Khabar Dabali Logo
  April 9, Thu

महरा निर्दोष : कसरी हुन्छ र कसले दिन्छ ? उनको व्यक्तित्वको क्षतिपुर्ति ?

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुरको राजनीतिक निष्ठामाथि धक्का लागेको भन्दै कार्यकर्ताले महराको राजनीतिक जीवनको क्षतिपूर्ति कसले दिन्छ ? भन्दै प्रश्न उठाएका छन्। उनीहरुले सत्ताका आडमा महरालाई फसाइएको भन्दै आपत्ति जनाएका हुन्।

संसद सचिवालयकी महिला कर्मचारीमाथि दुव्र्यवहारको आरोपमा मुद्दा दायर गर्दा सभामुख पद गुमे पनि महराको सांसद पद भने यथावत नै छ। प्रतिनिधिसभाका तत्कालीन सभामुख महरामाथि १२ असोजको साँझ उक्त अभियोग लागेको थियो। महराले आफूमाथि लागेको अभियोग अस्वीकार गर्दै आएका थिए। तर, त्यसको एक सातापछि प्रहरीले महरालाई नियन्त्रणमा लिएको थियो।

१४ गते बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले उनलाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाएको थियो। लगतै महराले सभामुख पदबाट राजीनामा दिए। यद्यपि सांसद पदबाट भने राजीनामा दिएनन्। महरा हिरासतमा परेपछि उनको सांसद पद निलम्वन भएको सूचना टाँसिएको थियो। त्यसयता निलम्वन परेका महरा अदालतबाट सफाइ पाएपछि उनको सांसद पद भने यथावत रहेको छ।

यद्यपि, उनले प्रतिनिधिसभाको सभामुखबाट भने राजीनामा दिइसकेका छन्। उनले अनुसन्धानलाई सहयोग गर्ने उद्देश्यले सभामुख पदबाट राजीनामा दिएका दिए। लामो रस्साकस्सीपछि सभामुखमा नेकपाका नेता अग्नि सापकोटा निर्वाचित भइसकेका छन्। महरा निर्दोष सावित भएपछि उनका शुभेच्छुकले महराको राजनीतिक र मानसिक यातनाको क्षतिपूर्ति कसले दिन्छ ? भन्दै प्रश्न उठाएका छन्। समर्थकहरुले महरालाई राजनीतिक रुपमा फसाइएको दावी गरेका छन्।

अमेरिकासँग नेपाल सरकारले गरेको एमसीसी सम्झौता महराले संसदबाट पारित गर्न नमान्दा उनी षड्यन्त्रको शिकार भएको नेकपाका अधिकांश नेता कार्यकर्ताको ठहर छ। उनीहरुले महराको राजनीति समाप्त पार्ने चाल चालिएको भन्दै महराको राजनीतिक क्षतिपूर्तिबारे प्रश्न उठाएका हुन्। एमसीसी नमान्दा महरालाई मोहरा बनाइएको भन्दै कार्यकर्ताले असन्तुष्टि व्यक्त गरेका छन्।

कार्यकर्ताको प्रश्न छ, ‘महरा निर्दोष सावित भए, अदालतबाट सफाइ त पाए। तर, उनको सभामुख पद गुम्यो। ६ महिनाको अवधिमा उनी मानसिक यातनाको शिकार भए। उनको निष्ठा र नैतिकतामाथि प्रश्न उठाइयो। तर, त्यसको क्षतिपूर्ति कसले दिन्छ ?’

फागुन ६ गते, २०७६ - ०८:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा बढ्दै कोरोना, कति पुग्यो मृतक र संक्रमित संख्या ?

भारत । भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ७८ पुगेको छ । बुधबार १८ जनाको मृत्यु भएसँगै...   

अपडेट : विश्वभरी कहाँ के भयो ? १५ लाख नाघ्यो, घटेन सक्रमण !

काठमाडौं । कोरोना संक्रमणका घटनाक्रममा घट्नेक्रममा भन्दा पनि बढ्ने क्रममा रहेको देखिएको छ । बुधबारभित्र...   
कोरोनाले मृत्यु भएमा शब के गर्ने ? मन्त्रालयले यस्तो बनायो १९ बुँदे नियम

कोरोनाले मृत्यु भएमा शब के गर्ने ? मन्त्रालयले यस्तो बनायो १९ बुँदे नियम

काठमाडौं । विश्वव्यापी संक्रमण भईरहेको कोरोना भाईरसले बुधबार साँझसम्ममा ८३ हजार बढीको ज्यान लिईसकेको...   
मन्त्री बरालको एक्शन : अस्पताल नआउने ५ डाक्टर बर्खास्त

मन्त्री बरालको एक्शन : अस्पताल नआउने ५ डाक्टर बर्खास्त

बुटवल । ५ नं. प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालको निर्देशनमा लुम्बिनि प्रादेशिक अस्पतालका...   
कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

कोरोना भाईरस सुरु भएको ठानिएको चीनको बुहान खुल्यो

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) सुरु भएको चीनको शहर वुहान शहर खुलेको छ । यो शहर एक करोड १० लाख भन्दा...   
कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

कस्तो छ आजको तपाईको भाग्य ? हेर्नुहोस् राशिफल !

आज २६ चैत्र २०७६ बुधबारको राशिफल मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आफन्तको प्रगतिमा मन रमाउनेछ ।...   

कोरोना अपडेट : अमेरिकामा एकैदिन १९ सय बढीको मृत्यु

काठमाडौं । विश्वमा महामारीको फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० का कारण अमेरिकामा मृत्यु हुनेको संख्या...   

प्रधानमन्त्री ओलीले ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा आज ११ बजे सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका...   
गाउँमा बैठक र प्रत्याक्रमण अभियान : लकडाउनमा मौकाको फाइदा उठाउँदै माओवादी

गाउँमा बैठक र प्रत्याक्रमण अभियान : लकडाउनमा मौकाको फाइदा उठाउँदै माओवादी

दन्तेवाडा । कोरोना महामारीका कारण सिङ्गो भारतमा लकडउान घोषणा गरिएपछि मानवीय जनजीवन ठप्प जस्तै बनेको...   

अपडेट : हेर्नुहोस् २०८ देशको अवस्था, कोरोनाको प्रभाव कहाँ कति ?

काठमाडौं । विश्वका २ सय ८ वटा मुलुकमा कोरोनाको संक्रमण फैलिएको छ । २ सय ८ वटै मुलुकमा गरेर १३ लाख ४६ हजार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top