Khabar Dabali Logo
  April 5, Sun

संसदमा गगन थापाले भने – चोरीको सामान फर्काउनू र दुईपटक विष्णु विष्णु भन्नू !

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले ललिता निवासको जग्गा प्रकरणमा नेकपा महासचिव विष्णु पौडेलले दिएको प्रष्टिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाप्रति संसदमा स्वस्थानी व्रतकथासँग जोडेर व्यंग्य गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद थापाले स्वस्थानी कथामार्फत् व्यङ्ग गरेका हुन् ।
उनले संसदमा सुनाएको कथा यस्तो छ :
कुमारजी आज्ञा गर्नुहुन्छ, हे विष्णुमणि ! अब उप्रान्त कसैको चोरीको सामान किन्दा सकेसम्म कसैलाई थाहा नहुने गरी किन्नु। थाहा पाइहाले होइन होइन भन्नु। चित्त बुझाउन नसकेर अफ्ठेरो पर्न गए हत्तपत्त फर्काउनु र दुईपटक विष्णु विष्णु भन्नु। त्यसमा पनि लोकले चित्त बुझाएनन् भने गोकुलधाममा खड्‍ग उचाल्नु र चारपटक विष्णु विष्णु भन्नु। त्यसको प्रभावले तिम्रो हाम्रो अनुहारमा लागेको दाग लोकले देखे पनि देख्नु पर्नेले देख्ने छैनन्। इति श्री अख्तियार पुराणे कुमार विष्णु सम्वादे श्री स्वास्थानी व्रत कथाय बालुवाटार प्रकरण वर्णनम प्रथम अध्याय नमो नमस्।

फागुन ६ गते, २०७६ - १४:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रका कर्मचारीले सुत्केरी र किरिया बिदाबाहेकका बिदा नपाउने, राजीनामा समेत स्वीकृत नहुने

कास्की । गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई सुत्केरी र किरिया बिदाबाहेक अन्य...   

पाकिस्तानमा कोरोनाबाट सङ्क्रमितको संख्या २७ सय नाघ्यो, १३ जनाको अवस्था गम्भिर

पाकिस्तान । पाकिस्तानमा शनिवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २७ सय नाघेको छ ।अधिकारीहरुले...   

अस्ट्रेलियामा रहेका विद्यार्थीको यथार्थ वास्तविकता बुझ्न मन्त्रीको निर्देशन

काठमाडौं । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा...   

चिकित्सकलाई पिपिई जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ)...   

नेपाल आयल निगमको निर्देशनपछि घरघरमा ग्यास पुग्याे

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा खाना पकाउने ग्यासको समस्या समाधान भएको छ । ग्यास उद्योगले...   

मुसहर बस्तीमा चुल्हो बल्न छाड्यो, कुनै घरमा पनि एक मुठी चामल छैन

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका मोलीया सदाका घरमा तीन दिनदेखि चुल्हो बल्न सकेको...   

दुर्गममा यी स्थानहरुमा हवाईमार्फत खाद्यान्न पठाउँदै सरकार

सुर्खेत । हिमाली जिल्लामा खाद्यान्न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले हवाई यातायातमार्फत खाद्यान्न...   

विदेशबाट आएका व्यक्तिमा भन्दा बाहेकमा कोरोना संक्रमण छैन : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह...   

कोरोना संक्रमित एक चिकित्सकको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण...   

प्रधानमन्त्री ओलीद्वारा चीनप्रति ऐक्यबद्धता प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति एक्यबद्धता प्रकट गरेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top