Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९ औं जन्मदिन निकै तामझामका साथ मनाए ।

आफ्नो जन्मथलो तेह्रथुमको आठराई पुगेका ओलीले काटेको केकको विषयलाई लिएर अहिले समामाजिक संजाल लगायतमा निकै चर्को आलोचना भईरहेको छ । उनले काटेको केकको आकार नेपालको नक्शा जस्तै भएकोमा मात्रै नभएर भड्किलो जन्मदिवसकोबारेमा समेत व्यापक आलोचना भएको छ ।

कसरी पुग्यो केक ?
बहुचर्चित यति होल्डिङ्का अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा आँफै देशको नक्शा अंकित केक बोकेर आठराई पुगेका थिए । आफ्नै स्वामित्वमा रहेको एअर अल्टिच्युटको हेलिक्प्टरमा केक बोकेर उनी आठराई पुगेका हुन्।

यति कम्पनि उहि विवादित कम्पनि हो, जसलाई नेपाल ट्रष्ट लगायत राज्यको सम्पत्ति कौडीको भाउमा दिएर दुरुपयोग गरेको र प्रधानमन्त्री ओलीसँग विषेश र व्यापारिक साझेदार रहको आरोप लाग्दै आएको छ ।

केही समय अघिमात्रै यतिका अध्यक्ष आङ्छिरिङ् शेर्पा र पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको एअर अल्टिच्युटकै हेकिप्टर दुर्घटना हुँदा शेर्पा र अधिकारीसहित ६ जनाको ज्यान गएको थियो । सो दुर्घटना प्रकरणमा समेत मन्त्री अधिकारीलाई शेर्पासँग ओलीले नै पठाएको आरोप लाग्ने गरेको छ ।

अरु ४ हेलिकप्टर
प्रधानमन्त्री केपी शर्मा ओली नेपाली सेनाको हेलिकप्टरमा र अन्य नेताहरु प्राइभेट हेलिकप्टरमा आठराई पुगेका थिए ।

ओलीका पिता, पत्नि, लगायत परिवारका अन्य सदस्यहरु, पार्टीका नेता तथा पूर्व सभा मुख सुवास नेम्वाङ्, खानेपानि मन्त्री विना मगर, भौतिक योजना मन्त्री वसन्त नेम्वाङ्, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, १ नं. प्रदेश प्रमुख सोमनाथ प्यासी, वागमति प्रदेश प्रमुख विष्णु प्रसार्य लगायतका मन्त्रीहरु गरी कुलमा ४ वटा हेलिकप्टर प्रयोग भएको बताईन्छ । नेपाली सेनाको एमआई ७ सहित दुई र अन्य दुई हेलिकप्टरहरु आठराई पुगेका थिए भने १ नम्बर प्रदेशका जिल्लाका नेताहरु पैदल मार्ग हुँदै पुगेका थिए ।

६ हजारलाई भोज, साडिदेखि भादगाउँले टोपी हुँदै डड्पेनसम्म
जन्मउत्सवमा करिब ६ हजार जनालाई भोजको व्यवस्था गरिएको थियो भने उक्त भोजका लागी झापाबाट क्याटरिङ्को व्यवस्था गरिएको छ । भोजमा शाकाहारी र मांशहारी दुवैको व्यवस्था गरिएको एक सहभागीले बताए ।

भोजमा प्रतिप्लेट कति रुपैयाँका दरले खुवाइएको थियो भन्ने नखुलेपनि सामान्यत शाकाहारी र मांशहारीको गरी सरदर प्लेटको ६५० रुपैयाँको दरले हिसाब गर्दा झण्डै ३९ लाख लागत मुल्य पर्न आउँछ ।

यसैगरी ओलीले झण्डै १ हजार थान भादगाउँले टोपी र स्टकोट वितरण गरेका थिए । टोपी र स्टकोट सेटको मुल्य सरदरमा १५ सयका दरले राख्दा झण्डै १५ लाख रुपैँया पर्न आउँछ ।

ओलीले वितरण गरेका २ हजार थान साडी र पछ्यौरीको औसत मुल्य ३ हजार रुपैँया राख्दा झण्डै ६० लाख बराबरको हुन्छ ।

स्कुले बालबच्चा तथा केटाकेटीका लागी ओलीले झण्डै २ हजार सेट डायरी र डड्पेन वितरण गरेका थिए । यसको औसत मुल्य ५ सय राख्दा १० लाख बराबरको हुन आउँछ ।

यसरी प्रधानमन्त्री ओलीले कुलमा सवा करोड बराबरको खर्च गरेको अन्दाजा गर्न सकिन्छ । यो मुल्य हेलिकप्टर, अन्य उत्सव खर्च बाहेक माथि उल्लेख गरिएका भोज र वितरित सामाग्रीहरुमात्रैको खर्च विवरण हो । यसरी खर्च भएको रकम कसले र कसरी तिर्ने भन्ने बारे केही उल्लेख छैन ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies