Khabar Dabali Logo
  April 2, Thu

ट्रम्पलाई नदेखाउन मोदीले ४५ गरिब परिवारलाई घर छोड्न निर्देशन गरे

काठमाडौं । अहमदाबाद नगर निगमले सोमबार नवनिर्मित मोटेरा स्टेडियमको नजिकै रहेको झुग्गी बस्तीका ४५ परिवारलाई घर छोड्न नोटिस जारी गरेको छ । उक्त बस्ती नजिक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीको लागि स्वागत कक्ष बनाईने उल्लेख छ ।

इण्डियन एक्सप्रेसका अनुसार, करिब दुई दशकभन्दा बढि समयदेखि बसिरहेका ४५ झुग्गियोलाई ‘केम छो ट्रम्प’ कार्यक्रम अघि नै जग्गा खाली गर्न निर्देशन गरिएको हो । यो कदम झुग्गीबस्तीलाई छेक्नेगरि सडकमा पर्खाल लगाएसँगै अगाडि सारिएको हो । राष्ट्रपति ट्रम्प अहमवादमा आउँदै गर्दा उक्त क्षेत्रको बाटो भएर हिंड्नेछन् ।

झुग्गी बस्तिमा पछिल्लो २२ वर्षदेखि रहँदै आएका ३५ वर्षीया तेजा मेडाले आफुँहरुलाई जति सक्दो छिटो बस्ति खाली गर्न निर्देशन गरिएको बताए । इण्डियन एक्सप्रेससँग कुरागर्दै उनले प्रशासनले ट्रम्पको भ्रमणअघि बस्ति खाली नगरे कारबाही गर्ने चेतावनी दिएको बताए ।

(फोटो: पीटीआई)
झुग्गीबस्तीलाई छेक्नेगरि सडकमा बनाइँदै गरिएकाे पर्खाल ।

अहमावादको राज्य तथा शहर विकास विभागद्वारा झुग्गीबस्तिका परिवारलाई घर छोड्न नोटिस दिइएको हो । मोटेरा स्टेडियको सडक नजिक करिब १.५ किलोमिटर दुरीमा फैलिएर रहेको उक्त बस्तिले शहरको सौन्दर्य बिगारेको भन्दै बस्ती छोड्न निर्देशन दिइएको हो ।

अहमदाबादमा ट्रम्प साबरमती आश्रम जाने र फेरि उनि इन्दिरा ब्रिज हुँदै मोटेरा क्रिकेट स्टेडियमसम्म जानेछन् । स्टेडियमसम्म जाने बाटोमा झुग्गी बस्ती पर्दछ । ट्रम्पलाई झुग्गी बस्ती नदेखाउन सडकको किनारमा अहिले अग्लो पर्खाल बनाईदैछ ।

मोदी सरकारले ट्रम्पलाई झुपडी बस्ती नदेखाउन उक्त काम गरिरहेको हो । अहमदाबाद नगर निगमदेखि सरदार वल्लभभाई पटेल इन्टरनेशनल विमानस्थलसम्म जाने बाटोको बीच करिब ५०० मिटरमा अहिले पर्खाल बनाईंदैछ । जनाईएअनुसार झुपडी बस्ती नदेखाउन पर्खालको उचाई सात फिटसम्मको बनाइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फ्रेबुअरी २४ देखि २६ सम्म भारतको भ्रमण गर्दैछन् । उनी राजधानी दिल्लीसहित गुजरात, अहमदाबाद र उत्तर प्रदेशको आगरा पुग्नेछन् ।

फागुन ७ गते, २०७६ - १८:१३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छैटौं कोरोना संक्रमित बागलुङकी ६५ वर्षीया महिला

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बिहीबार कोरोना संक्रमणको...   

नेपालमा भेटिए कोरोनाका छैंटौं संक्रमित

काठमाडौं । नेपालमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास...   
महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

महामारीकाे बेला चाटर्ड गरिएको विमानमा पनि कमिसन, पर्यटनमन्त्रीले मागे स्पष्टीकरण

काठमाडौं । लकडाउनका कारण नेपालमा अलपत्र परेका अष्ट्रेलियन नागरिकहरुको उद्धारका लागि अष्ट्रेलियन...   
ग्याँस नभएर समस्यामा हुनुहुन्छ ? थाहा पाउनुहोस् आज कहाँ कुन ग्याँस पाईन्छ ? (सूचीसहित)

ग्याँस नभएर समस्यामा हुनुहुन्छ ? थाहा पाउनुहोस् आज कहाँ कुन ग्याँस पाईन्छ ? (सूचीसहित)

काठमाडौं । उपभोक्ताको मागलाई ध्यानमा राख्दै नेपाल आयल निगमले काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट...   
यसकारण कोरोना संक्रमणबाट आत्तिई हाल्नु पर्दैन !

यसकारण कोरोना संक्रमणबाट आत्तिई हाल्नु पर्दैन !

काठमाडाैं । धेरै मानिसहरु काेराेना भाइरसकाे नाम सुन्नै वित्तिकै अत्तालिन थाल्छन् । डराउन थाल्छन्...   
मेडिकल उपकरण खरिद प्रक्रियाकाे विराेध बिचौलियाहरूले गरेका हुन् : उपप्रम पोखरेल

मेडिकल उपकरण खरिद प्रक्रियाकाे विराेध बिचौलियाहरूले गरेका हुन् : उपप्रम पोखरेल

काठमाडाैं । विवादास्पद मेडिकल उपकरण खरिद प्रक्रियाबारे उपप्रधानमन्त्रीसमेत रहेका कोभिड–१९ सक्रमण,...   

सीमानामा नेपालीलाई अलपत्र छोडिनु सुन्नै नसकिने कुरा : नेकपा प्रवक्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा नेपालीहरुलाई...   
फिलिपिन्सका राष्ट्रपतिद्धारा लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश

फिलिपिन्सका राष्ट्रपतिद्धारा लकडाउन उल्लंघन गर्नेलाई गोली हान्न आदेश

काठमाडाैं । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्ल‌ंघन गर्नेलाई गोली हान्न आदेश...   

सातवटै प्रदेशबाट कोरोना परीक्षण सुरु, नमुना काठमाडौं ल्याउनु नपर्ने

काठमाडाैं । उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमुना परीक्षण धमाधम भइरहेको छ । मंगलबार परीक्षणका लागि...   
एसियाली बजारमा फेरि घट्यो तेलको मूल्य

एसियाली बजारमा फेरि घट्यो तेलको मूल्य

काठमाडाैं । साउदी अरेबियाले तेल उत्पादन बढाएसँगै एसियाली बजारमा बुधबार तेलको मूल्यमा कमी आएको छ ।...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top