Khabar Dabali Logo
  April 5, Sun

किन खुला मासु नै रोज्छन् उपभोक्ता ?

नेपालगञ्ज । नेपालगञ्जमा परम्परागत रुपमा बध गरी बिक्री हुने खसीको मासुका पारखी अहिले पनि थेरै छन् । खुला स्थानमा उपभोक्ताले देख्ने गरी बध गरी बिक्री गर्ने मासु यहाँका उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको छ । आप्mनै अगाडि बध गरेको खसीको मासु ताजा हुने र बासी तथा बाख्रीको मासुको मिसावट नहुने भएकाले त्यस्तो मासु नै खरिद गरेर ल्याउने गरेको नेपालगञ्ज—१० का हिरण्य शर्माको जानकारी दिए।

चिकित्सका अनुसार खुलारुपमा बध गरेको मासु स्वास्थ्यमा प्रतिकूल हुने गर्छ । डा खेमा भण्डारी भन्छन्, “मासु केही घण्टा ‘फ्रिज’मा राखेर राम्ररी पकाएरमात्र खानुपर्छ अन्यथा यसबाट धेरै थरीका जटिल रोग लाग्ने सम्भावना हुने गर्दछ ।”

यहाँ परम्परागत रुपमा दैनिक बध गरिएका खसीका मासु धेरै बिक्री हुँदै आएको छ । उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने सम्भावनालाई दृष्टिगत गरी प्रदेश सरकारले यहाँ सुधारिएको मासु पसल ‘मिट मार्ट’ स्थापनाका लागि सहयोग गरेको छ । यसरी स्थापना गरिएका मार्टमा आम उपभोक्ताको उपस्थिति निकै पातलो हुने गर्दछ ।
जयपृथ्वी सहकारी संस्थाले यहाँको कारकादोमा ‘नेपालगञ्ज मिट मार्ट’ र दीपेन्द्र श्रेष्ठको एकल स्वामित्वमा बिपी चोकमा ‘यम्मी मिट मार्ट’ स्थापना गरिएको छ । मिट मार्ट सञ्चालकले फोजन गरेको शुद्ध मासु बिक्री गर्ने गरेको दाबी गरेका छन् तर उपभोक्तामा स्वास्थ्य सचेतनाका कमीका कारण सोचेकोजस्तो बिक्री नभएको ती सञ्चालकले दुःखेसो पोखेका छन् ।

प्रदेश सरकारले मार्ट सञ्चालकलाई अनुदानसमेत दिएको छ । यम्मी फ्रोजन फुड्सलाई ५० लाख र नेपालगञ्ज मिट मार्टलाई रु ३२ लाख अनुदान दिइएको प्रदेश ५ सरकारका कृषिमन्त्री आरती पौडेलले जानकारी दिए। ती मार्ट सञ्चालकले कुखुरा, खसीको मासु बिक्री गर्ने गरेका छन् । स्वास्थ्यका लागि छाला, बोसो र रगत भएको रातो मासु खानु हुँदैन । यसलाई बुझेका व्यक्तिले फ्रोजन गरेको मासु किन्ने गरेका छन् । नबुझेकाले मात्र परम्परागत रुपमा बध गरिएका मासु खरिद गर्ने गरेको यम्मी फ्रोजन फुड्सका सञ्चालक श्रेष्ठले जानकारी दिए ।

फागुन ६ गते, २०७६ - १३:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वास्थ्य क्षेत्रका कर्मचारीले सुत्केरी र किरिया बिदाबाहेकका बिदा नपाउने, राजीनामा समेत स्वीकृत नहुने

कास्की । गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई सुत्केरी र किरिया बिदाबाहेक अन्य...   

पाकिस्तानमा कोरोनाबाट सङ्क्रमितको संख्या २७ सय नाघ्यो, १३ जनाको अवस्था गम्भिर

पाकिस्तान । पाकिस्तानमा शनिवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २७ सय नाघेको छ ।अधिकारीहरुले...   

अस्ट्रेलियामा रहेका विद्यार्थीको यथार्थ वास्तविकता बुझ्न मन्त्रीको निर्देशन

काठमाडौं । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा...   

चिकित्सकलाई पिपिई जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

काठमाडौं । सरकारले कोभिड– १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ)...   

नेपाल आयल निगमको निर्देशनपछि घरघरमा ग्यास पुग्याे

हेटौंडा । वाग्मती प्रदेशको राजधानी हेटौँडामा खाना पकाउने ग्यासको समस्या समाधान भएको छ । ग्यास उद्योगले...   

मुसहर बस्तीमा चुल्हो बल्न छाड्यो, कुनै घरमा पनि एक मुठी चामल छैन

सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ तरहीका मोलीया सदाका घरमा तीन दिनदेखि चुल्हो बल्न सकेको...   

दुर्गममा यी स्थानहरुमा हवाईमार्फत खाद्यान्न पठाउँदै सरकार

सुर्खेत । हिमाली जिल्लामा खाद्यान्न अभाव हुन नदिन कर्णाली प्रदेश सरकारले हवाई यातायातमार्फत खाद्यान्न...   

विदेशबाट आएका व्यक्तिमा भन्दा बाहेकमा कोरोना संक्रमण छैन : मन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रका विज्ञहरूको सल्लाह...   

कोरोना संक्रमित एक चिकित्सकको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण...   

प्रधानमन्त्री ओलीद्वारा चीनप्रति ऐक्यबद्धता प्रकट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकार र त्यहाँका जनताप्रति एक्यबद्धता प्रकट गरेका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top