Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

पशुपतिमा सजावटमा राखिएको फूल चोरिँदै, फोहर थुप्रिँदै

काठमाडौं । महाशिवरात्रिमा पशुपति क्षेत्रको सजावटमा राखिएको फूलमाला चोरी हुन थालेको छ । पशुपति क्षेत्र विकास कोषको पहलमा भक्तजनकै सहयोगमा यस वर्ष करिब रु दुई करोड बराबरको फूलमालाले पशुपति क्षेत्र सजावट गरी आकर्षक बनाइएको थियो । देश विदेशबाट आउने भक्तजनका लागि यस वर्ष पशुपति क्षेत्रमा आउने साधुसन्तभन्दा पनि सजावट नै आकर्षण बनेको थियो ।

त्यो आकर्षण एक दिन पनि बढ्न सकेन । शुक्रबार दिनभर छ हजारभन्दा बढी सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएका कारण फूलमाला सुरक्षित थियो । शनिबार सुरक्षाकर्मीको उपस्थिति सुरक्षा पोष्टभन्दा बाहिर थिएन । बिदाको दिन भएकाले कोषका कर्मचारीको निगरानी पनि पशुपति क्षेत्रमा थिएन ।

कोषका सदस्य–सचिव डा प्रदीप ढकाल बाँदरबाट बचाउन सकिएको फूलमाला मानिसबाट सुरक्षित गर्न नसकिएको अनुभव सुनाउँछन् । फूलमाला राख्नुअघि नै बाँदरबाट सुरक्षित गर्ने उपाय अपनाइएको थियो । आइतबार बिहानदेखि नै पशुपति क्षेत्रमा राखिएका फूलमाला झिकेर अँगालाका अँगाला ओसारिएको दृश्य देखिएको स्थानीयवासी कमला नेपालले सुनाइन् ।

भक्तजनको सहयोगमा राखिएको फूलमालाको आकर्षणको सुरक्षाका लागि कोषले जति काम गर्नुपथ्र्यो त्यति नगरेको स्थानीयवासीको गुनासो छ । कोषले सुरक्षाकर्मी र कर्मचारी खटाउन नसकेको पशुपति क्षेत्र पुगेका भक्तजनले सुनाए । माथिमाथि राखिएका फूलमाला सुरक्षित देखिन्छ । मानिसले भेट्ने ठाउँका जति चुँडिएको छ ।

निगरानी कम भएपछि बाँदरले पनि फूलमाला खान थालेको छ । महाशिवरात्रिका दिन भएको फोहर व्यवस्थापनमा पनि कोषले ध्यान नदिएको देखिन्छ । महाशिवरात्रिका दिन दर्शन गर्न नसकी भोलिपल्ट ललितपुरबाट हेर्न आएका रामचन्द्र घिमिरे पशुपति क्षेत्रमा कर्मचारी संयन्त्र भएजस्तो अनुभव हुन नसकेको बताउँछन् । कोषले महाशिवरात्रि मेलाका लागि छुट्याएको वनकाली क्षेत्रमा पानी जमेको छ । शनिबार बेलुकी परेको पानीले यहाँको बजार प्रभावित भएको छ । यस क्षेत्रमा जम्मा भएको फोहर सफा नगर्दा बजार छिर्न नसकिने देखिन्थ्यो । डोजरले खाल्डो खनेर पानी व्यवस्थापन गरिरहेको दृश्य पनि शनिबार देखियो ।

हंसमण्डप र त्यसअघिको क्षेत्रमा पनि धेरै गिलासलगायत फोहर फालिएको थियो । महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपति क्षेत्रमा सयौँ सङ्घसंस्थाले सेवा दिए पनि तिनलेसमेत फोहर व्यवस्थापनमा ध्यान दिएनन् । कोषले ठाउँठाउँमा फोहर हाल्ने भाँडो राखिदिएको भए पनि पशुपति क्षेत्र कुरुप नहुने थियो । त्यसतर्फ पनि कमजोरी भएको देखिन्छ ।

कोषमा दर्जनौँ सफाइ कर्मचारी भए पनि शनिबार बेलुकीसम्म पशुपति क्षेत्रका मुख्यमुख्य ठाउँमै चिया र पानी खाएर फालिएका गिलासलगायतको थुप्रो टिपिएको छैन । वाग्मती किनार भने सफा देखिन्छ । जहाँ कोष, वाग्मती सफाइ महाअभियान, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिलगायत १४ संस्थाको आयोजनामा शनिबार बिहानै ३५४औँ हप्ताको सफाइ गरिएको थियो ।

पशुपतिमा शनिबार पनि भक्तजनको चहलपहल बाक्लो थियो । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका साधुसन्त हेर्ने, मुख्य पर्वको दोस्रो दिन भगवान् पशुपतिनाथको दर्शन गर्ने उद्देश्यले हजारौँ भक्तजन पशुपति क्षेत्र पुगेका थिए । मूल मन्दिरभित्र रहेका नागाबाबा भक्तजनको विशेष आकर्षण बनेका थिए ।

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा आएका साधुसन्तलाई आइतबारदेखि दक्षिणासहित बिदाइ गरिने गुठी संस्थानले जनाएको छ । संस्थानले पशुपति क्षेत्र र थापाथली क्षेत्रका विभिन्न अखडामा बसेका साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि धुनीका लागि दाउरासहित खानापानको व्यवस्था पनि गरेको थियो ।

आइतबारसम्म यो व्यवस्था रहने संस्थान पशुपति गोश्वारा कार्यालयका प्रमुख उमा आचार्यले राससलाई जानकारी दिए । साधुसन्त व्यवस्थापनकै लागि यस वर्ष संस्थानले रु २४ लाख विनियोजन गरेको छ । कोषले पनि साधुसन्तका लागि खानपान, धुनीका लागि दाउरा बिदाइमा दान दक्षिणाका लागि सहयोग गर्ने जनाइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies