Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

१ सय ५३ वर्ष पुरानो बामरोल लुब्रिकेन्ट नेपाली बजारमा

काठमाडौं । १ सय ५३ वर्ष पुरानो र भारत सरकारको स्वामित्वमा रहेको कम्पनीद्वारा उत्पादित बामरोल लुब्रिकेन्ट नेपाली बजारमा औपचारिक रुपमा भित्रिएको छ । लुब्रिकेन्ट भारतको बामर लरी एन्ड कम्पनी लिमिटेडले उत्पादन गर्छ । नेपालमा कन्काई आयल सप्लायर्सले सो लुब्रिकेन्ट औपचारिक रुपमा भित्र्याएको हो ।

बिहीबार एक कार्यक्रमका बीच बामर लरी एन्ड कम्पनीका चिफ अपरेटिङ अफिसर श्रीजित बेनर्जी र रिटेल सेल्सका भाइस प्रेसिडेन्ट आरके सिंह, कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयल, नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र निवर्तमान अध्यक्ष दीपक खड्काले संयुक्त रुपमा बामरोल लुब्रिकेन्ट सार्वजनिक गरे ।

सो अवसरमा बेनर्जी र सिंहले बामरोल लुब्रिकेन्टको प्राविधिक पक्ष र यसको गुणस्तरीयता तथा भारत लगायतका देशमा यसको बजारको अवस्था वारेमा जानकारी प्रदान गरेका थिए ।

बेनर्जीले ग्रुप टु बेस आयलबाट बनेका लुब्रिकेन्ट र ग्रिज भएका तथा कमिन्स यूएसए र भल्वो स्विडेनबाट प्रमाणित भएकाले बामरोल लुब्रिकेन्ट आफैमा गुणस्तरीय र प्रतिष्ठित भएको बताए । उनले यी लुब्रिकेन्ट तथा ग्रिजमा १० विशेषता भएका डेकाट्रोल टेक्नोलोजी प्रयोग गरिएको बताए । सिंहले यो वर्ष भित्रै नेपालका सबै रिटेल पसल र मेकानिक्स वर्कसपहरुमा बामरोल लुब्रिकेन्ट उपलब्ध हुने बताए ।

कन्काई आयल सप्लायर्सका सञ्चालक राजकुमार गोयलले गुणस्तरीय लुब्रिकेन्ट उपलब्ध गराउने चाहना अनुसार नै बामरोल रोजेको बताए । उनले नेपाली अटोमोबाइल व्यवसायी, मेकानिक्स र गाडी धनीहरुको सेवामा सदैव समर्पित रहेको स्मरण गराउदै आगामी दिनमा समेत सबैको साथ रहने अपेक्षा गरे ।

न्यौपाने र खड्काले लुब्रिकेन्ट गुणस्तरीय भएमा यसको प्रयोग गर्न पनि गाडी धनीहरु उत्साहित हुने र कम्पनीहरुले यसमा ध्यान दिनु पर्ने बताए । गुणस्तरीय लुब्रिकेन्ट भएमा आगामी दिनमा यसको पर्फमेन्सका कारण ग्राहक संख्या बढ्ने र यो कार्यका लागि उनीहरुले कम्पनीलाई शुभकामना प्रदान गरे ।

बामर लरी एन्ड कम्पनीको स्थापना सन् १८६७ को फेब्रुअरी १ मा भएको थियो । स्कटल्यान्डका जर्ज स्टेफन बामर र अलेक्जेर लरीले सो कम्पनीको स्थापना गरेका थिए । लुब्रिकेन्ट र ग्रिजका साथै ट्राभल एन्ड भ्याकेसन, इन्डष्ट्रियल प्याकेजिङ, लजिस्टिक सर्भिस आदि विभिन्न क्षेत्रमा यो कम्पनीका उत्पादन उपलब्ध छन् ।

कम्पनीले ८१ वर्ष पहिले सन् १९३७ मा भारतको कोलकातास्थित प्लान्टबाट लुब्रिकेन्ट र ग्रिज उत्पादन थालेको थियो । हाल चेन्नाई, कोलकाता र सिल्वासामा यसको प्लान्ट छन् । कम्पनीले चारपांग्रे र दुईपांग्रे सवारी साधनका सबै सेगमेन्टमा लुब्रिकेन्ट र ग्रिज उपलब्ध गराउदै आएको छ ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies