Khabar Dabali Logo
  March 30, Mon

सुन उत्पादनमा अब दोस्रो देश बन्दै भारत, हजारौं टन सुन उत्खननको तयारी

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश सरकारले सुन उत्खनन प्रक्रिया सुरु गर्नको लागि ई–टेन्डर सुरु गरेको छ । भारतको ‘जियोलजिकल सर्वे अफ इण्डिया(जीएसआई)’ले सन् २००५ मै उत्तर प्रदेशको सोनभद्रमा सुन रहेको संकेत पाएको थियो र सन् २०१२ मा त्यहाँ सुन रहेको पुष्टि गरेका थियो ।

जीएसआईको अध्ययनमा सोनभद्रको सोन पहाडमा झण्डै तीन हजार टन सुन र हरदी ब्लकमा झण्डै ६ सय किलो सुनको भण्डार देखिएको छ ।

तर तिनको उत्खननमा हालसम्म कुनै ठोस काम भएको थिएन हाल आएर ब्लक टेन्डरको लागि प्रशासनले सात सदस्यीय टिमको गठन गरेको छ ।

२२ फेब्रुअरी २०२०सम्म टिमले आफ्नो रिपोर्ट भूतत्व एवं खनिजकर्म निर्देशनलायलाई सुम्पिनेछ ,’ सोनभद्रका उत्खनन अधिकारी केके रायले बताए ।

सोनभद्रको अन्य क्षेत्रमा पनि सुन रहेको अनुमान छ । त्यसैले अहिले त्यस क्षेत्रको ठूलो भूभागमा हेलिकप्टरबाट सर्वेक्षण गरिँदैछ ।

सर्वेक्षणका लागि विद्युतचुम्बकीय उपकरण स्पेक्ट्रोमिटर उपकरणको प्रयोग गरिँदैछ ।

यी उपकरणसडित हेलिकप्टरको जमिनभन्दा केही सय मिटरको उचाइमा उठाइन्छ ।

सोनभद्रमा हाल अनुमान गरिएको सुन निकाल्न सकिएमा भारत सुन उत्पादनको हिसाबमा अमेरिकापछि दोस्रो स्थानमा आउनेछ ।

विश्व सुन परिषद्का अनुसार अमेरिकासँग ८१३३ टन सुन भण्डार छ । अहिले, अमेरिकापछि दोस्रो ठूलो सुन भण्डार जर्मनीसँग छ । जर्मनीसँग ३३६६ टन सुन छ ।

त्यसैले गरी सानो देश भए पनि स्वीट्जरल्याण्डसँग विश्वको आठौं ठूलो सुन भण्डार छ । स्वीट्जरल्याण्डमा १०४० टन सुन छ ।

ठूलो सुन भण्डारको र्याङ्किङमा नवौं स्थानमा रहेको जापानसँग ७६५ टन सुन छ ।

भारत हाल सुन भण्डारको हिसाबमा दशौं स्थानमा छ । भारतमा ६१८ टन सुन छ । तर सोनभद्रको सुन उत्पादन सुरु भएपछि भारत दोस्रो स्थानमा उक्लने समाचारमा जनाइएको छ ।

फागुन १० गते, २०७६ - १६:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ : डा. खतिवडा

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई...   
प्रधानमन्त्री ओलीलाई भारतबाट नेपाली मजदुर र विद्यार्थीकोको यस्तो पत्र

प्रधानमन्त्री ओलीलाई भारतबाट नेपाली मजदुर र विद्यार्थीकोको यस्तो पत्र

काठमाडौं । दार्चुला पारि भारतीय क्षेत्र धार्चुलामा फसिरहेका र स्वदेश फर्कन खोजिरहेका नेपालीहरूलाई...   

गण्डकी प्रदेश सरकारले निःशुल्क राहत प्याकेज ल्याउने

कास्की । कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले प्रभावित...   

भारतमा कोरानाबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो

एजेन्सी । भारतमा कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको छ । सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम...   

यो महामारीका बेला मेरो चरित्र हत्या गर्न खोजियो – स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका...   

ललितपुरको भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु

ललितपुर । वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई...   

वीर अस्पतालमा कोरोनाको आशंका गरिएका दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको वीर अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका दुई बिरामीको मृत्यु भएको...   

आइसोलेशनमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट ‘नेगेटिभ’

बुटवल । बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको...   

१५ जना कैदी कैद किनेर छुटे

चितवन । कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको...   

विदेशबाट फर्कनेलाई विमानस्थलमा जाँच नगरिँदा यस्तो समस्या आएको गुनासो प्रचारमा छ, यसबारे मन्त्री ज्ञवाली के भन्छन् ?(अन्तर्वार्तासहित)

काठमाडौं । विश्वका अधिकांश सरकार र नागरिक विश्वका प्रायः सबै मुलुकमा फैलिइरहेको कोरोना संक्रमणको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top