Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

भारत यात्रामा जान लागेको ट्रम्पले भने - भारतले हामीसँग राम्रो व्यवहार गरेन

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र्को हप्ता भारत यात्रामा जान लागेका छन् । अमेरिकाले भारतसँग ठूलो व्यापार सम्झौता भविष्यमा कुनै पनि बेला गर्ने बताएका छन् ।

वासिङ्टनमा पत्रकारसँगको कुराकानीमा ट्रम्पले भने, ‘हामीले भारतसँग व्यापार सम्झौता गर्ने सम्भावना छ । तर मैले यो ठूलो सम्झौतालाई भविष्यका लागि सुरक्षित राखेको छु । हामी भारतसँग एउटा ठूलो सम्झौता त गर्ने छौं तर यो नोभेम्बरको चुनाव अघि हुने नहुने कुरामा भने निश्चित छैनौं ।’

समाचार एजेन्सी पीटीआईले आफ्नो एक रिपोर्टमा ट्रम्पको यात्राको क्रममा भारत र अमेरिकाको एक ट्रेड प्याकेजमा हस्ताक्षर हुनसक्ने सम्भावना व्यक्त गरेको छ ।

ट्रम्पले आफू भारत भ्रमणका लागि उत्साहित भएको बताए । उनले भने, ‘मलाई प्रधानमन्त्री मोदी निकै मनपर्छ, उनले मलाई एयरपोर्ट र कार्यक्रमबीच सत्तरी लाख जनता हुने बताएका छन् । अहिले बनिरहेको उक्त स्टेडिम संसारकै ठूलो स्टेडियम भएको मलाई थाहा छ । उनले मलाई एयरपोर्ट र स्टेडियमबीच सत्तरी लाख मानिस हुने बताएका छन्, त्यो निकै रोमाञ्चक हुनेछ ।’

अमेरिका र भारतको व्यापार सम्बन्ध आजकाल त्यति राम्रो छैन । राष्ट्रपति ट्रम्पले मोदीको तारिफ त गरे तर भारतसँग व्यापार सम्बन्धको विषयमा आफ्नो असन्तुष्टि पनि व्यक्त गरे ।

उनले भने, ‘भारतले हामीसँग राम्रो व्यवहार गरेन । मलाई प्रधानमन्त्री मोदी निकै मनपर्छ ।’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प २४ र २५ फेब्रुअरीमा दुई दिवसीय भारत भ्रमणमा हुनेछन् । उक्त भ्रमणका बेला दुई देशबीच व्यापार सम्झौता हुने कयास लगाइए पनि ट्रम्पले भने सम्भावित सम्झौताका लागि केही समय लाग्न सक्ने बताएका छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies