Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

संसद्मा प्रश्नोत्तरले प्राथमिकता पाएन

काठमाडौं । प्रधानमन्त्री र विभागीय मन्त्रीसँग जवाफ लिन सांसदले दर्ता गरेका प्रश्न करिब सय पुगे पनि प्रश्नोत्तरको कार्यक्रम भने संसद्को चालू अधिवेशनमा प्रभावकारी हुन सकेको छैन ।

आजको गोरखापत्र दैनिकमा खबर छ - चालू अधिवेशन प्रारम्भ भएको दुई महिना पूरा भए पनि एक मन्त्रीसँग मात्रै प्रश्नोत्तर भएको छ । अधिवेशन प्रारम्भ भएपछि एक महिनासम्म सदन कार्यसूचीमा प्रवेश नगर्दा प्रश्नोत्तरले प्राथमिकता नपाएको हो ।

सांसदका ९६ वटा प्रश्न अझै प्राथमिकता सूचीमा छन् । यसबीच ऊर्जा मन्त्रालयसँग सम्बन्धित तीन प्रश्नको मात्र जवाफ विभागीय मन्त्रीले दिएका छन् ।

प्रतिनिधि सभाको प्रश्न व्यवस्थापन शाखाका अनुसार पाँचौँ अधिवेशनका लागि अहिलेसम्म ९९ प्रश्न दर्ता भएका छन् । जसमध्ये आठ प्रश्न अस्वीकृत भएका छन् । बाँकी ९६ प्रश्नमध्ये तीनवटामा विभागीय मन्त्रीले जवाफ दिनुभएको छ । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर सङ्घीय संसद्मा एकपटक मात्र भएको छ ।

प्रश्नोत्तर प्रभावकारी नहुँदा अधिवेशन अन्त्यसँगै लिखित रूपमै जवाफ टेबल गर्ने क्रम बढेको छ । कुनै पनि अधिवेशनमा सबै प्रश्नको प्रत्यक्ष प्रश्नोत्तर भएको छैन । प्रतिनिधि सभा नियमावलीले प्रत्येक बैठकको पहिलो एक घण्टा प्रश्नोत्तर गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिनिधि सभा सचिव गोपालनाथ योगीले अधिवेशन प्रारम्भपछि सदन कार्यसूचीमा प्रवेश गर्न ढिलाइ हुँदा प्रश्नोत्तरको प्रक्रिया चुस्त हुन नसकेको बताए । योगीले भने, ‘सभामुख चयन लगायतका विषयमा ढिलाइ भयो । यसले समग्र कार्यसूचीमा प्रभाव पा¥यो । अब प्रश्नोत्तर प्राथमिकतामा पर्छन् ।’

सचिवालयका अनुसार दर्ता प्रश्नमध्ये प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित १६ वटा छन् । जसमध्ये नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालका मात्र ११ प्रश्न छन् ।

यस्तै नेपाली काँग्रेसका सांसद डिला सङ्ग्रौलाका दुई, बालकृष्ण खाँण र विन्दा पाण्डेका प्रश्न प्रधानमन्त्री कार्यालयसँग सम्बन्धित छन् । प्रश्नहरू पाँचौँ अधिवेशनमा जवाफ दिने गरी दर्ता भएका हुन् ।

रक्षामन्त्रीका लागि एक मात्र प्रश्न दर्ता भएको छ । काँग्रेस सांसद सङ्ग्रौलाले नै उक्त प्रश्न दर्ता गरेका हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीका लागि दुई प्रश्न विचाराधीन छन् । सांसदद्वय सङ्ग्रौला र सुवालका तर्फबाट एक÷एक प्रश्न विचाराधीन छन् ।

प्रतिनिधि सभा सचिवालयको प्रश्न शाखाका अनुसार गृहमन्त्रीका लागि आठ प्रश्न दर्ता भएका छन् । जसमा सांसद सुवालका चारवटा प्रश्न छन् । यस्तै सांसद पाण्डे र सङ्ग्रौलाका एक÷एक प्रश्न छन् । परराष्ट्रमन्त्रीका लागि सांसद सुवालका तीन र सङ्ग्रौलाको एउटा प्रश्न विचाराधीन छन् । सीमा विवादसँग सम्बन्धित प्रश्नहरू छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीका लागि दुई प्रश्न विचाराधीन छन् । सांसदद्वय सङ्ग्रौला र सुवालले नै प्रश्न दर्ता गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका लागि पाँच प्रश्न दर्ता गरिएको छ । जसमा सांसद सुवालका दुई, सङ्ग्रौलाका दुई र पाण्डेको एक प्रश्न दर्ता छन् । ऊर्जा मन्त्रालयका लागि दर्ता तीनवटा प्रश्न संसद्मा प्रस्तुत भइसकेका छन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies