Khabar Dabali Logo
  April 2, Thu

मन्त्री बाँस्कोटा प्रकरणबारे समाचार नछापिएको भन्दै नयाँ पत्रिकाका पत्रकार ढुंगानाले दिए राजीनामा

काठमाडौं । सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको विवादास्पद अडियो प्रकरणबारे समाचार लेख्दा मिडिया हाउसले नछापिदिएको भन्दै नयाँ पत्रिकाका पत्रकार पुष्प ढुंगानाले राजीनामा दिएका छन् । उनले मन्त्रीको कमिशन अडियो सञ्चार गृहलाई पेश गर्दासमेत समाचार नछापिएको भन्दै राजीनामा दिएका हुन् ।

पत्रकार पुष्प ढुंगानाले पत्रकारिताबाटै सन्यासी लिएकोसमेत बताएका छन् । बिहिबार बिहान विभिन्न सञ्चारमाध्यमबाट मन्त्री बाँस्कोटाको विवादास्पद अडियो सार्वजनिक भएसँगै ढुंगानाले आफ्नो सन्यासीबारे सामाजिक सञ्जालमार्फत बताएका हुन् ।

उनले समाचार नाछापिनुले आफुँमा एकदमै ग्लानी भएको बताएका छन् । बाँस्कोटा प्रकरणबारे सामाजिक सञ्जालमा बोल्दै उनले खरदारको सय रुपैयाँको घुस खाएको समाचार लेखेर मन्त्रिको अनियमितता आफुँले लुकाउन नसक्ने बताएका छन् ।

‘मेरो पत्रकारितामा निकै नमिठो अनुभव, मन्त्रीको कमिशन अडियो पेश हुँदासम्म समाचार बनाउन सकिएन । ग्लानी यो अर्थमा कि मैले कसका लागि पत्रकारिता गर्दैछु ?’ पत्रकार ढुंगानाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खरदारले सय रूपैया घुस खाएको समाचार लेखेर मन्त्रीको अनियमितता लुकाउन सकिँदैन । त्यसकारण पत्रकारिताको यात्रामा ब्रेक लगाएको छु ।’

जनाइएअनुसार पत्रकार पुष्प ढुंगानाले सञ्चारमन्त्रीको विवादास्पद अडियो प्रकरणबारे हप्तौं अघि नै सञ्चारगृहलाई समाचार बुझाएका थिए । तर सञ्चारगृहको आनाकानीको कारण समाचार प्रकाशित भएको थिएन् ।

फागुन ८ गते, २०७६ - १३:५८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना उपचार कोषमा एक अर्ब बढी सहयोग

काठमाडौ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज रु एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री...   

आयल निगमले कोरोना रोकथाम कोषमा ५० करोड सहयोग गर्ने

काठमाडौ । नेपाल आयल निगमले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५० करोड सहयोग...   

उत्तर कोरिया कोरोना भाइरस फ्रि भएको घोषणा

सोल । उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एक जना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना...   
टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो

टाटा मोटर्सको बिक्री ८४ प्रतिशतले घट्यो

मुम्बई । भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ । गत वर्ष...   

कोरोना संक्रमित दुबै जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

काठमाडौ । कोरोना संक्रमित १९ वर्षिय युवती र यूएईबाट आएका धादिङका ३४ वर्षीय युवक दुबैलाई दोस्रो परिक्षण...   
मेडिकल सामग्री लिन वाइड बडी जहाज ग्वाङजाओतर्फ प्रस्थान

मेडिकल सामग्री लिन वाइड बडी जहाज ग्वाङजाओतर्फ प्रस्थान

काठमाडौ । छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)...   

लकडाउनमा खुल्ला रहेका तरकारी पसल आजदेखि बन्द गर्ने

दमौली । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम नियन्त्रणका लागि लागू गरिएको लकडाउनका अवधिमा खुल्ला...   

स्पेनमा कोरोना भाइरसका कारण एकै दिनमा आठ सय ६४ जनाकाे मृत्यु

म्याड्रिड । स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा ८६४ मृत्यु भएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट...   
महाकाली नदीमा हामफालेर नेपाल आएका इन्द्रसिंहले भने, ‘भोकले छट्पटिएपछि अर्थोक सोचिनँ’

महाकाली नदीमा हामफालेर नेपाल आएका इन्द्रसिंहले भने, ‘भोकले छट्पटिएपछि अर्थोक सोचिनँ’

काठमाडौ । सरकारले कोरोनाभाइरसको सङ्क्रमण रोकथाम गर्न भन्दै नेपाल प्रवेशमा रोक लगाएसँगै रोजगारीका...   

आजदेखि सुर्खेतमै कोरोना परीक्षण शुरु हुँदै

सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षण गर्ने मेसिन र विशेषज्ञ पठाएसँगै...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top