Khabar Dabali Logo
  April 8, Wed

राष्ट्रपति पुटिनलाई हैरान बनाउने प्रश्न – के तपाईँ १९ हजारले गुजारा चलाउन सक्नुहुन्छ ?

काठमाडौं । रुसका राष्ट्रपति भ्यादिमिर पुटिन त्यस समय एकदमै हैरानमा परे, जब एक महिलाले उनलाई कति कमाउनुहुन्छ भनेर सोधिन । उनले पुटिनलाई १९ हजार रुपैयाँ (१०८०० रुबल)ले मासिक गुजारा चलाउन सक्नुहुन्छ भनेर प्रश्न सोधेकी थिइन् ।

सामान्यतया सार्वजनिक ठाउँमा जोगिएर हिँड्ने पुटिनलाई महिलाको त्यो सबालले भने निकै हैरानीमा पार्यो । आफ्नो पैतृक शहर सेंट पीटर्सबर्गको भ्रमणमा निस्किएका पुटिनलाई व्यक्तिगत गुजाराबारे ति महिलाले प्रश्न गरेकी थिइन् ।

रुसमा बढ्दो आर्थिक मन्दीसँगै बढ्दो महंगाई र बेरोजगारीले संकट निमित्तै गएको छ । सेंट पीटर्सबर्गको भ्रमणमा निस्किएका बेला जब पुटिन सडकमा आम नागरिकसँग कुराकानी गर्न पुगे, त्यस समय स्थानिय महिलाले आफ्नो गुजाराबारे प्रश्न उठाएकी थिइन् ।

महिलाले पुटिनलाई ८ लाख मासिक रुबलले पुगेको छ कि छैन् भनेरसमेत प्रश्न गरेकी थिइन् । त्यस समय पुटिनले रुसमा आफुँले भन्दा अरुले धेरै कमाउने गरेको बताएका थिए । उनले बढ्दो आर्थिक समस्यालाई समाधान गर्ने गरि सरकारले प्रयास गरिरहेको भन्दै आश्वस्त बनाउने कोसिस गरेका थिए ।

सार्वजनिक ठाउँमा अति जोगिन्छन् पुटिन

राष्ट्रपति पुटिन सार्वजनिक ठाउँमा अति जोगिएर हिँड्छन् । उनिमाथि कसैले प्रश्न उठाए उनि मुसुस्काएर अगाडि बढ्छन् । उनि सार्वजनिक ठाउँमा के बोल्ने भन्ने कुरा पहिला नै तय गरेका हुन्छन् ।

सार्वजनिक ठाउँमा मानिसहरुसँग कमै मात्रै भेट्ने र कुराकानी गर्ने उनि त्यस समय भने जोगिएर हिँड्न पाएनन् । उनलाई पीटर्सबर्गका स्थानीयले घेरेर प्रश्न गरेका थिए ।

के सोधेकी थिइन् महिलाले ?

महिला : तपाईँ कति कमाउनुहुन्छ ? के १० हजार रुबेलले मासिक गुजारा चलाउन सक्नुहुन्छ ?

पुटिन : यसको जवाफ धेरै मुश्किल छ ।

महिला : तपाईँको तलब शायद ८ लाख रुबल होला होइन् ?

पुटिन : देशमा राष्ट्रपतिले भन्दा बढि कयौं मानिसले कमाउँछन् । राष्ट्रपतिको सबैभन्दा बढि तलब छैन् । तपाईँ सहि हो । कयौं सामाजिक समस्याहरु छन्, जसको सरकारले समाधान निकाल्नुपर्ने छ ।

महिला : तपाईँ यसको समाधान किन गर्नुहुन्न ?

पुटिन : हामी हल गर्ने कोशिस गरिरहेका छौं । एजेन्सीकाे सहयाेगमा

फागुन ९ गते, २०७६ - १५:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, ७७ हजार २४५ ले पाए ५० कित्ता

काठमाडौं । लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक...   
चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

चर्चित खेलाडी रोनाल्डिन्हो जेलमुक्त

काठमाडाैं । ब्राजिलका स्टार फुटबल खेलाडी रोनाल्डिन्हो जेलमुक्त भएका छन् । नक्कली पासपोर्ट बोकेर...   
लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

लकडाउन : ‘लक’ अर्थात वर्गीय भाग्य

पृष्ठभूमि यतिबेला विश्व कोरोना भाईरस महामारिको चपेटामा परेको छ । लगभग संसारका सबै जसो मुलुकहरु कोरोनासँग...   

कालाेबजारीकाे आराेपमा पक्राउ परेका अग्रवाललाई हिरासतमा राख्न अनुमति

काठमाडौं । कालोबजारी गरेकाे आरोपमा पक्राउ परेका व्यावसायी सुलभ अग्रवाललाई सात दिन हिरासतमा राख्न...   
कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

कृपया शान्त बसिदिनुहोला, प्रधानमन्त्री सुतिरहनुभएको छ

ए पटमुर्ख होकिन झ्वाम्म फाल हानेको महाकालीमा?अहिले छिटा पर्छ अनिब्युझनुहुन्छ हाम्रा प्रधानमन्त्रीखास...   

खरिद प्रक्रिया विवादित भएपछी स्वास्थ्य सेवा विभागदृारा पुनः बोलपत्र आह्वान

काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि औषधि किन्न पुन: बोलपत्र आह्वान गरेको छ । स्वास्थ्य...   
सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

सम्बोधन बुझिएन भन्दै प्रधानमन्त्री ओलीलाई गगन थापाले सोधे ११ प्रश्न

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीलाई कांग्रेस नेता एंव सांसद गगनकुमार थापाले सामाजिक सञ्जालबाटै...   
क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

क्षयरोगविरुद्ध लगाईने बीसीजी खोपले कोरोना संक्रमितमा देखायो असर, व्यापक परीक्षण गर्ने तयारी

काठमाडौं । क्षयरोगका लागि करिब एक शतक अगाडि अविष्कार गरिएको खोप काम आउन सक्ने भन्दै वैज्ञानिकहरुले...   

भारतमा कोरोनाबाट मर्नेको संख्या १७२, गुजरातमा १४ महिने शिशुको पनि ज्यान गयो

काठमाडौं । पछिल्लो दुई दिनमा मात्रै भारतमा कोरोना भाइरसका एक हजार बढी संक्रमित थपिएका छन् । साथै कोरोनाबाट...   
अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म बन्द गर्ने सरकारकाे निर्णय

अन्तर्राष्ट्रिय हवाई उडान वैशाख १८ सम्म बन्द गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top