Khabar Dabali Logo
  April 9, Thu

पूर्व राष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय

सियोल । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो ।

सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका ली म्यूङलाई सन् २०१८ मा जेल हालिएको थियो । उनीमाथि त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो । तर अदालतमा अपिल गरेपछि उनलाई तारेखमा छाडिएको थियो ।

सियोलस्थित जिल्ला अदालतमा बुधबार भएको सुनुवाईका क्रममा अदालतले विगतको भन्दा बढी सजाय सुनाएको हो । आफूले विगतमा गरेका गल्तीको म्यूङले कुनै प्रायःश्चित नगरेको र जिम्मेवारीबोध समेत नगरेको अदालतको ठहर छ ।

आफ्नो शासनकालमा राष्ट्रपति म्यूङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिएका थिए । अर्का पूर्व राष्ट्रपति पार्क गिउन–हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जेल सजाय दिइएको छ ।एएफपी

फागुन ७ गते, २०७६ - १५:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रसंघद्वारा शान्तिसेना परिचालन जुन ३० तारिखसम्मका लागि स्थगित

न्यूयोर्क । कोरोनाभाइरस महामारीलाई दृष्टिगत गरी संयुक्त राष्ट्रसंघले शान्ति सैनिक परिचालन र अदलीबदलीका...   

एकातिर कोरोनाको सन्त्रास, अर्कातिर आगलागीका डरले रातैभरि जाग्राम

महोत्तरी । कोरोना सन्त्रास झेलिरहेका वनक्षेत्र नजिकका बासिन्दा सुत्न सकेका छैनन् । नजिकको वनमा दिनहुँ...   

कोरोना संक्रमणबाट बच्न लसुन, प्याज र मह खान उत्तर कोरियाको सल्लाह

एजेन्सी । उत्तर कोरियाले कोरोनाभाइरसबाट बच्नका लागि के गर्नुपर्छ भनेर आफ्ना नागरिकलाई थुप्रै निर्देशन...   
पोर्चुगलमा नेपालीकोलागि आपतकालीन राहत कोष स्थापना

पोर्चुगलमा नेपालीकोलागि आपतकालीन राहत कोष स्थापना

काठमाडौं । पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको संयोजकत्वमा जनचेतना समितिमार्फत आपतकालीन...   

सुदूरपश्चिममा उच्च सर्तकता, डोटीमा लकडाउनको पुर्णपालना

डोटी । छिमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि डोटीसहित सुदूरपश्चिम प्रदेशमा...   

बोलाउँदा बहाना बनाउने एम्बुलेन्सलाई कारवाही

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सेवा प्रवाहमा आनाकानी गर्ने दुईवटा एम्बुलेन्स नियन्त्रणमा...   

कोरोना भाइरसको कारण पर्यटन क्षेत्रको २५ अर्ब लगानी संकटमा

काठमाडौं । गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिद्धार्थनगर र यसको आसपासका होटल तथा पर्यटन व्यवसायीले...   

कोरोना नियन्त्रण अभियानको कार्यान्वयनमा ध्यान दिन राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस नियन्त्रण तथा सचेतना अभियानको कार्यान्वयनमा...   

गण्डकी प्रदेश समाचार : ७२ वटाको कोरोना परीक्षण नेगेटिभ, आफूखुशी राहत वितरण गरे कारवाही

कास्की । गण्डकी प्रदेशमा हालसम्म कोराना भाइरसको परीक्षणका लागि १२४ नमूना सङ्कलन भएकामा रिपोर्ट आएका...   

चैत्र शुक्ल चन्द्रमाको फरक रङ : खगोल शास्त्रका लागि दुर्लभ घटना

काठमाडौं । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top