार्यक्रम अत्यन्तै राजशी र तडकभडकसहितको हुँदा विवादमा तानिएको हो । जन्मदिनमा काटिएको नेपाल नक्शाअंकित केकप्रति पनि अहिले निकै आलोचना भएको छ ।

नेकपाका पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपि शर्मा ओलीप्रति आचारसंहिता उल्लंघनको विषय पनि उठेको छ । आफैंले बनाएको आचारसंहिताभन्दा बाहिर रहेर उनले राज्यको लाखौं रकम खर्चसमेत गर्दै राजशी शैलीमा गरिएको जन्मदिनको कार्यक्रमप्रति स्वभाविक प्रश्न उठेको हो । आफैंले सर्कुलर गरेको आचारसंहितालाई उल्लंघन गरेपछि उनिप्रति नै प्रश्न उठेको हो ।

कति खर्च गरे जन्मोत्सव मनाउन ?

जन्मउत्सवमा करिब ६ हजार जनालाई भोजको व्यवस्था गरिएको थियो भने उक्त भोजका लागी झापाबाट क्याटरिङ्को व्यवस्था गरिएको छ । भोजमा शाकाहारी र मांशहारी दुवैको व्यवस्था गरिएको एक सहभागीले बताए ।

भोजमा प्रतिप्लेट कति रुपैयाँका दरले खुवाइएको थियो भन्ने नखुलेपनि सामान्यत शाकाहारी र मांशहारीको गरी सरदर प्लेटको ६५० रुपैयाँको दरले हिसाब गर्दा झण्डै ३९ लाख लागत मुल्य पर्न आउँछ । यसैगरी ओलीले झण्डै १ हजार थान भादगाउँले टोपी र स्टकोट वितरण गरेका थिए । टोपी र स्टकोट सेटको मुल्य सरदरमा १५ सयका दरले राख्दा झण्डै १५ लाख रुपैँया पर्न आउँछ ।

ओलीले वितरण गरेका २ हजार थान साडी र पछ्यौरीको औसत मुल्य ३ हजार रुपैँया राख्दा झण्डै ६० लाख बराबरको हुन्छ ।

स्कुले बालबच्चा तथा केटाकेटीका लागी ओलीले झण्डै २ हजार सेट डायरी र डड्पेन वितरण गरेका थिए । यसको औसत मुल्य ५ सय राख्दा १० लाख बराबरको हुन आउँछ ।

यसरी प्रधानमन्त्री ओलीले कुलमा सवा करोड बराबरको खर्च गरेको अन्दाज गर्न सकिन्छ । यो मुल्य हेलिकप्टर, अन्य उत्सव खर्च बाहेक माथि उल्लेख गरिएका भोज र वितरित सामाग्रीहरुमात्रैको खर्च विवरण हो । यसरी खर्च भएको रकम कसले र कसरी तिर्ने भन्ने बारे केही उल्लेख छैन ।

के छ नेकपाको आचारसंहितामा ?

नेकपाले गत माघ ५ मा सार्वजनिक गरेको आचारसंहितामा जन्म दिन, विवाह, ब्रतबन्धजस्ता संस्कार मनाउँदा तकड भडक नगर्नु भन्ने उल्लेख छ । छोराछोरीको विवाहसमेत सरल र मितव्ययी बनाउन निर्देशन दिइएको छ ।

नेता तथा कार्यकर्ताहरुमा सर्कुलरको रुपमा पठाइएको ११ बुँदे आचारसंहितामा समाजका अन्यले सिक्ने गरि उत्सवहरु मनाउन निर्देशन गरिएको छ । जसमा लेखिएको छ, ‘छोरी, छोराको विवाहलाई सरल मितव्ययी बनाउनुपर्छ । जन्मदिन, ब्रतबन्ध, पास्नीजस्ता परम्परागत संस्कारलाई घरपरिवारमा मात्र सीमित गर्नुपर्छ ।’

यस्तो छ माघ ५ मा जारी ११ बुँदे आचारसंहिता

\"\"/
\"\"/
\"\"/

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies