Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

थाइल्यान्डमा शुरु हुने पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको तयारीमा जुट्दै नेपाल

काठमाडौं । नेपालले एशियाली क्रिकेट काउन्सिलले आयोजना गर्ने एसिसी पूर्वी क्षेत्रीय टी–२० क्रिकेट प्रतियोगिताको तयारी थालेको छ । घरेलु मैदानमा आइसिसी लिग दुई खेललगत्तै खेलाडी अभ्यासमा जुटेका छन् ।

एसिसी पूर्वी क्षेत्रीय प्रतियोगिता यही फागुन १५ गतेदेखि थाइल्यान्डमा शुरु हुँदैछ । उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, मलेसिया, हङकङ र सिङ्गापुरको सहभागिता रहनेछ । सो प्रतियोगितामा आठ राष्ट्र सहभागी हुने भनिए पनि अन्तिममा आएर चीन, भूटान र म्यान्माले कोरोना भाइरसका कारण खेल्न नसक्ने आयोजकलाई जानकारी गराएको छ ।

राउन्ड रोविन लिगका आधारमा हुने उक्त प्रतियोगिताको पहिलो खेल नेपालले फागुन १७ गते मलेसियासित खेल्नेछ । नेपालले दोस्रो खेल फागुन १८ गते हङकङसित, तेस्रो खेल फागुन २१ गते थाइल्यान्डसित तथा चौथो खेल फागुन २३ गते सिङ्गापुरसित खेल्नेछ ।

प्रतियोगिताको फाइनल पुग्ने टोलीले आगामी अगस्तमा मलेसियामा हुने एशिया टी–ट्वान्टी छनोटमा भाग लिनेछन् । उक्त छनोट प्रतियोगिताको विजेताले अगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया टी–ट्वान्टी कप प्रतियोगिता खेल्नेछ । एशिया टी–ट्वान्टी कपमा छनोट भएर आउने टोलीसँगै भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

हाल १४ सदस्यीय नेपाली टोली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा अभ्यासमा व्यस्त छन् । टोलीलाई प्रशिक्षक जगत टामाटाले अभ्यास गराइरहेका छन् ।

नेपाली टोलीमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, पारस खड्का, विनोद भण्डारी, आरिफ शेख, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहोरा, सुशन भारी, कुशल मल्ल, पवन सर्राफ, भुवन कार्की, सन्दीप जोरा र किशोर महतो रहेका छन् ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies